स्वास्थ्य

मानिसको शरीरमा आउने खराब कोठीको पहिचान

 मानिसको शरीरमा आउने खराब कोठीको पहिचान गर्नु जरुरी हुन्छ । साधारणतया कोठीले कुनै पनि समस्या गर्दैन । धेरैजसो कोठी लामो समयसम्म एकै साइज र रंगको भएर रहन्छन् तर कोठी कहिलेकाहीँ क्यान्सरमा परिणत हुन पनि सक्छ । रोकथाम र चाँडो पहिचानको लागि ABCDE को फर्मुला अपनाउन सकिन्छ । ब् भन्नाले कोठीको बनावट एकनासको नहुनु Asymmetry, द्य भन्नाले कोठीको बोर्डर (Border) बा·ोटि·ो हुनु, ऋ भन्नाले कलर कहीँ गाढा, कहीँ हल्का वा कहीँ कलरविहीन हुनु हो । म् भन्नाले कोठीको चौडाइ धेरै ठूलो रहनु र भ् भन्नाले कोठी छोटो समयमा धेरै बढ्नु (Evolution) हो । यो सामान्य फर्मुला मनन गर्न सके पनि समयमै चिकित्सकलाई देखाएर कोठीको क्यान्सरबाट बच्न सकिन्छ ।

कोठी र अन्य रोगहरूमा फरक छुट्याउन त्यति गाह्रो नभए पनि कहिलेकाहीँ बायोप्सी गरेर छुट्याउनर्ुपर्छ । कोठीकै बारेमा पनि शंका लागेमा काटेर जाँच गर्नु राम्रो हुन्छ । वंशाणुगत रोगहरूसँग देखिने कोठीका लागि आँखा, स्नायु प्राणालीको पनि जाँच गर्नुपर्छ । सबै कोठीको उपचार गरिहाल्नर्ुपर्छ भन्ने छैन । अनुहारमा देखिने साना तिलकोठीका लागि घामबाट बच्ने सनस्त्रिनको प्रयोग पर्याप्त हुन सक्छ । त्यसबाट पनि नहटे कालो हटाउने औषधि जस्तै- हाइड्रोस्किन र Glycolic acid क्रिम प्रयोग गर्न सकिन्छ । धेरै भएमा लेजर उपचार पनि गर्न सकिन्छ । घामले देखिने ठाउँको कोठीका लागि चिकित्सकको परामर्श लिएर हटाउन सकिन्छ । यस्तै धेरै ठूला कोठीलाई प्लास्टिक र्सजरी गरेर हटाउन सकिन्छ ।

कोठीजस्तै देखिने अन्य समस्या

सबै काला, खैरा, राता टाटा वा दागहरू कोठी हुँदैनन् । त्यस्तै एकै व्यक्तिमा कोठी र कोठीजस्तै देखिने अन्य समस्याहरू पनि एकसाथ हुन सक्छन् । मुख वा जीउमा गाढा खैरा, काला दानाहरू वा ठूला गिर्खाहरू हुन सक्छन् । यसलाई साधारणतया छाला बूढो भएको वा छालामा घामको नकारात्मक असरको परिणामको रूपमा लिइन्छ । यसै गरी खैरा, खस्रा दाना वा गिर्खाहरू (Keratoacanthoma)को समस्या पनि हुन सक्छ ।

कुनै-कुनै अवस्थामा बेसल सेल क्यान्सर Basal Cell Cancer भन्ने समस्या पनि कोठीजस्तै भएर आउन सक्छ । यस्तै ज्यादै गाढा काला टाटाहरू (Acanthosis Nigrican) पनि हुन सक्छन् । ढाडमा वा शरीरका विभिन्न भागमा खैरो, खरानी रंगको टाटा वंशाणुगत रोगको संकेतका रूपमा पनि आउन सक्छ । जस्तै- क्याफे ओले स्पटहरू न्यूरोफाइब्रोमाटोसिस भन्ने रोगमा आउँछ । त्यस्तै एस लिफ स्पटहरू (Ash Leaf Spot) ट्युबरस स्क्लेरोसिस (Tuberous Sclerosis) भन्ने रोगमा आउँछ । यस्तै घामले देखिने ठाउँमा साना, खस्रा दागहरू Actinic Keratoses हुन सक्छन् ।

यो पनि पढ्नुहोस्

पैसा र यसको सम्बन्ध

यी ६ अंगमा कोठी हुनेहरु अत्याधिक कामुक हुन्छन्

मानिसको छालामा आउने कोठी के हो ?

शरीरको कुन अंगमा भएको कोठीले के संकेत गर्छ ?

जन्मदा शरीरमा भएका चिन्हहरुको शुभ र अशुभ फल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!