स्वास्थ्य

मानिसको छालामा आउने कोठी के हो ?

मानिसको छालामा आउने कोठी के हो ? मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ । हामीले बुझ्ने कोठी भनेको छालालाई रङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अङ्ग्रेजीमा मोल Mole वा निभ्स Nevus भनिन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ । कुनै-कुनै वंशाणुगत रोगमा चाहिँ धेरै मात्रामा कोठी आउन सक्छ ।

हाम्रो छालालाई रङ्ग उत्पादन गर्न मेलानोसाइट Melanocyte भन्ने कोष चाहिन्छ । यो हाम्रो छालाको माथिल्लो पत्रमा रहन्छ र एउटा रङ्ग बनाउने कोषले ५ देखि ८ वटासम्म साधारण छालाको कोषलाई रङ्ग दिन्छ । कुनै-कुनै अवस्थामा यी कोषहरू धेरै संख्यामा एकै ठाउँमा जम्मा भएर कालो दाग वा ठूलो दानाका रूपमा देखिन्छन् । यसलाई हामी कोठी भन्छौं ।

साधारणतया छालाको पत्रमा रहने हिसाबले कोठीलाई तीन भागमा वर्गीकरण गरिन्छ । कोठीका कणहरू छालाको मध्यभागमा मात्र छन् भने त्यसलाई कम्पाउन्ड निभ्स भनिन्छ तर कोठीका कणहरू छालाको माथिल्लो र मुन्तिरको पत्रको बीचमा छन् भने त्यसलाई जड्ढसनल Junctional िकोठी भनिन्छ । यदि सम्पूर्ण कणहरू छालाको मुन्तिरको पत्रबाट मात्र आएका हुन् भने त्यस कोठीलाई र्डमल कोठी भनिन्छ ।

कणहरू रहेको स्थानको कारणबाट कोठीहरू धेरै कालो, खैरो वा हल्का कालो, रातो देखिने हुन्छ । कुनै कोठी धेरै ठूला हुन्छन् भने कुनै स-साना टीकाजस्ता देखिन्छन् । त्यस्तै कुनै-कुनै कोठी जन्मजात ठूलो र रौंहरू भएको हुन्छ । यसलाई वंशाणुगत कोठी भनिन्छ । यो शरीरको जुन भागमा पनि हुन सक्छ । कसै-कसैलाई तिलको दानाजस्ता थुप्रै कोठीहरू आउन सक्छन् । यसलाई तिलकोठी वा ँमखिया’ भन्ने गरिन्छ । यो उमेर बढ्दै गएपछि प्रस्ट देखिन थाल्छ र जाडो महिनामा अलि गाढा देखिन्छ । यो हात, मुख, जीउ सबै ठाउँमा हुन्छ ।

यस्तै प्रकारको अर्को गाढा साना कोठीहरू हुन्छन्, जुन घामले देखिने भाग जस्तै- मुख, हातमा प्रस्ट देखिन्छ । यसलाई लेन्टिजेनस Lentigenes भनिन्छ । यसलाई घामको किरणले बढाउने गर्छ । यीबाहेक ब्लु निभ्स, स्पिट्ज निभ्स (Spitz Nevus), बर्ेकर्स निभ्स (Becher’s Nevus) जस्ता अन्य अस्वाभाविक कोठीहरू पनि हुन्छन् । कोठी शरीरको कुनै पनि भागमा देखा पर्न सक्छ । छालामा मात्र नभएर आँखा, मुख, यौना·, नङसहित भित्री अ·हरूमा पनि कोठी हुन सक्छ ।

यो पनि पढ्नुहोस्

पैसा र यसको सम्बन्ध

यी ६ अंगमा कोठी हुनेहरु अत्याधिक कामुक हुन्छन्

मानिसको शरीरमा आउने खराब कोठीको पहिचान

शरीरको कुन अंगमा भएको कोठीले के संकेत गर्छ ?

जन्मदा शरीरमा भएका चिन्हहरुको शुभ र अशुभ फल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!