ज्योतिषशास्त्र

शरीरको यी भागमा कोठी हुनेको हातमा पैसा टिक्दैन

मानिसको दैनिक जीवनयापनको लागि विनिमय गर्न चाहिने एक माध्यम मात्र हो पैसा । पैसाको व्यवस्थापन गर्न सके यसले सुविधा पनि किन्छ, सुख पनि दिन्छ । सदुपयोग गरे पुण्य कमाउँछ, दुरुपयोग गरे पाप कराउँछ । पैसा न कमाउन सजिलो छ न जोगाउन सजिलो छ । पैसाले हसाउँछ पनि रुवाउँछ पनि ।

कतिपय मानिसले कयौ पैसा कमाएपनि उनीहरुको हातमा पैसा पटक्कै टिक्दैन । शरीरको यी भागमा कोठी छ भने तपाइँको हातमा पैसा टिक्दैन । शरीरका अलग-अलग भागमा आउने कोठीको फरक-फरक अर्थ हुन्छ । ज्योतिषशास्त्रका अनुसार शरीरका केही यस्ता भागमा कोठी आएमा पैसा नटिक्ने विश्वास छ ।थाहा पाउनुहोस् ज्योतिषशास्त्रका अनुसार शरीरको यी भागमा कोठी हुनेको हातमा पैसा टिक्दैन ।

बायाँ गालामा कोठी

बायाँ गालामा कोठी भएका व्यक्तिको आम्दानीको स्रोत थुप्रै हुने गर्छ । यस्ता व्यक्तिसँग पैसाको कमी नहुने तर पैसा बचत गर्न नसक्ने कारण आर्थिक समस्याबाट गुज्रिनुपर्ने हुन्छ । यस्ता व्यक्तिमा कमाएको पैसा सबै खर्च गर्ने बानी हुन्छ ।

चोर औंलामा कोठी

चोर औंलामा कोठी भएका व्यक्तिले आफ्नो जीवनको लामोसमयसम्म पैसा अभाव झेल्नुपर्ने हुन्छ ।

ओठमुनि कोठी

ओठमुनि कोठी भएका व्यक्तिले पैसा कमाउन हरप्रयास गरिएपनि आर्थिक समस्याबाट छुटकारा मिल्न गाह्रो हुन्छ ।

बायाँ हत्केलामा कोठी

बायाँ हत्केलामा कोठी आएका व्यक्ति अत्याधिक खर्चालु हुने गर्छन् । बायाँ हत्केलाको कोठी भनेकै खर्चालुको संकेत हो ।

बायाँ खुट्टामा कोठी

बायाँ खुट्टामा कोठी भएका व्यक्ति आफूले कति खर्च गर्छु भनेर ठम्याउन नसक्ने हुन्छ । पैसाको हिसाब नराख्ने कारण धेरैले यस्ता व्यक्तिलाई ठग्ने सम्भावना रहन्छ ।

बायाँ कोखामा कोठी

बायाँ कोखामा कोठी भएका व्यक्तिको जीवनमा विरामीको कारण पैसा धेरै खर्च हुने सम्भावना रहन्छ । उपचारमा बढी खर्च गरिरहनुपर्ने हुँदा यस्ता व्यक्तिमा पैसाको अभाव रहन्छ ।

बायाँ आइब्रोमाथि कोठी

बायाँ आइब्रोको माथि कोठी आएका व्यक्ति धेरै विलासी जीवन मनपराउने हुन्छ । आफ्नो लक्जरी लाइफका कारण यस्ता व्यक्तिले पैसा जोगाउन मुश्किल पर्छ ।

हत्केलामा कोठी

हत्केलामा गुरु पर्वतको ठाउँमा कोठी हुने कारण जीवनमा पैसा अभाव हुने विश्वास छ । विवाहपछि पनि आर्थिक समस्याको झेल्नुपर्ने बाध्यता आइपर्छ ।

यो पनि पढ्नुहोस्

पैसा र यसको सम्बन्ध

यी ६ अंगमा कोठी हुनेहरु अत्याधिक कामुक हुन्छन्

मानिसको शरीरमा आउने खराब कोठीको पहिचान

मानिसको छालामा आउने कोठी के हो ?

शरीरको कुन अंगमा भएको कोठीले के संकेत गर्छ ?

जन्मदा शरीरमा भएका चिन्हहरुको शुभ र अशुभ फल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!