हेल्थ टिप्स

औषधिको रुपमा दुबोको प्रयोग

आर्युवेदमा दुबोको विशेष महत्व रहेको छ । यसलाई महाऔषधि पनि मानिन्छ । दुबोले शरीरका अनेक रोग निदान गर्छ । दुबोमा बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने क्षमता हुन्छ । दुबो जहाँपनि सजिलै उम्रन्छ । अक्सर औषधिय गुणका बनस्पति दुर्लभ हुन्छ । तर, दुबो जताततै पाइन्छ ।

आर्युवेदका अनुसार चमत्कारी बनस्पति दुबोलाई जुसको रुपमा समेत सेवन गर्न सकिन्छ । दुबोको रसमा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्शियम, फाइबर, पोटासियम पर्याप्त मात्रामा पाइन्छ । हरेक दिन निश्चित मात्रामा दुबो सेवन गर्नु स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ । दुबोमा खाली खुट्टा हिँड्नु पनि राम्रो मानिन्छ । उच्च रक्तचाप, मधुमेहको रोगीले बिहान दुबोमा खाली खुट्टा हिँडडुल गर्नु निकै फाइदाजक हुने बताइन्छ ।

१. पिसाबको रोगमा

पिसाबमा खराबी छ भने दुबोको रस फाइदाजनक हुन्छ ।

२. पेटका रोगमा

दुबोको रसमा पोषक तत्व हुने भएकाले यो स्वास्थ्यका लागि त्यसैपनि फाइदाजक छ । साथसाथै कब्जियत, कलेजोको रोग, यौन रोगमा दुबो अत्यन्तै लाभदायक हुन्छ । शरीरको विकार हटाउँछ । यसले रगतलाई शुद्धिकरण गर्न सघाउँछ ।

३. नाकको रोगमा

नाकको समस्या पनि दुबो लाभदायक हुन्छ ।

४. दीर्घ रोगमा

दुबोको उपयोगिता यतिमात्र छैन । यो दीर्घ रोगहरुको निदानमा पनि प्रभावकारी मानिन्छ । खासगरी मधुमेह, उच्च रक्तचाप, नपुङ्सकता

आदिमा दुबोको रस उपयोगी हुन्छ ।

५. अन्य रोगमा

सामान्य अवस्था वान्ता भए, नाथ्री फुटे, छाती पोले, जिउ चिलाए, शरीरको कुनै भाग सुन्निएमा दुबोको प्रयोग गर्न सकिन्छ ।

यो पनि पढनुहोस्

औषधीको रुपमा मरिचको प्रयोग

औषधीको रुपमा हिङको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!