हेल्थ टिप्स

औषधिको रुपमा नीमको प्रयोग

नीम आयुर्वेदिक औषधिय गुण भएको रूख हो । हाम्रो शरीर, छाला तथा कपालको लागि अत्यन्तै फाइदाजनक औषधि हो नीम । तर यसको तितो स्वादले गर्दा प्राय:ले यसको सेवन गर्न मनपराउदैनन्, त्यसैले यसको जति नै गुणहरु भएपनि उपयोग गर्न त्यति रुचाउदैनन् । तर यसको रसको सेवन गर्न सजिलो हुने हुदा त्यहि रस सेवन गरेर नीममा पाइने धेरै गुणहरुको फाइदा लिन सकिन्छ । औषधिको रुपमा नीमलाई निम्न रोगमा प्रयोग गर्न सकिन्छ ।

ज्वरो आएमा

यदि शरीरमा मन्द ज्वरो सधै रहिरहन्छ र अन्य कुनै औषधिले पनि छोएन भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाउनुहोस्, आधा गिलास भएपछि बिहान खाली पेटमा नियमित खाने गर्नुस, जस्तो पुरानो जरो पनि केही हप्तामै ठीक हुन्छ ।

औलोको ज्वरोमा

नीमको बोक्रा, कुटकी, सुठो र मरिच सबै बराबर मिसाएर चूर्ण बनाउने । चौथाँइ चिया चम्चा मनतातो पानीसँग बिहान र बेलुका सेवन गरे औलाको ज्वरो पनि बिस्तारै निको हुँदै जान्छ ।

कपाल दुखेकोमा

नीमको ताजा पातको रस निकालेर २/२ थोपा नाकमा हालेमा टाउका अनि कपाल दुखेको ठिक हुन्छ ।

कान दुखेमा

नीमको पातको रस मनतातो पारेर कानमा ३/४ थोपा हाल्ने गरेमा कान दुखेको, पाकेको सबै रोग ठीक हुन्छ ।

आँखा दुखेमा

नीमको कमलो पातको रस मनतातो पारेर जतापट्टिको आँखा दुखेको छ त्यसको अर्को पट्टिको कानमा ३/४ थोपा हाल्ने गरेमा आँखा दुखेको ठीक हुन्छ ।
दुबै आँखा दुखेमा दुबै कानमा हाल्ने ।

आँखा धमिलो र फूलोमा

नीमको फूलको गाजल गाइको घ्यूमा बनाएर लगाउने गरेमा धमिलो र फूलो समेत काट्न धेरै मद्दत गर्नेछ ।

रतन्धो भएमा

नीमको तेल आँखामा लगाउने र हरियो ८/१० पात खाली पेटमा ३ दिनसम्म खानाले ठीक हुँदै जान्छ ।

दाँतको रोगमा

नीमको फूलको काँढा पकाएर बिहान र बेलुका कुल्ला गर्ने गरेमा दाँत तथा गिजा सम्बन्धी रोगहरु निको हुन्छन ।

नाथ्री फुटेमा

नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ ।

दमको रोगमा

नीमको तेल १० थोपा सादापानमा हालेर बिहान र बेलुका खाने गरेमा दम ठीक हुन्छ ।

झाडा लागेमा

नीमको बोक्रा १ चम्चा, २ गिलास पानीमा पकाएर आधा गिलास बनाई छानेर दिनको तीन पटक खाएमा झाडा लागेको ठीक हुन्छ ।

हैजाले गोडा बाउँडिएमा

हात गोडामा राम्ररी २/३ पटक नीमको तेल लगाएमा हैजाले गोडा बाउँडिएको ठीक हुन्छ ।

अपच, अरुची भएमा

नीमको पाकेको गेडा ४/५ वटा नियमित खाने गरेमा अपच, अरुची भएको कम हुदैं जान्छ ।

खानामा अरुची भएमा

नीमको कमलो ८/१० वटा पात घ्यूमा तारेर खाएमा जस्तो अरुचीमा पनि खाना खान मन लाग्नेछ ।

शीत पित्तमा

नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ ।

वात रक्तमा

नीमको गेडाको लेदो एक चम्चा वा पातको लेदो एक चम्चा ३/४ महिना नियमित खाने गरेमा वातरक्त निको हुन्छ । यसै प्रक्रियाद्धारा कुष्ठरोग, क्षयरोगको ज्वरो, अजीर्ण, चर्मरोग सम्पूर्ण निको भएर आउँछ ।

रक्त पित्तमा

८/१० वटा नीमको पात चपाएर खानाले र कुटेर शरीरमा मालिस गर्नाले रक्तपित्त नास हुन्छ ।

जुको परेमा

दालमा नीमको पातले झाँनेर खाने गरेमा पेटको जुकाहरु मर्दछन् अथवा १० थोपा नीमको तेल खाने गरेमा २/४ दिनमा नै पेटको जुका मर्नेछन् ।

यो पनि पढनुहोस्

नीमवाट बनेको Azadirachta Indica र यसको प्रयोग

औषधीको रुपमा हिङको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!