चिकित्सा विज्ञानस्वास्थ्य

औषधि Azithromycin (Anther) को प्रयोगवारे एक जानकारी

औषधि Azithromycin Tablet को प्रयोग वैक्टीरियल सक्रमण घाँटी, दाँत, कान, कलामेडियल यौन सक्रमण, छालाको बैक्टीरियल सक्रमण, टंसिलको सक्रमण, साइनस, निमोनिया, डण्डि फोरमा यो औषधिले राम्रो फाइदा गर्दछ । कुनै पनि औषधि चलाउदा यसको असरलाई ध्यानमा राखेर गरेमा भविष्यमा हुन सक्ने खतराबाट हाम्रो विरामीलाई बचाउन सकिनेछ ।

औषधिको साइडइफेक्ट

कुनै पनि औषधि दिदा हामीले सवैभन्दा पहिले यो औषधि सेवन गराउदा उसको शरीरमा नकरात्मक प्रभाव त पर्दैन भन्ने कुरा बुझेर मात्र औषधि सेवन गराउनु ठिक हुन्छ ।

Azithromycin Tablet 500mg को औषधि सेवन गराउदा देखिने साइड इफेक्ट निम्न अनुसारका छन् । यदि कसैले यो औषधि सेवन गरेको अवस्थामा यस्तो लक्षण बताउने गर्छ भने औषधि रोकेर रियाक्सन हटाउने औषधि दिनतर्फ लाग्नुपर्छ । औषधिको सेवनपछि देखिने साइडइफेक्ट निम्न अनुसार छन् ।

१. उल्टि हुनु ।

२. पखला लाग्नु ।

३. टाउको दुख्नु ।

४. पेट दुख्नु ।

५. एलर्जीक (शरीरमा डाबर देखिनु) ।

६. कब्जीयत हुनु ।

७. सामान्य ज्वरो आउनु ।

८. चक्कर लाग्नु ।

कुन कुन अवस्थामा र कस्ता रोगीलाई यो औषधि बढी सेवन गराएमा के कस्तो असर हुन सक्छ ।

१. दुधको सेवन गराउने महिलाले पनि यो औषधि दिन सकिन्छ ।

२. एजिथ्रोमाइसिनको सेवन बढी गराउदा कहिले काही मृगौला खराब हुन सक्छ ।

३. यो औषधिको सेवनले कलेजोमा कुनै असर गर्दैन ।

निम्न रोगमा एजिथ्रोमाइसिन नचाउनु ठिक हुनेछ ।

१. लिभर सम्बन्धित रोगमा

२. जण्डिसमा

३. ग्यास्ट्रिक अल्सरमा

४. मुटु रोगमा

५. क्यालसियमको कमीमा

६. पोटेशियमको कमीमा

Azithromycin Tablet 500mg को औषधि सेवन गराउदा निम्न औषधिसंग यस्ता औषधि न चलाउदा ठिक हुनेछ ।

१. Alfuzocin Gurups

२. Amitriptyline

३. Omeprazole Gurups

४. Amoxicillin Gurups

५. Paravestatin Burups

हाम्रो उद्धेश्य स्वास्थ्य सम्बन्धि जानकारी पब्लिकलाई दिनुपर्छ भन्ने हो तर औषधि सेवन गर्दा डाक्टरको परामर्शमा सेवन गर्नु ठिक हो जथाभावी औषधि चलाउदा स्वास्थ्यमा नकरात्मक प्रभाव पर्न सक्छ । सचेत बनौ र योग्य चिकित्सक वा अनुभवी व्यक्तिको देखरेखमा औषधि गर्दा ठिक हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

कब्जियत र यसको उपचार

पिसाब चुहिने समस्याको उपचार

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!