चिकित्सा विज्ञानस्वास्थ्य

पारासिटामोल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पारासिटामोल (Paracetamol) औषधिको बारेमा नजान्ने को होला तर जान्ने व्यक्तिलाई दुईवटा कुरा थाहा छ त्यो हो यो औषधि खाएपछि ज्वरो कम हुन सक्छ । ज्वरो कम त हुन सक्छ तर यसले कालान्तरमा गएर अन्य समस्या निम्ताउन सक्छ भन्ने कुरा थाहा नहुन सक्छ । आज हामीले यही विषयमा पाठकलाई जानकारी पस्कने छौं ।

सवैभन्दा सजिलै प्रयोग गर्न सकिने औषधि Paracetamol यो औषधि ५०० मिलि.ग्रामको रूपमा थुप्रै कम्पनीले उत्पादन गरेको छ । यो औषधि टेब्लेट, सिरप र ड्रोप्सको रूपमा बजारमा आएको छ । आजकाल यो औषधि किराना पसलमा पनि विक्रि हुने गरेको सुनिन थालेको छ ।

यो औषधि प्रयोग गर्दा के कस्ता समस्या निम्तन सक्छ भन्ने कुरा हरेकले जान्न आवश्यक छ । आजकाल मागेर खाने औषधिमध्ये सिटामोल (Paracetamol) प्रमुख औषधि अन्तर्गत पर्दछ । किनेर खादा यो औषधि अत्यधिक प्रयोग गर्दा के हुन सक्छ भन्ने कुरा हरेकले जान्न जरूरी छ ।

Paracetamol टेब्लेट नॉन स्टेरॉडल एंटी-इनफ्लेममेटरी ड्रग्स (NSAID) अन्तर्गत पर्दछ । Paracetamol को प्रयोग ज्वरो र दुखाई कम गर्न प्रयोग हुन्छ । जस्तोसुकै ज्वरो किन नहोस् यो औषधि दिनासाथ निको हुने गरेको छ । Paracetamol को Side Effects मध्ये सुनिनु, रातो रातो डाबर जस्तो शरीरमा देखिनु, सास फेर्न गार्हो हुनु, रगतको कमी हुनु, जण्डिस आदि समस्या प्रमुख रुपमा देखा पर्छन ।

यो औषधि गर्भवती महिलालाई दिन सकिन्छ यसले खासै असर गर्दैन तर ड्रग्स यलर्जीक हुने, किड्नीको समस्या भएका बिरामी, कलेजो सम्बन्धी रोग जस्तै जण्डिस छ भने र रक्सीको लत लागेको व्यक्तिलाई यो औषधि दिनाले खतरा हुन सक्ने अनुसन्धानले देखाएको छ ।

एक पटकमा बढीमा १००० एम.जीसम्म ठूलो मानिस (Adults) लाई दिन सकिन्छ । यो औषधि हरेक ६/६ घण्टाको फरकमा दिनुपर्दछ । बच्चाहरुलाई उनीहरूको तौलको आधारमा मात्रा निर्धारण गर्नुपर्ने हुनसक्छ । पारासिटामोल बढी दिनसम्म नदिनु राम्रो हो दिन आवश्यक देखिएमा आफ्नो चिकित्सकसंग परामर्श लिन आवश्यक हुनसक्छ । औषधिको सेवन जथाभावी गर्नु भनेको शरीरसंग खेलवाड गर्नु हो ध्यानमा राखौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

औषधि Azithromycin (Anther) को प्रयोगवारे एक जानकारी

कब्जियत र यसको उपचार

पिसाब चुहिने समस्याको उपचार

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरूनसा च्यापिने समस्या र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!