आयुर्वेद

आयुर्वेदिक औषधि र नेपालको अवस्था

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यस्तो छ आयुर्वेदिक औषधि र नेपालको अवस्था, जानी राखौ ! नेपाली जडिबुटी गलत बाटो हुदै भारत लगायत थुप्रै देशमा पुग्ने गरेको देखिन्छ । जडिबुटीलाई नेपाल सरकाले अनुसन्धान गरेर औषधि देश तथा विदेश पठाउन सकेको भए राम्रो हुने देखिन्थ्यो तर यस्तो हुन नसक्नु दुर्भाग्य हो । सिंहदरबार वैद्यखाना लगायत अनेक प्रतिष्ठित र विज्ञ आयुर्वेद संस्थाहरूले आयुर्वेदिक औषधि उत्पादन गर्न र जनतालाई आवश्यक औषधि आपूर्ति गर्न नसकेको अवस्था नेपालमा हेर्न सकिन्छ ।

जडिबुटी छ तर नेपाली उद्योगलाई नभएर विदेशीलाई देखिएको छ । यस्तो हुनुमा नेपाली कम्पनीले जडिबुटी कौडीको भाउमा खरिद गरेर लाखौं कमाउन खोज्ने तर जडिबुटी उत्पादन गर्नेलाई धरासायी पार्ने जस्ता कारणले गर्दा जडिबुटी बाहिर जाने गरेको देखिन थालेको त होइन भन्ने प्रश्न चिन्ह खडा भएको छ । यदि सरकारले बाहिर जाने जडिबुटी सोही मुल्यमा खरिद गरेर नेपाली उद्योगलाई बेच्न सके र मुल्यमा एकरूपता दिन सके धेरै राम्रो हुने र संकलन गर्ने व्यक्तिलाई समेत राहत हुने देखिन्छ ।

अहिले विज्ञ आयुर्वेद संस्थाहरूले प्राचीन स्वास्थ्य विज्ञानको त्यो महत्त्वपूर्ण विधालाई जीवन्त राखेका छन् । तर आधुनिक शिक्षा पद्धति र नीतिले आयुर्वेद चिकित्सा विज्ञानलाई तुलनात्मक रूपमा अत्यन्त कम महत्त्व दिएको पाइन थालेको छ । त्यसको लागि अपर्याप्त बजेट छुट्याईएको छ । यो विधाले कम सुविधा र कम महत्त्व पाउँदा जडिबुटी संकलनमा पनि व्यवधान पुगेको छ । जडिबुटी तस्करी बढ्दा सामान्य र वैध व्यापारमा भन्दा बढी ‘कमिसन’ तस्कर र विदेश निर्यातकर्ताले दिने हुँदा मुलुकका आयुर्वेद प्रतिष्ठान र औषधालयहरू मारमा परेको देखिन्छ यो नितान्त गलत छ ।

केही वर्षयता रामदेवको पतञ्जली योगपीठले नेपालमा जडिबुटी विकास गर्ने घोषणा गरेपनि अहिलेसम्म उनको संस्थाले उत्पादन गरेका आयुर्वेद औषधीहरू मात्र नेपाल भित्रिएका छन् । के यसले नेपाल र नेपालीको हित गर्ने देखिन्छ । उत्पादन विदेशीको पैसा सवै नेपालीको कौडीको मुल्यमा जडिबुटी बेचेर महंगो मुल्यमा जडिबुटी खरिद गर्ने परिपाटीको अन्त नहुँदासम्म नेपाली मारमा पर्ने निश्चित छ । आज नेपाली पछि पर्नुको कारण यहि हो भन्दा खासै फरक छैन ।

छिमेकीले उत्पादन गरेको आयुर्वेद औषधीहरूको खपत बढ्न सक्छ, तर आयुर्वेद शास्त्रको प्रयोग बढ्दैन । त्यसको लागि सरकारले प्राचीन चिकित्सा पद्धति विकासको लागि आयुर्वेद अस्पताल, औषधी कम्पनी र शोध केन्द्रको स्थापना गर्नुपर्ने हुन्छ । भारत वा अन्य मुलुकमा वैध र अवैध तरिकाले जडिबुटी निर्यात गर्न दिनुको साटो परम्परागत चिकित्साशास्त्र र त्यस सम्बन्धित प्रचुर ज्ञान भएको भारत र चिनसंग मिलेर परम्परागत चिकित्सा पद्धति र शोधलाई प्रोत्साहित गर्दै नेपालमै उपयुक्त संस्थाहरू खोल्नु उचित र बुद्धिमानी हुनेछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

आयुर्वेद वा एलोपैथिक उपचार बिधि कुन ठिक ?

वर्तमान समयमा आयुर्वेदिक औषधिको महत्व

आयुर्वेदिक औषधि र यसको रहस्य

आयुर्वेदका जन्मदाता धनवन्तरी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!