खानपान

स्वास्थ्यको लागि कर्कलो खानुका फाइदाहरु

कर्कलो एक प्रकारको कन्दमूल हो । कर्कलोलाई गाभा पनि भनिन्छ । हाम्रो खेतबारी लगायत ओसिलो जंगल वा खोला किनारमा प्रसस्तै पाइने कर्कलोको बैज्ञानिक नाम चांहि कलोकेसिया एस्कुलिन्टा हो। कर्कलोमा पोटासियम, फोस्फोरस, मग्नेसियम, मङानेसे र कपर भरपुर मात्रामा पाइन्छ । यी बाहेक यसमा क्याल्सियम भिटामिन सि, ई र बि पनि उत्तिकै पाइन्छ। त्य्सतै यसको जरा पिंडालुमा भिटामिन ए, सि र फाइबर प्रचुर मात्रामा पाइन्छ । कर्कलो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ ।

कर्कलो खानुका फाइदाहरु

१. रक्तचाप र मुटुको रोगमा

पिंडालुमा कम फ्याट र सोडियम हुन्छ तर पोटासियम भने अत्यधिक हुन्छ । यहि कारण यो उच्च रक्तचाप भएका ब्यक्तिहरुको लागि अति उत्तम हुन्छ । यसमा भएको फाइबर र कार्बोहाइड्रेतले रक्त प्रबाहलाई सरल बनाउछ र तनाबलाई पनि घटाउछ जसले हृदयाघात हुनबाट बचाउँछ ।

२. क्यान्सर

पिंडालुमा प्रचुर मात्रामा भिटामिन सि,ए र फेनोलिक एन्टिअक्सिडेन्ट हुन्छ जसले क्यान्सरजन्य तन्तुहरुलाई निकालेर फ्याक्न मद्दत गर्छ र फेरि बढ्न दिदैन ।

३. मधुमेह

पिडालुमा पाइने फाइबर र पोटासियमले मदुमेहको रोगिमा सुगर लेबल इन्सुलिनको मात्रालाई ब्यालेन्समा राखेइ सुगर बढ्नबाट रोक्छ।

४. तौल घटाउछ

पिडालुमा हुने कम्ति क्यारोलिरिको कारण यो बढि तौल भएका ब्यक्तिहरुलाई अति उत्तम हुन्छ किनकि यसले तौल बढाउदैन । कर्कलोको पातमा पाइने फाइबरले शरीरको मेटाबलिज्मलाई चुस्त बनाउनका साथै शरिरको तौललाई पनि नियन्त्रण गर्नमा मद्दत गर्दछ ।

५. सुन्दर छाला

पिडालुमा हुने भिटामिन ए र सि छालाको अति आबश्यक तत्व हुन्। यी भिटामिनले छालाको तन्तुहरुलाई छिटो छिटो बिकसित गर्छ र छलाको आबरणलाई बचाइराख्न मदत गर्छ।

६. भिटामिन

कर्कलोको पातहरुमा क्याल्शियम, पोटेशियम, एंटी-अक्सीडेंट र भिटामिन ए, बी, सी भरपूर मात्रा मा पाईने गर्दछन, जसले तपाई को स्वास्थ लाई अनेकौ फाईदा गर्दछन । कर्कलो पातमा पाईने भिटामिन ए आँखाका लागी लाभदायक हुन्छ । यसले आंखाको हेर्ने क्षमता बढाउदछ र आँखाहरुको मांसपेशीहरुलाई पनि बलियो बनाउदछ ।

७. पेट दुखेको समस्यामा

पेट दुखेको समस्या हुदा पनि कर्कलो लाभदायक हुदछ । कर्कलोको पातलाई पानीमा उसिनेर उक्त पानीमा अलिकती घिउ मिसाएर ३ दिनसम्म पिउनाले आराम मिल्दछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

ऋषि पञ्चमीमा कर्कलो किन खाइन्छ ?

ऋषि पञ्चमीमा दतिवनको प्रयोग किन गरिन्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!