खानपान

मानव स्वास्थ्यको लागि चम्सुरको भाजी खानुका फाइदाहरू

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

चम्सुरको साग खानाले जिउ दुखेको निको हुन्छ भन्ने हजुर आमाको भनाई १०० प्रतिशत ठिक हो भन्ने कुरा धेरैको मुखबाट सुन्ने गरेका छौं । मेरो बुबा पनि वैद्य भएकाले कहिलेकाही शरीर दुखेको छ भन्दा चम्सुरको सागको तरकारी खाने सल्लाह दिने गर्नु हुन्थ्यो । चम्सुरको साग औषधियुक्त छ । यसका थुप्रै फाइदा छन् तर कसै-कसैले मन पराउदैनन् कस्तो विडम्बना ।

चम्सुरको साग मानव स्वास्थ्यका लागि महत्वपूर्ण औषधिको रूपमा लिने गरिन्छ । गाउँघरमा प्राय: यो साग पनि लोप भए जस्तै छ । यसको थुप्रै फाइदाहरु भएपनि मानिसले यसको सेवन कम गरेको देखिन्छ । मेरो बुबाले भन्ने गर्नु हुन्थ्यो यदि यो सागलाई सुकाएर पाउडरको रूपमा औषधि भनेर वितरण गर्न सके खाने थिए तर के गरौं यति राम्रो औषधि भएपनि मानिसले खादैनन् दु:खको कुरा छ भन्नु हुन्थ्यो ।

चम्सुरको साग खानाले चिसो, रुघाखोकी, जिउ दुख्ने समस्या हुनेले चम्सुरको साग सेवन गर्दा फाइदा गर्छ । प्रचुर मात्रामा भिटामिन पाइने सागको सेवनले शरीरका विजातीय (काम नलाग्ने) पदार्थहरू हटाउँछ । त्यस्तै, शरीरमा मुसा, खटिरा, छालाको रोग, दाद, डन्डिफोर, दुबी भएमा हरियो रस या लेदो बनाएर औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । बास्नादार चम्सुर मसलाको रूपमा पनि प्रयोग गरिन्छ ।

चम्सुरको नियमित सेवन गर्नाले खाना पचाउन मद्दत गर्छ । गर्भाशयलाई उत्तेजना दिन्छ र रगत बढाउँछ । सुप नियमित सेवन गर्दा मुटुलाई पनि फाइदा गर्छ । प्रसूति सम्बन्धी रोग भएकालाई राम्रो गर्छ। यसको बीजमा एपियोल नाम गरेको रासायनिक तत्वका साथै ३ देखि ५ प्रतिशत उडनशील तेल रहन्छ । सो सुगन्धित तेलबाट अत्तर समेत उत्पादन गर्न सकिन्छ । दैनिक एक गिलास तातो पानीमा एकदुई ग्राम वा पाँच थोपा रस मिसाएर पिउन सकिन्छ ।

हामीले आफ्नो करेसाबारीमा लगाउन सकिने यस्ता अनेकौं सागसब्जी छन् तर हामीले लगाउनको साटो अरूले उत्पादन गरेर ल्याई दिएको साग मात्र खरिद गरेर खाने बानी छ । नेपाली रोगी हुनुको प्रमुख कारण परनिर्भर पनि एक हो । विषादी हालेर उत्पादन गरेका तरकारी हामीले खाने गरेका छौं यसले लाभ होइन हानी गरेको छ ।

स्वास्थ्यप्रति हामी जतिजति लापरबाही हुदै गएका छौं त्यति त्यति नै रोगको दल दलमा फस्दैछौं यो दुर्भाग्य हो । घरको छतमा गमलामा पनि हामीले मेहनत गर्छौं भने साग फलाउन सक्छौं तर हामीलाई फुर्सद छैन । स्वास्थ्यप्रति त्यति चासो पनि छैन । जसले चासो लिएको छ उ स्वस्थ छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

अनिद्राको रामबाण औषधी ओखर खानुका फाइदाहरु

मानव स्वास्थ्यको लागि काफल खानुका फाइदाहरु

मानव स्वास्थ्यको लागि नरिवल खानुका फाइदाहरू

स्वास्थ्यको लागि जामुन खानुका फाइदाहरु

स्वास्थ्यको लागि क्वाँटी खानुका फाइदै फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!