स्वास्थ्य

अपमार्ग र यसको महत्व

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

अपमार्ग नेपालमा यसलाई दतिवनको नामले पुकार्ने चलन छ । यसको बैज्ञानिक नाम Achyranthes Aspera हो । यो औषधि खान र बुटिको रूपमा प्रयोग गरिन्छ । नेपालमा यो जडिबुटी यत्रतत्र उम्रेको देख्न सकिन्छ । यो बढी गरेर चिसो जमिनमा बढी उम्रने गर्दछ । अपमार्ग एउटा यस्तो चमत्कारीक जडिबुटीको श्रेणीमा पर्दछ कि यसको बारेमा लेख्ने हो भने ठूलो ग्रन्थ तयार गर्न सकिन्छ । हाम्रो भुमिमा उम्रने जडिबुटीको गुणस्तर अन्य ठाउँको भन्दा बढी उपयोग भएको देखिन्छ ।

जडिबुटीलाई हामीले ३ भागमा बाडेका छौं । १. बालक २. युवा ३. बृध अवस्था । नेपालमा भएका यस्ता जडिबुटी हामीले बाहिरबाट खरिद गरेर ल्यायका हुन्छौ यसमा कडाइ गरेर नेपाली जडिबुटी नै प्रयोग गर्ने नियम बनाउन सके नेपालीको जीवन स्तरमा ठूलो परिवर्तन हुने देखिन्छ । जडिबुटीको विकास गर्न सके ठूलो राशी भित्राउन सकिने देखिन्छ । अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली जडिबुटीलाई महत्वपूर्ण रूपमा लिएको पाइन्छ । जडिबुटीको पहिचान हुन सके थुप्रै यस्ता बुटि छन् जसको प्रयोगले नसोचेको फाइदा हामीले पाउन सक्ने थियौँ ।

यसबाट गर्न सकिने उपचार

१. वाक् सिद्धिको लागि

बोलेको पुगोस भन्नाका लागी रातो अपमार्गको डाठले ६ महिना दतिवन गर्नाले वाक् सिद्धि प्राप्त हुन्छ ।

२. सन्तानको लागि

रातो अपमार्गको जराको भष्म गाइको दूधसंग खान दिनाले शीघ्र सन्तान सुख्ख प्राप्त हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

तुलसी र यसको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!