खानपानस्वास्थ्य

आलु र यसको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

११ कात्तिक,  आइतबार । आलु पोषक र बलवर्द्धक खाद्य हो । मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी ऊर्जा हुन्छ । आलुमा २० % स्टार्च, २ % प्रोटिन, १ % खनिज र ८० % पानी हुन्छ । १०० ग्राम आलुको खानयोग्य भागमा २२.९ % कार्वोहाइड्रेट, १.६ % प्रोटिन, ७४.७ % पानी, ०.०१ ग्राम बोसो, ०.६ ग्राम मिनरल्स, .०१ % क्याल्सियम, ०.०३ % फस्फोरस जस्ता रासायनिक तत्वहरु र अणुहरू आलुमा पाइन्छ । यस्तै १०० ग्राम आलुमा भिटामिन ‘ए’ ४० आई.यू. र फलाम ०.७ मिलिग्राम पाइन्छ ।

आलुको वैज्ञानिक नाम ‘सोलोनम ट्युवरोसस’ हो । यो नेपालमा तरकारीको बिभिन्न परिकार बनाएर खाने चलन छ । आलुलाई बहूउपयोगी कन्दमूल मानिन्छ । तरकारीको प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ । आलुलाई सदाबहार तरकारीमै मात्र दर्जा प्राप्त छैन। यसमा विलक्षण औषधीय गुण समेत छ । कुनै पनि वस्तुको वास्तविक ज्ञान सवैलाई हुन सके फाइदा उठाउन गार्हो नहुने देखिन्छ । आलुलाई भिटामिन ‘सी’को महत्वपूर्ण स्रोत मानिन्छ र आधुनिक पोषण पद्धतिमा भिटामिन ‘सी’ लाई रोग निरोधक मानिएको छ ।

सबै प्रकारको आलु शीतल, मलरोधक, मल तथा मूत्रलाई उत्पन्न गराउने र रक्तपित्त हटाउने मानिन्छ । आलुको बारेमा शोधकर्ता शैला बिंघम, एडिन केसिदी तथा जोन कमिङ्गस नामक तीन पोषणविद्का अनुसार छातीको क्यान्सर रोक्नका लागि आलुको सेवनले फाइदा पुर्‍याएको कुरा आफ्नो अनुसन्धानको तथ्यलाई पुष्टि गर्दै हालैको बि्रटिस जर्नल अफ क्यान्सर नामक शोधमूलक पत्रिकामा प्रकाशित गरेका छन् । पोषणविद्का अनुसन्धान अनुसार मानिसले सेवन गर्ने आलुमा हुने स्टार्चको मात्रा र छाती, आन्द्रा तथा मलाशयमा हुने क्यान्सरको गहिरो सम्बन्ध हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

औषधीको रुपमा अदुवाको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!