खानपान

ग्रीन-टी पिउनुका बेफाइदाहरु

ग्रीन-टीमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ । ग्रीन टी खाँदा मानिसको इम्युन र ब्रेन सिस्टम तन्दुरुस्त राख्छ । तपाईले ग्रीन टी को फाइदाहरूको बारेमा थुप्रै जानकारी राख्नु भएकै होला र दिनहुँ यसको सेवन गर्दै आउनु भएको पनि होला । हरेक चीजको फाइदा र बेफाइदा दुवै रहेको हुन्छ तर आज तपाई ग्रीन टीको प्रयोगले पनि नोक्सान हुन्छ भन्ने कुरा थाहा पाएर अचम्म पर्न सक्नुहुन्छ । जुन तपाईको स्वास्थ्यको लागि निकै खतरनाक साबित हुनसक्छ । त्यसैले ग्रीन टी पिउनु अगाडि कोही विषेशज्ञ वा डाक्टरको सल्लाह लिन नभुल्नु होला । ग्रीन-टीको सेवनले जति फाईदा गर्छ तर सेवन गर्न जानिएन भने उति नै बेफाइदा गर्छ । ग्रीन-टी पिउनुका बेफाइदाहरु यस प्रकार छन् ।

यो पनि पढ्नुहोस् 

ग्रीन-टी पिउनुका फाइदाहरु

चिया कफीमा पाइने क्याफिनका फाइदाहरु र बेफाइदाहरु

चिया कफी पिउनुका फाइदाहरु र बेफाइदाहरु

सेतो चिया पिउनुका बेफाइदाहरू

होशियार ! कस्ता व्यक्तिले खानुहुँदैन कागती

बेफाइदाहरु

१. किड्नीको पत्थरी

ग्रीन टी को अधिक सेवनले किड्नीको समस्या सिर्जना गर्न सक्छ । ग्रीन टीमा पाईने ओक्जेलिक एसिड किड्नीमा पत्थरी बन्ने कारण हुनसक्छ । यसको साथै यसमा क्याल्शियम, यूरिक एसिड, अमीनो एसिड र फस्फेट पनि पाईन्छ । जुन ओक्जेलिक एसिडको साथ मिलेर किड्नीमा पत्थरीको लागि जिम्मेवार हुन्छ ।

२. महिलामा गर्भपतन

गर्भावस्था वा शिशुको जन्म पश्चात् ग्रीनको टीको अत्यधिक सेवन स्वास्थ्यलाई हानी पुर्याउँछ । यसको अधिक सेवनले गर्भपतनको सम्भावना बढ्न सक्छ । ग्रीन टी को सेवनले गर्भधारण गर्न चाहने महिलाको लागि एकदमै समस्या पार्न सक्छ किनकी यसको अधिक सेवनले भ्रुणको मृत्यु गराउँछ ।दिनमा दुई कप भन्दा धेरै ग्रीन टी पिउनु गर्भवती महिलाको लागि विभिन्न किसिमले खतरनाक हुनसक्छ ।

३. आयरनको कमी

तपाईलाई यो विश्वास नलाग्न सक्छ तर ग्रीन टीको अधीक सेवनले तपाईको शरीरमा आयरनको कमी हुनसक्छ । विशेषगरी ग्रीन टी मा पाईने टैनिनले खाद्य पदार्थ र पोषक तत्वबाट पाईने आयरनको अवशोषणमा अवरोध उत्पन्न गर्छ ।

४. ओस्टियोपोरोसिस

ग्रीन टी अधिक मात्रामा पिउँदा क्याल्शियमको त्यो मात्रा बढ्छ, जुन यूरिनको माध्यमले शरीर बाहिर निस्कन्छ । यसबाट शरीरमा क्याल्शियमको अधिक कमी हुनसक्छ, जुन ओस्टियोपोरोसिस जस्ता रोगको कारण बन्न सक्छ ।

५. टेस्टोस्टेरोनको स्तर कम गर्छ

ब्राजीलमा गरिएको एक शोधका अनुसार, अधिक मात्रामा ग्रीन टीको सेवनले शरीरमा टेस्टोस्टेरोनको स्तर कम गर्छ । यस सोधमा यो कुरा पत्ता लागेको छ कि ग्रीन टी को सेवन कम गर्दा वा यसको मात्रामा कमी आउँदा टेस्टोस्टेरोनको स्तर सामान्य राख्न मद्दत मिल्छ ।

Like & Follow us on Facebook

६. शरीर कमजोर बनाउछ

ग्रीनटी को अधिक सेवन गर्दा तपाईको भोकलाई कम गर्न सक्छ, जसले गर्दा तपाई उचित आहार सेवन गर्नबाट बञ्चित हुनुपर्दछ र शरीरलाई आवश्यक मात्रामा पोषण तत्व प्राप्त हुँदैन । यसकारण तपाईको शरीर कमजोर हुनसक्छ । ग्रीन टीको अत्यधिक सेवन गरेमा यसको लत बस्छ । लत बसिसकेपछि नपाएमा चिडचिडापन हुने थकावट हुने गर्छ । यसका साथै निद्रा नलाग्ने समस्या समेत बनाउँछ ।

७. स्वास्थ्य समस्या

समस्या, अनिन्द्रा, उल्टी, पखाला एवम् अन्य स्वास्थ्य समस्याको शिकार हुन सक्नुहुन्छ ।

८. पेटको रोग बढाउछ

ग्रीन टी मा पाइने कैफीन र ट्यानिन्सका कारण पेटमा समस्या हुन सक्छ । कैफीन र ट्यानिन्सले शरीरमा एसिडको मात्रालाई बढाईदिन्छ र पाचन पक्रियामा गएर समस्या उत्पन्न गराउन सक्छ । ग्रीन टीका कारण पेटमा जलन, पेट दुख्ने, कब्जियत र वाकवाकी पनि लाग्न सक्छ । विशेषगरी जसलाई पेप्टिक अल्सर, एसिडिटी वा एसिड रिफलेक्सको समस्या हुन्छ उनले ग्रीन टी नखानु नै उचित हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!