खानपानहेल्थ टिप्स

ग्रीन-टी पिउनुका फाइदाहरु

ग्रीन-टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ, त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलिफेनल हुन्छन् । ग्रीन-टीले क्यान्सर विरुद्ध लड्ने क्षमता बढाउछ, मुटुको रोग र टाइप टु डाइबिटिजमा लाभदायी मानिन्छ भन्ने तथ्य त बाहिर आएकै हो । साथै ग्रिनटीको अर्को फाइदा के हो भने यसले मानिसको दिमागलाई पनि चुस्त पार्छ । ग्रीन-टी यस्तो चिज हो यसमा मोटोपन कम गराउने तत्वहरु रहेको हुन्छ । ग्रीन टी खाँदा मानिसको इम्युन र ब्रेन सिस्टम तन्दुरुस्त राख्छ । त्यसैले ग्रीन टी पिउनु अगाडि कोही विषेशज्ञ वा डाक्टरको सल्लाह लिन नभुल्नु होला । ग्रीन-टी पिउनुका फाइदाहरु यस प्रकार छन् ।

यो पनि पढ्नुहोस् 

घ्युकुमारीको जुसका फाईदाहरु

घिउकुमारीद्वारा एलर्जीको उपचार

जौ र यसका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

फाइदाहरु

१. एन्टी अक्सिडेन्ट प्रदान

ग्रीन-टीमा भएको एन्टि अक्सिडेन्ट नामक तत्व हुन्छ । यसले शरीरको पुरानो बिमार हटाउँछ ।

२. मुटु रोगबाट हुनवाट बचाउछ

एक शोधबाट पत्ता लागेको छ की ग्रीन टी सेवन गर्दा मृत्युको खतरा कम हुन्छ किनभने ग्रीन टीले मुटु रोग लाग्नबाट बचाउँछ । आजको समयमा मुटु रोगबाट धेरै मानिसहरु मर्ने गरेका छन् ।

३. क्यान्सर हुन रोक्छ

एक शोधबाट पत्ता लागे अनुसार ग्रीन टीमा पाईने विभिन्न तत्वले स्तन क्यान्सर हुनबाट समेत बचाउँछ । नियमित ग्रीन टी पिउनेलाई २५ प्रतिशत कम क्यान्सर हुने सम्भावना रहन्छ । यसले विशेषगरी ब्रेस्ट, ब्लाडर, ओभरीयन, थ्रोट, लङ, प्रोस्टेट र पेटको क्यान्सरबाट बचाउन सहयोगी भूमिका खेल्छ । दैनिक ग्रिन टी सेवन गर्ने महिलामा स्तन क्यान्सरको सम्भावना ३० प्रतिशतले कम भएर जान्छ ।

४. मधुमेहको रोगीको लागि फाईदाजनक

ग्रीन टी सेवनले मधुमेहको रोगीलाई पनि फाइदा गर्छ ।

५. व्लडप्रेसर नियन्त्रण

ग्रीन टी नियमित पिउनाले यसमा भएको विभिन्न तत्वले व्लड प्रेसर पनि नियन्त्रणमा राख्छ । यसका साथै कोलेस्ट्रोल पनि निश्चित लेभलमा राख्छ ।

६. मानसिक शान्ति प्रदान

ग्रीन टी सेवन गर्दा यसमा हुने थेनाईन भन्ने तत्वले शरिरमा एमिनो एसिड बनाउँछ । जसले शरिर ताजगी राख्न मद्धत गर्छ र मानसिक शान्ति दिन्छ ।

Like & Follow us on Facebook

७. छालाको सुरक्षा गर्छ

ग्रीन टी मा एन्टीएजिङ्ग तत्व हुन्छ । यसले अनुहारको चाउरीपना कम गराउँछ र अनुहारमा चमक ल्याउँछ । यसको सेवनले छालामा सुर्यको किरणको प्रभाव पनि पर्दैन । ग्रीन टी संग अदुवा, कागती र तुलसीको साथमा लिनुभएमा अझ फाइदाजनक हुन्छ ।

८. नर्भ सिस्टमलाई सक्रिय पार्छ

यसले शरीरको नर्भ सिस्टमलाई पनि सक्रिय बनाउन मद्दत गर्छ । जसका कारण मानिस रिफ्रेस हुन र सक्रिय रहन सहयोग गर्छ ।

९. शारीरिक सन्तुलन प्रदान

ग्रीन-टीको कारण कोलेस्ट्रोल बढ्ने सम्भावना कम हुने भएकाले यसले तौल घटबढ हुन पनि दिँदैन । त्यसैले शारीरिक सन्तुलनका लागि पनि यसको प्रयोग गर्दा हुन्छ ।

१०. स्मरणशक्ति बढाउछ

ग्रीन-टीलाई स्मरणशक्ति बढाउनका लागि पनि प्रयोग गरिन्छ किनकि यसले ब्रेन फङ्सनलाई एक्टिभ बनाउने काम गर्छ ।

११. दाँत बलियो पार्छ

ग्रीन-टीले दाँतलाई बलियो बनाउन भूमिका निर्वाह गर्छ ।

१२. अल्जाइमर हुनबाट जोगाउँछ

यसले अल्जाइमर हुनबाट पनि जोगाउँछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!