स्वास्थ्य

घिउ कुमारी र यसको उपयोगिता

घिउ कुमारी औषधीय गुण भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो । घिउ कुमारी सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदान यसलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । यसमा मानव सरिरलाई अत्यावश्यक पर्ने भिटामिन ए र सी रहने भएकाले यस्को श्रोतको रुपमा लिने गरिन्छ ।

एलोवेराको जुस नियमित पिउने व्यक्ति कहिल्यै विमारी हुदैन गरिन्छ । जोड्नी दुखेमा रक्तसंचारको रुपमा एलोवेरालाई बेजोड् मानिन्छ । एलोवेराले कपाल चुडिनबाट जोगाउँने तथा कपाललाई सेतो हुनबाट रोक्ने गर्दछ । दैनिक रुपमा सुत्नुभन्दा अगाडी गोडामा लगाएमा गोडा फुट्नबाट बचाउँछ । यसले छालाको नरमपनलाई कायम राख्दछ ।

यो पनि पढ्नुहोस् 

घ्युकुमारीको जुसका फाईदाहरु

घिउकुमारीद्वारा एलर्जीको उपचार

जौ र यसका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

औषधीको रुपमा प्रयोग

१. आँखाको रोगमा

आँखाको रोगमा घिउ कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।

२. कानको रोगमा

कानको रोगमा घिउ कुमारीको गुदी मनतातो पारेर २/३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबैमा हाल्नाले ठीक हुन्छ ।

३. मस्तिष्कको रोगमा

मस्तिष्कको रोगमा नित्य १ चम्चा घिउकुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ र मस्तिष्क ठण्डा हुन्छ ।

४. पुरानो ज्वरोमा

पुरानो ज्वरोमा घिउ कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले जीर्ण ज्वरो पनि निको भएर आउँछ । यसो गर्दा वमन भएमा डराउनु पर्दैन पित्त निस्केर जान्छ ।

५. जण्डीस, कमलपित्त भएमा

जण्डीस, कमलपित्त भएमा बिहान बेलुका १/१ चम्चा घिउ कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र निको हुन्छ ।

६. खटिरामा

खटिरामा घिउ कुमारीको गुदी तताएर खटिरामा बाँधेमा घाउ छिट्टै पाक्छ र निको हुन्छ ।

७. वायुगोला/गानो गएमा

१ चम्चा घिउ कुमारीको गुदी, १ चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।

८. चिनी रोगमा

चिनी रोगमा १ चम्चा घिउ कुमारीको गुदीमा १ चम्चा गुर्जोको सत्व (चिनी) फिटेर खाने गरेमा रोग निको हुँदै जान्छ ।

Like & Follow us on Facebook

९. यौवनवान बनिरहन

यौवनवान बनिरहन २ चम्चा घिउ कुमारीको गुदी बिहान र बेलुका खाने गर्नाले कुनै रागले छुदैन, दाँत बलियो हुन्छ, स्वर सुरिलो हुन्छ, कपाल कालो हुन्छ, शरीरमा सँधै बल प्रदान गरिरहन्छ ।

१०. कुनै पनि विषमा

कुनै पनि विषमा घिउ कुमारीको रस वा गुदी नित्य सेवन गर्नाले सम्पूर्ण शरिरको विष नाश हुन्छ, बल तागत प्रदान गर्छ । यसलाई मालिसको रुपमा शरिरमा लगाउनाले पनि प्रशस्त फाईदा हुन्छन् ।

११. टाउको दुखेमा

टाउको दुखेमाघिउ कुमारीको लेदो मनतातो पारेर कञ्चटमा लगाउनाले वातज, पितज टाउको दुख्ने ठीक हुन्छ ।

१२. पेटमा गाँठो देखिएमा

पेटमा गाँठो देखिएमा घिउ कुमारी तताएर पेटमा गाँठो भएको ठाँउमा बाँध्नाले गाँठो ठीक हुँदै जानेछ ।

१३. बच्चालाई कब्जिएत भएमा

बच्चालाई कब्जिएत भएमा घिउ कुमारीको लेदो र साबुनको गाज फिटेर नाइटोमा वरिपरि लगाउनाले दिसा लागेको निको हुन्छ ।

१४. वाथ भएमा

वाथ भएमा घिउ कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ ।

१५. मर्केको, चोट लागेको र सुनिएकोमा

मर्केको, चोट लागेको र सुनिएकोमा घिउ कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

१६. दाद आएमा

दाद आएमा घिउ कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!