हेल्थ टिप्स

औषधीको रुपमा घिउ कुमारीको प्रयोग

सर्वगुण सम्पन्न मानव हितको लागि प्रकृतिले दिएको बरदान घिउ कुमारीलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । यसमा मानव सरिरलाई अत्यावश्यक पर्ने भिटामिन ए र सी रहने भएकाले यसको स्रोतको रुपमा लिने गरिन्छ । हाम्रो शरिरको सही विकासका लागी २१ वटा एमिनो एसिडको आवश्यकता पर्ने मध्ये १८ वटा एमिनो एसिड घ्युकुमारीमा पाइन्छ । औषधीको रुपमा घिउ कुमारीलाई निम्न अनुसार प्रयोग गर्न सकिन्छ ।

१. दाद आएमा

घिउ कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

२. कानको रोगमा

घिउ कुमारीको गुदी मनतातो पारेर २\३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबैमा

हाल्नाले ठीक हुन्छ ।

३. मस्तिष्क रोगमा

नित्य १ चम्चा घिउ कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ र मस्तिष्क ठण्डा हुन्छ ।

४. पुरानो ज्वरोमा

घिउ कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले जीर्ण ज्वरो पनि निको भएर आउँछ । यसो गर्दा वमन भएमा डराउनु पर्दैन पित्त

निस्केर जान्छ ।

५. जण्डीस भएमा

बिहान बेलुका १\१ चम्चा घ्यू कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र निको हुन्छ ।

६. खटिरामा

घिउ कुमारीको गुदी तताएर खटिरामा बाँधेमा घाउ छिट्टै पाक्छ र निको हुन्छ ।

७. वायुगोला र गानो गएमा

१ चम्चा घिउ कुमारीको गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खालीपेट केही दिन खाएमा ठीक हुन्छ ।

८. चिनी रोगमा

१ चम्चा घिउ कुमारीको गुदीमा १ चम्चा गुर्जोको सत्व (चिनी) फिटेर खाने गरेमा रोग निको हुँदै जान्छ ।

९. यौवनवान बनिरहन

२ चम्चा घिउ कुमारीको गुदी बिहान\बेलुका खाने गर्नाले कुनै रागले छुदैन, दाँत बलियो हुन्छ, स्वर सुरिलो हुन्छ, कपाल कालो हुन्छ,

शरीरमा सँधै बल प्रदान गरिरहन्छ ।

१०. कुनै पनि विषमा

घिउ कुमारीको रस वा गुदी नित्य सेवन गर्नाले सम्पूर्ण शरिरको विष नाश हुन्छ, बल तागत प्रदान गर्छ । यसलाई मालिसको रुपमा शरिरमा

लगाउनाले पनि प्रशस्त फाईदा हुन्छन् ।

११. टाउको दुखेमा

घिउ कुमारीको लेदो मनतातो पारेर कञ्चटमा लगाउनाले वातज, पितज टाउको दुख्ने ठीक हुन्छ ।

१२. पेटमा गाँठो देखिएमा

घिउ कुमारी तताएर पेटमा गाँठो भएको ठाँउमा बाँध्नाले गाँठो ठीक हुँदै जानेछ ।

१३. बच्चालाई कब्जिएत भएमा

घिउ कुमारीको लेदो र साबुनको गाज फिटेर नाइटोमा वरिपरि लगाउनाले दिसा लागेको निको हुन्छ ।

१४. वाथ भएमा

घिउ कुमारीको गुदी नित्य बिहान र बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । घ्यू कुमारीको गुदी नित्य बिहान र बेलुका

एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घिउ कुमारीको गुदीमा बेसार मिसाउने र तताएर

बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

१५. मर्केको, चोट लागेको र सुनिएकोमा

घिउ कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

१६. आँखाको रोगमा

घिउ कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।

यो पनि पढ्नुहोस् 

घ्युकुमारीको जुसका फाईदाहरु

घिउकुमारीद्वारा एलर्जीको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!