धर्म-सस्कृति

घरमा यो दिशामा दियो बाल्नुहोस आयु बढ्छ

हिन्दु धर्मावलम्वीहरुले पुजाआजाको समय र शुभ साइतमा दियो बाल्ने गर्छन । हिन्दु धर्मशास्त्रमा दियो बाल्नु निकै शुभ मानिन्छ । यसैले धेरै मानिसहरु आफ्नो घरमा दियो बाल्ने गर्छन् । यसको उज्यालोले दु:ख कष्ट भाग्ने विश्वाश रहेको छ । बेदमा अग्निलाई भगवान नै मानिएको छ । यसैले हिन्दू धर्ममा कुनै शुभ कार्य गर्नुपहिला भगवानको अघि दियो बाल्ने चलन रहेको छ । दियो बाल्ने धार्मिक र वैज्ञानिक दुबै कारण रहेको पाईन्छ ।

यस्तो छ धार्मिक कारण

दियो वा उज्यालो ज्ञानको प्रतीक हो । पूजामा दियो बाल्नुको बिशेष महत्व रहेको छ । दियो बाल्नुको अर्थ हाम्रो जीवनको अज्ञान अन्धकार हटाइ जीवनमा ज्ञान ज्योति ल्याउनु हो । हाम्रो धर्म अनुसार पूजा गर्नु पहिला दियो बाल्नु अनिवार्य रहेको छ । आरती गरेर घ्युको दियो बाल्नाले सुख सम्पत्ति आउने विश्वाश गरिन्छ । यसो गर्दा घरमा स्थायी रुपमा माता लक्ष्मीको बास हुने धार्मिक विश्वाश रहेको छ ।

यस्तो छ वैज्ञानिक कारण

गाईको घ्युमा जीवाणुलाई भगाउन सक्ने क्षमता हुन्छ । यो घ्युको दियो बाल्नाले घ्यु आगोको सम्पर्कमा आएर वातावरण नै शुद्ध बनाउछ । दियो बाल्नु शुभ रहेको छ चाहे त्यो पूजामा होस या अन्यत्र ।

दियो बाल्दा सधैं जप्ने मन्त्र

दीपज्योति: परब्रह्म: दीपज्योति: जनार्दन:।
दीपोहरतिमे पापं संध्यादीपं नामोस्तुते।।

शुभं करोतु कल्याणमारोग्यं सुखं सम्पदां।
शत्रुवृद्धि विनाशं च दीपज्योति: नमोस्तुति।।

दियो बाल्दा ख्याल गर्नुपर्ने कुरा

दियो पूर्व दिशातर्फ फर्काएर राख्नाले आयु बढ्छ । दियो पश्चिम फर्काएर राख्नले दु:ख बढ्छ । दियो बालेर दक्षिण फर्काएर राख्नले धनजन हानी हुन सक्छ ।दियोको प्रकाश आउने भाग वा मुख भाग सधैं पूर्व फर्काएर दियो बाल्नुपर्छ ।

यो पनि पढ्नुहोस्

वास्तुशास्त्र अनसार घरमा गरिबी र अशान्ति निम्त्याउँने ५ दोषहरु

दरिद्रता भित्र्याउने चिजहरु घरमा कहिल्यै नराख्नु

बास्तुशास्त्रका अनुसार यी ५ बस्तुहरु घरमा राख्दा सधै लक्ष्मीको बास हुनेछ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!