शास्त्र

हाँस्ने तरिकावाट नै थाहा हुन्छ तपाईको स्वभाव

हाँस्नु स्वास्थ्यको लागि धेरै राम्रो हो । भनिन्छ कि जुन काम ठूला ठूला लडाइँले गर्न सक्दैन, त्यो काम तपाईको एक मुस्कानले गर्न सक्छ । यो मुस्कान हाँसामोमा बद्लियो भने त कुरा नै अर्कै हुन्छ । हाँसो एक औषधि हो, जसका धेरै फाइदा छन् । तन–मनलाई निखार्नका लागि हाँसो सबैभन्दा उत्तम थेरापी हो । तपाईंले आफ्नो वरपर देख्नुभएकै होला केही व्यक्ति यस्ता हुन्छन् जो हरेक कुरामा हाँस्छन् र कोही यस्ता पनि हुन्छन् जो हाँसो लाग्ने कुरामा पनि मात्र मुस्कुराउँछन् । समुद्रशास्त्रमा व्यक्तिको हाँस्ने तरिकाको आधारमा उसको स्वभावबारे उल्लेख गरिएको छ ।

१. मन्द मुस्कान सहित हाँस्ने व्यक्ति

कुनै व्यक्ति यस्ता पनि हुन्छन्, जो जतिसुकै हाँस्ने कुरा भए पनि मन्द मुस्कान मात्रै दिन्छन् । जो व्यक्ति यसरी मुस्कुराउँछन् मात्रै उनीहरु बुद्धिमानी र गम्भीर प्रवृत्तिका हुन्छन् । यस्ता व्यक्ति छिट्टै रिसाउँदैनन् साथै कठिन समयमा धैर्यताका साथ काम गर्छन् ।

२. जोड–जोडले आवाज निकालेर हाँस्ने व्यक्ति

कुनै व्यक्ति यस्ता हुन्छन्, जो हाँस्ने बेला जोड–जोडले आवाज निकाल्छन् । यस्ता व्यक्ति स्भाभिमानी र परिश्रमी हुन्छन् । यस्ता व्यक्ति जीवनमा सफल पनि हुन्छन्।

३. खित्का छाडेर हाँस्ने व्यक्ति

जो व्यक्ति हाँस्न कन्जुस्याइँ गर्दैनन् अर्थात् खित्का छाडेर हाँस्छन्, यस्ता व्यक्ति उत्साही प्रवृत्तिका हुन्छन् । यस्ता व्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । यस्ता व्यक्ति सहनशील हुनुका साथै मनमा कुनै पनि प्रकारको छलकपट हुँदैन । आवश्यक परेको समयमा मानिसको सहयोग गर्न सदैव तयार रहन्छन् ।

४. रोकिएर हाँस्ने व्यक्ति

केही व्यक्ति हाँस्न पनि कन्जुस्याइँ गर्छन् । अर्थात् बीचमा रोकिएर हाँस्छन् । यस्ता व्यक्तिको बौद्धिक क्षमता सामान्य हुन्छ । यस्ता व्यक्ति विवेकको सट्टा भावनाले निर्णय लिन्छन् । यस्ता व्यक्तिमा कुनैपनि चीजको बचत गर्ने बानी भने विशेष प्रकारले भरिएको हुन्छ ।

यो पनि पढ्नुहोस्

शरीरको कुन अंगमा भएको कोठीले के संकेत गर्छ ?

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

खुट्टाको औलाको आकारबाट थाहा पाउनुस् मानिसको स्वभाव

कुन महिनामा जन्मेका केटी मान्छेको स्वभाव कस्तो ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!