ज्योतिषशास्त्र

यी ४ राशि हुने मानिस सबैभन्दा धनी हुन्छन्

यी ४ राशी हुने मानिस सबैभन्दा धनी हुन्छन् ! सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण वा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतनमाथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने शास्त्रलाई ज्योतिषशास्त्र हो ।

ज्योतिषी भाषा अनुसार तपाईमा गृह, नक्षत्रको प्रभाव के कस्तो हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ । कुनै पनि व्यक्ति कस्तो होला ? जस्तो देखिन्छ के वास्तवमै त्यो व्यक्ति त्यस्तो होला ? यी सबै सवालको जवाफ पनि हामीलाई ज्योतिषीको माध्यमबाट मिल्न सक्छ । जीवनको गोप्य कुराको खुलासा पनि तपाईको कुन्डलीले गर्छ ।

मानिस चाहेर मात्रै धनी बन्न सकिँदैन । कोही मानिस मेहनत गरेर धनी हुन्छन् भने कोही मानिस आफ्नै भाग्यका कारण धनी हुने गर्छन् । तर कोही मानिस आफ्नो राशिका कारण धनी बन्ने संभावना पनि हुन्छ । विशेषगरी निम्न ४ राशी हुने मानिसले निकै धन कमाउने गर्छन् भनेर धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

१. वृष

धनको सम्बन्ध दोस्रो र आठौं स्थानमा रहेका राशीसँग जोडिएको हुन्छ । यही भएर दोस्रो स्थानमा रहेको वृष राशी हुने मानिसले धन कमाउने योग बढी हुने गर्छ । वृष राशीको गुरू शुक्र भएका कारण पनि यो राशी हुने मानिसहरू आकर्षक र महंगा सामान किन्न सौखिन हुन्छन् । वृष राशी हुने मानिसहरू औसत वस्तुलाई त्यति मन पराउँदैनन् । शुक्र ग्रहलाई धन, विलासिता, तथा मोजमस्तीको सूचक पनि मानिन्छ । र यही कारण उनीहरू धन कमाउन निकै मेहेनत गर्ने र कमाउने अवसर खोज्ने गर्छन् । यो राशी हुने मानिसले परिश्रमको महत्व बुझ्नुका साथै मोजमस्ती पनि गर्छन् । साथै वृष राशी हुनेहरू निकै जिद्दी गर्ने र आफूले चाहेको कुरालाई पाएर नै छोड्ने प्रयास गर्छन् ।

२. कर्कट

कर्कट राशी हुने व्यत्तिहरू सधैं राम्रो अवसरको खोजीमा हुन्छन् । बढी भावुक हुने भएकाले आफन्त र परिवारलाई कसरी सुखी राख्ने भनेर सोचिरहेका हुन्छन् । परिवारको इच्छालाई कसरी पूरा गर्ने भन्नेमा नै यी मानिसले बढी ध्यान दिएका हुन्छन् । यही गुणले गर्दा नै उनीहरू बढी मेहेनती हुने र आफ्नो सपनालाई पूरा गरेर छाड्छन् ।

३. सिंह

सिंह राशी हुने मानिसले आफूलाई अरूभन्दा फरक बनाउन खोज्छन् । अरू मानिसले आफूलाई ध्यान देऊन्, आफ्नो प्रशंसा गरून् र आफूलाई आदर्श मानून् भन्ने चाहना हुन्छ । यही भएर आफूसँग भएको क्षमता र गुण प्रस्तुत गर्ने गर्छन् । नेतृत्व गर्ने विशेष क्षमता भएका यी मानिससँग ठूल्ठूला चाहना पनि हुन्छन् । महंगा सवारी साधनमा घुमफिर गर्न चाहने, महंगा मोबाइल प्रयोग गर्छन् । आफ्नो व्यक्तित्वले अरूको ध्यान तान्न खोज्छन् । यस्ता गुण भएका कारण नै उनीहरू धन कमाउन लालायित हुने गर्छन् र कमाउँछन् पनि ।

४. वृश्चिक

वृश्चिक राशी हुने व्यक्तिले भौतिक वस्तुप्रति बढी आशक्ति देखाउँछन् । महंगा सवारी साधन, महल, तथा वस्तुले यी मानिसलाई सधैं आकर्षित गरेका हुन्छन् । वृश्चिक राशी हुने मानिसहरू कुशल व्यापारी हुन्छन् । जीवन तथा संसारलाई हेर्ने दृष्टिकोण पनि अरूको भन्दा फरक हुने गर्छ ।

यो पनि पढ्नुहोस् 

यी ४ राशि भएका मानिससँग हुन्छ संसारकै अद्भुत शक्ति

ज्योतिषशास्त्र अनुसार यी ४ राशि भएका मनिसले कहिले पनि अरुलाई धोका दिँदैनन्

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!