टिप्स

यस्ता छन् आत्मविश्वास बढाउने सूत्रहरु

आत्मविश्वास एक व्यक्तिगत निर्णय, क्षमता, शक्ति हो । आत्मविश्वास यस्तो क्षमता हो, जसले मानिसलाई अगाडि बढ्न र नयाँ काम गर्नको लागि प्रेरणा प्रदान गर्छ । संसारमा जति पनि सफल मानिस छन्, उनीहरूको सफलतापछि आत्मविश्वासको ठूलो भूमिका छ । उनीहरूले आफैँमाथि विश्वास र ठूला–ठूला निर्णय गरेर जीवनलाई सफल बनाए । यदि तपार्इंमा पनि आत्मविश्वास छ भने मान्नुस्, सफलता धेरै टाढा छैन । आत्मविश्वास बढाउने ७ सूत्रहरु यस प्रकार छन् ।

१. आत्मविश्वासी मानिसहरुको संगत

मानिसले आफुलाई चाहिने कुनै पनि बानी वा गुणको विकास गर्नका लागि त्यस्तै बानी वा गुण भएका मानिसहरुको संगत गर्नुपर्छ । कुनै समूहमा आफुलाई भिजाउन सक्नु भनेको साँच्चै नै शक्तिशाली कुरा हो । यसकारण आत्मविश्वास बढाउन आत्मविश्वासिला मानिसहरुको संगतमा बस्ने गर्नुहोस् । यस्ता मानिसहरु सकारात्मक हुने र अरुलाई पनि प्रोत्साहित गर्ने हुँदा आफुमा पटक्कै विश्वास जगाउन नसकेका मानिसहरुले पनि उनीहरुको साथले धेरै कुरा सिक्न सक्नेछन् र आत्मविश्वासी बन्दै जान सक्छन् ।

२. निरन्तर मिहिनेत

सफल उद्यमी, नेता, कलाकार वा प्रस्तोता जो भएपनि उनीहरु आत्मविश्वासी र सफल हुनुको कारण भनेकै उनीहरु निरन्तर आफ्नो कार्यमा लागि पर्छन् । आफ्नो सीप सुधारका लागि उनीहरु रातदिन निरन्तर मिहिनेत गर्छन् । आफ्नो सन्तुष्टि हुने गरी काम गर्ने ताकत आफुमा भएपछि मात्रआफुमा आत्मविश्वास बढ्ने हो । आफुमा कुशलता नल्याइकनै सोचेरै मात्र आत्मविश्वासीलो बन्न सकिन्न । योजनाबद्ध कार्य गर्नाले मात्र यसको प्रतिफल आउँछ ।

३. असफलतासँग नडराउने

तपाई कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपार्इँले ठक्कर अवश्य पनि खानु हुनेछ । असफलताले नै सफलताको रहस्य खुलाउँछ र सफलताले नै आत्मविश्वास बढाउँछ । तपार्इँ जति असफल हुनुभयो, त्यति नै बढी ज्ञान प्राप्त गर्न सक्नुहुनेछ । के गर्दा काम बन्छ र के गर्दा बन्दैन भनेर जान्नुहुन्छ । उत्कृष्टता हासिल गर्ने तरिका जति बढी थाहा पाउनुहुन्छ, उति नै तपार्इँको ज्ञान बढ्दै जान्छ र यसले तपार्इँमा आत्मविश्वास बढ्छ । जति धेरै प्रगति गर्दै जानुहुन्छ, उति नै तपाईँको आफुमाथिको विश्वास कसैले पनि तोड्न सक्दैन ।

४. सकारात्मक सोच

सकारात्मक सोचले जीवनको कैयौँ काममा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, नकारात्मक सोचले स्वयम्लाई ध्वस्त बनाउँछ । हाम्रो सोचले नै सफलताको सम्भावना निर्धारण गर्छ । नकारात्मक घटना या सोचलाई सकारात्मक रूप दिँदा त्यसले पार्ने प्रभावलाई विचार गर्न आवश्यक हुन्छ । तपाईंको आचरणले नै आत्मविश्वास बढाउन भूमिका खेल्छ ।

५. आफ्नो काममा विश्वास गर्ने

चाहे तपार्इंले जुनसुकै काम गर्नुस्, तर विश्वास साथ गर्नुस् । या कुनै कामको सुरुवात गर्दै हुनुहुन्छ भने पनि त्यसप्रति पूर्ण विश्वस्त हुनुस् । सामान्य जीवनशैली र बोल्ने तौर तरिकाले पनि आत्मविश्वास बढाउनको लागि ठूलो भूमिका निर्वाह गर्छ । खाना पकाउने, कुनै व्यक्तिसँग भेट्ने गर्दाका गतिविधिमा समेत आत्मविश्वासको साथ प्रस्तुत हुन जरुरी छ ।

६. डाइट एन्ड फिटनेसमा ध्यान दिने

फिटनेस, स्टाइल, डाइट लगायतका कुराले पनि आत्मविश्वासमा भूमिका निर्वाह गर्छ । आत्मविश्वास बढाउनका लागि ड्रेसअप र खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ । सफल व्यक्तिको जीवनलाई हेर्दा पनि उनीहरूको जीवन सफल हुनुमा यसका भूमिका हुन्छन् ।

७. सिक्ने इच्छाशक्ति

नयाँ कुरा सिक्ने र आफैँलाई महत्वपूर्ण बनाउने प्रयास गर्नुस् । जो व्यक्तिमा सिकाइको भोक हुन्छ, उसमा आत्मविश्वास पनि हुन्छ । त्यसैले आफूभित्रको सिक्ने इच्छाशक्तिलाई कहिल्यै मर्न दिनुहुँदैन । यस्तो बानीले बिस्तारै आत्मविश्वासलाई बढाउँदै लैजान्छ ।

८. स्माइलिङ

भनिन्छ, प्रेमको सुरुवात मुस्कानबाट हुन्छ । तपार्इंको अनुहारमा भएको मुस्कान या चमकले अरू मानिसलाई पनि आकर्षित गर्न सक्छ । यस्तो बानीले आत्मविश्वासलाई बढोत्तरी गर्नुका साथै सफलता हासिल गर्नको लगि मद्दत गर्छ ।

९. भित्रैको डर निकाल्ने

आत्मविश्वास बढाउनका लागि सबैभन्दा पहिला आफूभित्रको डरलाई हटाउन जरुरी हुन्छ । जसका लागि आफ्नो क्षमताको पहिचान गर्न जरुरी छ । आत्मविश्वास बढाउनका लागि आफैँप्रति विश्वास गर्न आवश्यक छ । कुनै पनि विधामा सफल हुनका लागि सबैभन्दा महत्वपूर्ण कुरा यो हुन्छ कि, तपार्इंभित्रको आत्मविश्वास । त्यसैले तपाईंले कसैलाई भेट्दै हुनुहुन्छ भने पहिला आफूभित्रको डर हटाउनुपर्छ र निर्धक्कसँग कुरा गर्नुपर्छ । जसले तपार्इंलाई आत्मविश्वासी बन्न प्रेरणा प्रदान गर्छ ।

यो पनि पढ्नुहोस् 

आत्मविश्वासको फल

श्रीमान र श्रीमती वीचका शंका हटाउने उपायहरु

श्रीमान र श्रीमती वीचको सम्बन्ध सुमधुर बनाउने उपायहरु

धन कमाउने ५ सरल उपायहरु

शरीरलाई स्वास्थ्य राख्नको लागी ध्यान दिनुपर्ने ३१ उपायहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!