ज्योतिषशास्त्र

यी चार राशिमा हुन्छ अद्भुत शक्ति

ज्योतिषशास्त्र अनुसार मानिसको जीवन राशिमा हुने ग्रह तथा नक्षत्रको प्रभाव अनुसार चल्छ । कुनै पनि व्यक्ति कस्तो होला ? जस्तो देखिन्छ के वास्तवमै त्यो व्यक्ति त्यस्तो होला ? यी सबै सवालको जवाफ पनि हामीलाई ज्योतिषशास्त्रको माध्यमबाट थाहा पाउन सकिन्छ । जीवनको गोप्य कुराको खुलासा पनि तपाईको जन्म कुण्डली अनुसार गर्न सकिन्छ । बिभिन्न राशिहरुमध्ये पनि ४ वटा राशि यस्ता छन्, जो वास्तवमै धेरै बलिया हुन्छन् । यी राशिहरु यती बलवान हुन्छन् की, त्यहाँ अरुले दबिएर बस्नुपर्ने बाध्यता हुन्छ । ज्योतिषशास्त्र अनुसार यी चार राशिमा हुन्छ अद्भुत शक्ति, जानी राखौ ।

१. मेष राशि

यो श्रेणीमा सबैभन्दा पहिलो नम्बरमा मेष राशि छ । जो राशि अन्य सबै राशि भन्दा उर्जावान मानिन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छ, रोक्नु यिनीहरुको स्वभावमा हुँदैन् । यदि कसैले यो राशिका मानिसहरुलाई दिक्क बनाउँछ भने उनीहरुले त्यसको वास्ता गर्न छाडिदिन्छन् । मेष राशिका मानिसहरु कसैमाथि भरोसा गर्दैनन् । कुनै पनि कुरालाई सधैं आफू मातहत राख्न सक्षम हुन्छन् । कुनै पनि कार्यमा आफ्नो निर्णय लागू गर्न चाहान्छन् र धेरैजसो अवस्थामा सफल पनि हुन्छन् । यिनीहरु कसैसँग प्रभावित भएर आफ्नो जीवनको दिशा बदल्दैनन् ।

२. बृश्चिक राशि

बृश्चिक राशिका मानिसहरु समर्पित र इमान्दार हुन्छन् । साथै यस राशिका व्यक्तिहरुको भित्र विद्रोही भावना पनि प्रमुखताका साथ हुन्छ । जो मानिसहरु योग्य हुन्छन्, उनीहरुसँग यस राशिका व्यक्ति इमान्दारी निभाउँछन । तर, जो व्यक्तिहरु खुद धोकेबाज हुन्छन् ती व्यक्तिहरुले भने यस राशिका व्यक्तिबाट सदैव सावधान रहनु जरुरी हुन्छ । यो राशिका मानिसहरु धेरै भावुक पनि हुन्छन् । जसकारण कहिलेकाँही यिनीहरुलाई सहन मुस्किल पनि हुन्छ । बृश्चिक राशिका मानिसहरुमा भविश्यका संभावित घटनाबारे थाहा पाउने अद्भुत क्षमता हुन्छ ।

३. कुम्भ राशि

कुम्भ राशि भएका मानिसहरुको सबैभन्दा ठूलो विशेषता भनेको के हो भने उनीहरु भावनामा बगेर कुनै निर्णय गर्दैनन् । यदी जरुर पर्यो भने यीनिहरु आफ्नो भावन र समवेदनाहरुको पनि वास्ता नगरी अगाडि बढ्न सक्छन् । कुम्भ राशिका मानिसहरु धेरै रोचक र जिज्ञासु हुन्छन् । यिनीहरु बुद्धिमान पनि मानिन्छन् । यिनीहरु जिद्धी स्वभावका हुनुका साथै आत्मविश्वासी पनि हुन्छन् ।

४. मकर राशि

यो राशि सबैभन्दा उत्कृष्ट राशि मानिन्छ किनभने यो राशिका मानिसहरुमा आत्म नियन्त्रणको भावना धेरै प्रबल हुन्छ । अन्य राशि भएका व्यक्तिको मकर राशिवालाहरुमा उत्कृष्ट तरिकाले सोच्ने र सम्झने क्षमता हुन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छन् । मकर राशिका मानिसहरुमा आत्मविश्वास धेरै नै हुन्छ । जसकारण यो राशिका मानिसहरु धेरै छिटो सफलता हासिल गर्न सक्छन् ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

यी ३ राशि भएका पुरुषहरुप्रति प्रेममा महिलाहरू हुन्छन् पागल

यी हुन् आफ्नो श्रीमानलाई सधै दबाएर राख्ने ४ राशिका महिलाहरु

धन प्राप्तिको लागि कुन राशिका मानिसले के मन्त्र जप्ने ?

यी राशि भएका पुरुषहरुले श्रीमतीलाई रानी बनाएर राख्छन्

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!