ज्योतिषशास्त्र

यी राशि भएका मानिसले प्रेम र विवाह गरे असफल हुन्छन्

 यी राशि भएका मानिसले प्रेम र विवाह गरे असफल हुन्छन् । विवाह दुई व्यक्तिहरूको सामाजिक, धार्मिक अथवा कानूनी रूपबाट एक अर्कासंगै जीवन ब्यतित गर्ने सम्बन्ध हो। विवाहले दुई परिबार बिच नया नाता सम्बन्ध जोड्ने काम गर्छ । मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ। आफूले चाहेर मात्र नहुने, विवाहका लागि सूर्य भगवान्ले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ ।

पूर्वीय दर्शन अनुसार ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ । सामान्य रुपमा व्यक्ति आफ्नो जीवनमा तीन प्रकारका समस्याको सामना गर्छ । पहिलो करियार, दोस्रो धन र तेस्रो विवाह । यी तीन कुरा सही भएको खण्डमा जीवन सही रुपमा अघि बढ्न सक्छ । ज्यातिषशास्त्र १२ राशी र ९ ग्रहमा आधारित छ ।

तपाईको जन्मको समय, स्थानका आधारमा तपाईको जन्मकुण्डली बनाइन्छ । जसले तपाईको जीवनको पूर्ण विवरण दिनसक्छ । विवाह यो सम्बन्धमा जोडिने दुईबीचको सामजस्यता हो । राशि अनुसार केटा र केटी बीचको प्रेम सम्बन्ध वा विवाह कुन हदसम्म र कति सफल हुन्छ भन्ने पत्ता लगाउन सकिन्छ । थाहा पाउनुहोस् कुन कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ।

मेष र कर्कट

कुम्भ र कर्कट

सिंह र वृष

वृश्चिक र मेष

मिथुन र कर्कट

सिंह र कन्या

मकर र तुला

कुम्भ र वृष

मीन र सिंह

मकर र धनु

वृश्चिक र कुम्भ

मिथुन र मिन

यी राशी भएकाहरुबीच विवाह र प्रेम सम्भवन्ध भएको खण्डमा ती सम्बन्धहरु दिगो र लामो समय चल्ने खालका हुँदैनन् । यदि माथि उल्लेख गरिएका राशीबीच विवाह र प्रेम सम्बन्ध कायम छ भने ज्योतिषीसँग सल्लाह लिन आवश्यक छ । दुई राशी र तिनका कुण्डलीका आधारमा ज्योतिषमा तिनको दोष कट्टा गर्ने उपायहरु समेत उपलव्ध भएको हुन्छ ।

यो पनि पढ्नुहोस् 

ज्योतिषशास्त्र अनुसार यी ४ राशि भएका मनिसले कहिले पनि अरुलाई धोका दिँदैनन्

मोटी केटीसँग विवाह गर्दा हुने अचम्मका फाइदाहरु

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

हिन्दू धर्ममा सहगोत्रीसँग किन विवाह गर्नु हुँदैन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!