खानपान

आँखा तेजिला बनाउन खानुहोस् यस्ता खानेकुराहरु

आँखाको ज्योती राम्रो बनाउनु र घरेलु खानेकुराहरुमा ध्यान दिनु एकदमै आवश्यकता पर्दछ। पावरवाला चस्मा लगाउनेले त हामीले खानेकुरा नखाएपनि हुन्छ होला भनेर सोच्नुहुन्छ होला तर चस्मा लगाउनेले समेत यी खानेकुरा खानु एकदमै आवश्यक हुन्छ। दृष्टिमा सुधार आउन र आँखा तेजिलो र फुर्तिलो देख्न तपाइँहरुले खानेकुरालाई एकदमै ध्यान दिनुपर्ने हुन्छ। आँखालाई स्वस्थ राख्न तथा ज्योति तेजिलो बनाउनका लागि यी खानेकुराहरु नियमित रुपमा खानुहोस् :

१. अमला

अमला आँखाको लागि वरदान हो । यसमा भएका तत्वहरु आँखाको ज्योतिलाई तेजिलो बनाउन निकै प्रभावकारी हुन्छ । त्यसैले अमला नियमित रुपमा खानुहोस् । अमला काँचै चपाउने, अचार बनाएर खाने वा जुस बनाएर खाँदा पनि फाइदा पुग्दछ ।

२. सुकुमेल

सुकुमेलले सरीरको तापक्रम सन्तुलित बनाउँछ । यसको नियमित सेवनले आँखलाई ठण्डा राख्न सहयोग गर्दछ र आँखाको ज्योति बढ्दछ ।

३. सागपात

आफ्नो भोजनमा हरियो सागसब्जी नियमित रुपमा समावेश गर्नुहोस् । हरियो सागपातमा भिटामिन ए तथा फलाम पर्याप्त मात्रामा रहेको हुन्छ जुन आँखाको स्वास्थ्यका लागि अनिवार्य हुन्छ ।

४. ओखर

ओखरमा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ । साथै यसमा पाइने भिटामिन इ पनि आँखाको स्वास्थ्यका लागि जरुरी हुन्छ ।

५. गाँजर

आँखालाई स्वस्थ तथा तेजिलो राख्नका लागि गाँजरको जुस नियमित रुपमा पिउने गर्नुस् । गाँजरलाई सलादको रुपमा खाने गर्दा पनि हुन्छ ।

६. बदाम

पानीमा भिजाएर राखिएको बदाम नियमित रुपमा खाने गर्नुहोस् । यसले आँखको ज्योति तेजिलो बनाउन सहयोग गर्दछ ।

यो पनि पढ्नुहोस्   

आँखाको रोग मोतियाबिन्दु र यसको उपचार

आँखालाई सधै स्वस्थ्य राख्ने खानेकुरा के के हुन ?

अल्छी आँखाको उपचार विधि

के आँखा पनि अल्छी हुनसक्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!