विज्ञान जिज्ञासा

के हो डाटा सेन्टर (Data Center)?

डाटा सेन्टर एक केन्द्रिकृत डाटा भण्डार हो । जसमा सरकार, व्यक्ति अथवा कुनै कम्पनीले आफ्नो डाटा (तथ्याङ्क) सुरक्षित राख्न एक विशेष डिभाइस राखिएको हुन्छ । डाटा सेन्टर फिजिकल र क्लाउडमा आधारित तथा सम्पूर्ण रुपमा क्लाउडमा मात्रै आधारित गरी दुई किसिमका हुन्छन् । फिजिकल डाटाबेस सेन्टरमा आफ्ना महत्वपूर्ण डाटालाई कतै लिकेज नहोस् भनेर सुरक्षित राखिन्छ । क्लाउडबेस्ड डाटासेन्टरले पनि प्रयोगकर्तालाई डाटासँग सम्वन्धीत कामका लागि सेवा दिन्छ । यो सेवा सुरक्षित पनि मानिन्‍छ।सरकारी र निजी व्यवसायिक संस्थाले आफ्ना डाटा सुरक्षित राख्न आफ्नो स्पेस अपर्याप्त भएपछि डाटा सेन्टरको प्रयोग गर्छन् । डाटा सेन्टर सञ्चालकले निश्चित शुल्कमा उनीहरुले मागे अनुसारको स्पेस दिन्छन् ।

नेपालमा सरकारी डेटा व्यवस्थापन

नेपाल सरकारका डाटा सुरक्षित राख्न सिंहदरबारभित्र राष्ट्रिय सूचना प्रविधि केन्द्र छ, जहाँ नेपाल सरकारका प्रत्येक डाटा भण्डारण, वितरण र संयोजन भइरहेको हुन्छ । यो सूचना प्रविधि केन्द्र कोरिया सरकारको सहयोगमा निर्माण गरिएको हो । सरकारीस्तरमा सिंहदरबारबाट यो सेवा उपलब्ध भइरहेको हुन्छ भने निजीस्तरमा विभिन्न संस्थाले आफ्नै सर्भर राखेर सेवा उपलव्ध गराइरहेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंक, स्टान्डर्ड चार्टड बैंक, नबिल बैंक लगायतका ठूला बैंकले आ आफ्नै सर्भरहरु राखेका छन् भने अरुले डाटा सुरक्षित राख्न निजी तथा विदेशी कम्पनीसँग सहयोग लिइरहेका छन् । विश्वमा माइक्रोसफ्ट र अमेजनलाई सबैभन्दा विश्वासिलो र भरपर्दो डाटा स्टोरेज भएको कम्पनीका रुपमा लिइन्छ । यिनीहरुले क्लाउड बेस्ड माध्ययमबाट विश्वभर रहेको आफ्ना सेवाग्राहीलाई सेवा दिइरहेका छन्। नेपालमा पनि यिनीहरुका धेरै ग्राहक रहेका छन् । सरकारले हेटौंडामा पनि सूचना केन्द्र स्थापनाको तयारी गरेको छ । सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र भन्दा ठूलो सूचना केन्द्र सञ्चालमा ल्याउने तयारी भइरहेको हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!