मुख्य समाचारसूचना प्रविधि

फेसबुकवाट करोडौं प्रयोगकर्ताको डाटा चोरी

एजेन्सी, ६ चैत । फेसबुकवाट करोडौं प्रयोगकर्ताको डाटा चोरी भएको आशंका गरिएको छ । यो खबर सार्वजनिक भएपछि सामाजिक सन्जाल फेसबुकको शेयरमा तीव्र गिरावट आएको छ । न्यूयोर्क स्टक एक्सचेन्जमा यस खबरको ठूलो असर पर्‍यो र फेसबुकको शेयर कारोबारमा करिब आठ प्रतिशतले गिरावट आयो । यद्यपि केही सम्हालिँ दै सात प्रतिशतले गिरावटसहित शेयर कारोबार बन्द भयो ।

सन् २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचमा डोनाल्ड ट्रम्पलाई मद्दत गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकलले फेसबुकका ५ करोडभन्दा बढी प्रयोगकर्ताको निजी जानकारी चोरेको आरोप सार्वजनिक भएको हो । फेसबुकले यी आरोपको व्यापक अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको छ । अनुसन्धानका लागि क्याम्ब्रिज एनालिटिकललाई निलम्वन गरिएको छ ।

अमेरिका र कयौं युरोपीय देशका सरकारले यस खबरप्रति गम्भीर सवाल उठाएका छन् । ब्रिटेनका प्रधानमन्त्री टेरीजा मेका प्रवक्ताले यस आरोपलाई निकै गम्भीर भनेका छन् । अमेरिकी सांसदहरुले पनि प्रयोगकर्ताको डाटा चोरी भएकोप्रति चिन्ता व्यक्त गरेको छ र फेसबुकलाई उचित कदम चाल्न भनेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!