खानपान

फर्सीको बियाँ खानुका फाइदाहरु

फर्सी हामीले दैनिक जीवनमा प्रयोग हुने उपयोगी तरकारी हो । फर्सी हाम्रो स्वास्थ्यका लागि निकै लाभकारी हुन्छ । फर्सीको बियाँ पनि पोषकतत्त्वले भरिपूर्ण हुन्छ । यो नियमित रूपमा खानु निकै राम्रो हुन्छ । पुरुषका लागि त यो झन् बढी उपयोगी मानिन्छ । फर्सीको बियाँका फाइदाहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्  

सरिफा खानुका फाइदाहरु

बाँसको तामा खानुका फाइदाहरु

एभोकाडो खानुका फाइदाहरु

लौकाको जुसका फाइदाहरु

ग्रीन-टी पिउनुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

फाइदाहरु

१. फर्सीको बियाँले पुरुषको यौन स्वास्थ्यलाई राम्रै राख्ने गर्छ । ‘इन्डियन जर्नल अफ युरोलजी’ मा प्रकाशित एउटा अध्ययन अनुसार, नियमित रूपमा यो खाने प्रोस्टेटको स्वास्थ्य बिग्रिन पाउँदैन । पुरुषमा प्रोस्टेट ग्रन्थीलाई बलियो पार्न र स्वस्थ हार्मोनको उत्पादन बढाउन यो खानु उपयुक्त मानिन्छ ।

२. शरीरमा जिंकको कमी भए पुरुषमा वीर्यको गुणस्तरमा कमी हुँदै जान्छ र बाँझोपना जस्तो समस्या देखिन सक्छ । फर्सीको बियाँमा जिंक यथेष्ट मात्रामा पाइन्छ । यसलाई दैनिक खानपानमा सामेल गर्दा पुरुषको शुक्रकीटको गुणस्तर सुध्रिँदै जान्छ । यो प्रोस्टेटसम्बन्धी समस्यालाई रोक्नुका साथै पुरुषको प्रजनन क्षमतालाई बढाउनमा समेत सहयोगी हुन्छ । जिंकले रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । डिप्रेसन हटाउनसमेत उपयोगी हुन्छ ।

३. शरीरमा जिंकको कमी भए पुरुषमा वीर्यको गुणस्तरमा कमी हुँदै जान्छ र बाँझोपना जस्तो समस्या देखिन सक्छ । फर्सीको बियाँमा जिंक यथेष्ट मात्रामा पाइन्छ । यसलाई दैनिक खानपानमा सामेल गर्दा पुरुषको शुक्रकीटको गुणस्तर सुध्रिँदै जान्छ । यो प्रोस्टेटसम्बन्धी समस्यालाई रोक्नुका साथै पुरुषको प्रजनन क्षमतालाई बढाउनमा समेत सहयोगी हुन्छ । जिंकले रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । डिप्रेसन हटाउन समेत उपयोगी हुन्छ ।

४. फर्सीको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिंकले शरिरलाई स्वस्थ, स्मरण शक्तिको विकास, हाडलाई बलियो बनाउन समेत मद्धत गर्छ ।

५. फर्सीको बियाँ पनि उत्तिकै फाइदा जनक हुन्छ । यसको बियाँबाट मनग्गे मात्रामा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ । यसले शरिरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्न समेत मद्धत गर्छ ।

६. फर्सीको बियाँमा पाइने एन्टिअक्सिडेन्ट टेस्टोस्टेरोनको स्तरलाई स्वस्थकर राख्नमा सहगोगी हुन्छ ।

७. फर्सीको बियाँ स्वस्थ कपालका लागि पनि त्यति नै आवश्यक हुन्छ । यो खाने गरे कपालमा नयाँ कोषिकाको निर्माण हुन्छ, कपाल सम्भावित नोक्सानीबाट जोगिन्छ र जहिल्यै स्वस्थ हुन्छ ।

८. फर्सीको बियाँले इन्सुलिनको मात्रा सन्तुलित गर्ने काम गर्छ । यसैले यो मधुमेहका रोगीहरूका लागि धेरै फाइदाजनक मानिन्छ ।

९. यसको सेवनले तनाव कम हुन्छ । निद्रा राम्रो लाग्छ । यसमा पाइने एमिनो एसिड ट्रिप्टोफन हुने भएकाले शरीरमा सेरेटोनिनलाई परिवर्तन गरेर गहिरो निद्रा लाग्न सक्छ ।

Like & Follow us on Facebook

१०. यो मिनरल म्याग्नेसियमको एउटा राम्रो स्रोत हो । यसले गर्दा यसको सेवन मुटुरोगीका लागि निकै लाभदायक मानिन्छ ।

११. केही अध्ययनले पुष्टि गरे अनुसार, फर्सीको बियाँमा धेरै मात्रामा एन्टिइफलेमेट्री गुण हुन्छ, जुन पीडा, ज्वरो, सुन्नाइ आदि बनाउन उपयोग हुने औषधि (इडोमेथासिन) जस्तै प्रभावकारी हुन्छ ।

१२. नराम्रो कोलेस्ट्रोललाई कम गर्न पनि फर्सीको बियाँ उपयोगी मानिन्छ । स्टेराल्स र फिटोस्टेराल्स तत्त्व हुने भएकाले यो खाँदा शरीरमा कोलेस्ट्रोलको स्तर घटाउने गर्छ ।

१३. यसको बियाँको सेवनले तनाव कम हुन्छ र साथै निन्द्रा पनि राम्रो लाग्छ ।

१४. यसको बियाँमा स्टेरोल्स र फिस्टोस्टेरोल नामक दुई तत्व पाईन्छ । यी दुवै तत्वहरूको कारणले यो शरीरमा कोलेस्ट्रोलको स्तर कम गर्न मद्दतगार सावित हुन्छ ।

१५. फर्सीको बियाँ सेक्स सम्बन्धि रोगहरूलाई हटाउँछ । विशेषगरी फर्सीमा जिंक पाईन्छ र जिंकको कमीले नै मेल सेक्सुअल हार्मोन टेस्टोस्टेरोन कम बन्छ । यस रोगलाई इरेक्टाइल डिसफंक्शन (Erectile Dysfunction) भनिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!