स्वास्थ्य

रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिकाहरु

इम्युनिटी पावर एवं रोग प्रतिरोधात्मक क्षमताले हाम्रो शरीरमा संभावित रोगको संक्रमणबाट रक्षा गर्छ । हामी किन रोगी हुन्छौ ? हामी किन कमजोर हुन्छौं ? हामी किन शिथिल हुन्छौ ? हामी किन जिर्ण हुन्छौ ? यसको एकमुष्ठ जवाफ हो, शरीरको रोग प्रतिरोधात्मक क्षमता घटेर । शरीरभित्र यस्तो प्रणाली हुन्छ, जसले कुनैपनि रोगसँग लड्छ र त्यसबाट शरीरलाई बचाएर राख्छ । अर्थात यो यस्तो प्रणाली हो, जसले शरीरका लागि सुरक्षा कवचको काम गर्छ । शरीरमा कुनै बाह्य रोगको संक्रमण होस् वा भित्री अंगहरुको खराबी, यी सबैमा रोगसँग लडेर शरीरलाई स्वस्थ्य बनाउने प्रणाली हुन्छ । यही प्रणाली, जसलाई रोग प्रतिरोधात्मक क्षमता भन्छौ ।

हरेक जीवित मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता नामको यस्तो संयन्त्र हुन्छ, जसले ब्याक्टेरिया, भाइरस आदिबाट शरीरलाई टाढा राख्छ । जब मानिस मर्छ, तब उनको रोग प्रतिरोधात्मक क्षमता पनि नष्ट हुन्छ । औषधी खाएर वा उपचार गरेर मात्र सबै रोगबाट छुटकारा पाइदैन । यी त कृतिम विधी हुन् । प्राकृतिक विधीबाट रोगमुक्त जीवन पाउनका लागि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ । तर, कसरी ?

रोग प्रतिरोधात्मक क्षमता बढ्नु भन्नाले हाम्रो शरीरमा विभिन्न रोग लाग्न नदिनु हो । यदि हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कम्जोर छ भने हामीलाई विभिन्न खालका रोगहरुले सजिलैसँग असर गर्ने गर्छन् । त्यसैले हामीले हाम्रो रोग प्रतिरोधात्मक क्षमता कम्जोर हुन नदिनको लागी हाम्रो दैनिक खानपान र जीवनशैलीमा धेरै ध्यान पुर्याउनुपर्ने हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो नहुइन्जेलसम्म हाम्रो शरीरको बिकास राम्रोसँग हुन पाउदैन ।

कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुमा यस्ता रोगको संक्रमण छिटै हुने गर्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भयो भने मानिसलाई रुघाखोकी लगायत जुनसुकै रोगले पनि चाँडै आक्रमण गर्छ । यसकारण हामीले आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन ध्यान दिनुपर्छ । यो बलियो भयो भने हतपत कुनै किटाणुले आक्रमण गर्न सक्दैन । त्यसकारण यस्ता रोगको संक्रमण नहोस् भन्नाका लागि सबैभन्दा पहिलो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउन जरुरी छ र शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउन खासै कठिन पनि छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बढाउने तरिकाहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस् 

रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु र जडीबुटीहरु

मानिसको शरीरमा खोप किन दिइन्छ ?

नाडीद्वारा रोगको परीक्षण

रोग किन लाग्छ ?

मधुमेह रोगमा के खाने के नखाने ?

क्यान्सर रोगीले खानैपर्ने जुसहरु

जान्नुहोस् ! कुन रोगले सताउँदा कुन जुस खाने ?

जाडो मौसममा खाने खानेकुराहरु के के हुन् ?

जाडो मौसममा खाने खानेकुराहरु

तरिकाहरु

तरिका १. सक्रिय जीवनशैली

सक्रिय जीवनशैली यसको पहिलो सर्त हो । तपाईंको दैनिकी जति सक्रिय छ उत्तिनै शरीर निरोगी हुन्छ । विहान उठेदेखि केही न केही यस्तो गतिविधी गरिरहनुहोस्, जसले शरीरलाई चलामान बनाइरहोस् । एकै ठाउँ लामो समय बस्ने वा आरामसाथ जीवन विताउनेहरुको शरीर कमजोर हन्छ ।

अझ राम्रो काइदा त के भने विहान उठेपछि योग, प्राणायम, व्यायामबाट शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । यी क्रियाले शरीर लचिलो, फुर्तिलो, बलियो हुन्छ । रक्त प्रवाह राम्ररी हुन्छ । श्वासप्रश्वास प्रक्रिया राम्ररी हुन्छ । मांशपेशी लचकदार हुन्छ । शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । मन शान्त हुन्छ ।

तरिका २. खानपान

खानपानसँग स्वास्थ्यको सोझो सम्बन्ध हुन्छ । यस्तो खानपान गरौं, जो शरीरका लागि होस् । अर्थात जिब्रोको लागि होइन । शरीरलाई विभिन्न किसिमको पौष्टिक तत्व आवश्यक हुन्छ । त्यस्ता पौष्टिक तत्व खानाको माध्यामबाट प्राप्त हुन्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सन्तुलित, पोषिलो र सुपाच्य खानेकुरा खानुपर्छ । दिनभरको खानामा सकेसम्म सबै किसिमको पोषक तत्व सामेल गरौं । हरियो र ताजा खानेकुरालाई प्राथमिकता दिनुपर्छ । अंकुरित अन्न, ड्राइ फ्रुट्स, फलफूल, सलाद, जुसको नियमित सेवन गरौ ।

तरिका ३. तरल पदार्थ

शरीरलाई तरल पदार्थको आवश्यक हुन्छ । जति ठोस पदार्थ सेवन गर्छौं, त्यो भन्दा तीन गुणा बढी तरल पदार्थ सेवन गर्नुपर्छ । तरल पदार्थमा सादा पानी सही हुन्छ । दिनभरमा कम्तीमा दुई वा तीन लिटर पानी पिउनुपर्छ । त्यसका साथै जुस, सुप पिउनुपर्छ । कतिपय फलफूलमा पनि पानीको मात्रा अत्याधिक हुन्छ ।

Like & Follow us on Facebook

तरिका ४. तुलसी

हाम्रो घर, बगैंचामा, भान्सामा केही तुलसी जस्ता खानेकुराहरु जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । तुलसी प्राकृतिक एन्टिबायोटिक हो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन एकदम सहयोग गर्छ । हरेक दिन विहान ३ वा ४ वटा तुलसीको पात सेवन गर्नुपर्छ, फाइदा मिल्छ ।

तरिका ५. शारीरिक सफाई

शारीरिक सक्रियता, उपयुक्त खानपानले मात्र पनि पुग्दैन । शारीरिक सफाई पनि उत्तिकै आवश्यक हुन्छ । संभव भएसम्म हरेक विहान उठेर चिसो पानीले नुहाउनुपर्छ । नुहाउँदा टाउकोबाट सुरु गर्नुपर्छ । यसका साथसाथै मनलाई शान्त र आनन्दित तुल्याउनुपर्छ । मनको शान्तिका लागि प्राणायाम, ध्यान जस्ता विधी सर्वोत्तम हुन्छ । सकारात्मक सोंच चिन्तनले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

तरिका ६. सकारात्मक मुड

तपाईंको मुडले पनि तपाईंको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ । तपाईं जति धैरै प्रशन्न, जति धेरै उमंगीत, जति धेरै सकारात्मक हुनुहुन्छ, शरीर उत्ति नै राम्रो हुन्छ । उदास, निरास, गंभीर व्यक्तिहरु रोगको चपेटामा पर्छन् । त्यसैले जति धेरै मिजासिलो, जति धेरै खुसी, उत्तिनै रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!