स्वास्थ्य

उच्च रक्तचाप घटाउने उपायहरू

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

उच्च रक्तचाप जटिल समस्या हो । रक्तचाप बढी सकेपछि जीवन भर औषधि सेवन गर्नुपर्ने हुन सक्छ । भनिन्छ नि रोग लाग्न दिनु भन्दा रोग नै लाग्न नदिनु राम्रो हो । रक्तचाप बढी सकेपछि औषधि बाहेक अन्य तरिकाबाट नियन्त्रण गर्न ज्ञान हुन आवश्यक छ । रक्तचाप बढी रहदा ज्यान नै जोखिम हुने सम्भावना बढ्न सक्छ ।

चिकित्सकको परामर्शमा रक्तचाप नियन्त्रण गर्ने औषधि सेवन गर्नु राम्रो हुन सक्छ । बढेको रक्तचाप नियन्त्रण गर्न जीवनशैली परिवर्तन तथा नियमित शारीरिक व्यायाम गर्ने, सन्तुलित भोजनमा ध्यान दिने । औषधिको सेवन नियमित गर्ने । निष्क्रिय जीवनशैली स्वास्थ्यको लागि जोखिम हुन सक्छ ।

शारीरिक हिसाबले सक्रिय रहने तथा नियमित व्याम गर्नाले रक्तचाप धेरै बढ्नबाट रोक्न सकिन्छ । बढी भएमा पनि कमहुदै जान थाल्दछ । शारीरीक व्यामको माध्यमबाट शरीरको भार कम गर्न सकिन्छ । रक्तचाप भएका व्यक्तिहरूले सकेसम्म चुरोट,जाड रक्सीको सेवन गर्नुहुँदैन ।

यो पनि पढ्नुहोस्

रक्तचाप (Blood Pressure) भनेको के हो ?

गर्भवती र रक्तचाप

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

रक्तचापवाट कसरी बच्ने ?

रक्तचाप र यसका श्रेणीहरु

यस्ता छन् जानौ उच्च रक्तचापका कारणहरू

बेलाबेलामा रक्तचाप जचाउने,रगतमा चिनीको मात्रा र कोलेस्ट्रोलको मात्रा हेर्ने बढेको भएमा नियन्त्रण गर्ने तर्फ लाग्नुपर्छ । रक्तचाप कमगर्न नुनको सेवन कमसेकम गर्ने तर नुनलाई बन्द भने नगर्ने । खानामा फलफूल तथा तरकारीको मात्रा बढी खाने गर्नुपर्छ । रक्तचाप भएका व्यक्तिहरूले दूधको सेवन गर्न हुन्छ तर तरको सेवन भने गर्नुहुँदैन ।

घिउ लगाएत स्याचुरेटेड बोसो (Saturated Fat) को मात्रा सकेसम्म कम गर्नुपर्दछ । यस्ता खानामा पोटासियम तथा क्याल्सियमको साथै फाइबरको मात्रा बढी हुन्छ,जसले रक्तचाप बढ्न दिदैन र मुटुलाई थप सुरक्षा प्रदान गर्दछ ।

Like & Follow us on Facebook

रक्तचापबाट बच्न बजारको खाना सकेसम्म नखाने, सकेसम्म ताजा खाना खाने । माछामा पाइने अनस्याचुरेटेड (Unsaturated Fat) र ओमेगा-३ फ्याटी एसिड (Omega-3 Fatty Acid) ले उच्च रक्तचाप तथा मुटुलाई थप फाइदा पुराउदछ ।

चिकित्सकले सिफारिस गरेको औषधि रक्तचापका विरामीले नियमित सेवन गरिरहनु पर्दछ । औषधि सेवन नर्दा पक्षाघात,हृदयघात,मिर्गौला खराब हुनेलगायतका नकरात्मक असर हुन सक्छ । समएमा रक्तचापको औषधि सेवन नगर्दा अकस्मात मृत्यु पनि हुन सक्छ । त्यसैले समयमा डाक्टरसंग ब्लड प्रेशर जाँच्ने बानी बसालौं भन्ने हाम्रो परामर्श छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!