स्वास्थ्य

स्वाइन फ्लू (Swine Flu) र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्वाइन फ्लू सामान्य रूघा जस्तै हो । यसले फोक्सो, मस्तिष्क र आमासयमा प्रभाव पार्ने गर्दछ । लामो समयसम्म सुंगर, बुंगुरको सम्पर्कमा आउने व्यक्तिहरूमा अत्याधिक पाइएको छ । यो भाइरस ३ प्रकारको भाइरसद्वारा फैलिएको छ ।

लक्षण

ज्वरो आउने, रूघा लाग्ने, गला खराब हुने, शरीर दुख्ने, टाउको दुख्ने, खोकी लाग्ने, कमजोरी महसुस हुने गर्दछ ।

के गर्दा यो रोग सर्दछ

१. हात मिलाउदा

२. हाछिउ गर्दा एक अर्कामा रूघा जस्तै गरी सर्दछ ।

यो पनि पढ्नुहोस्  

प्राकृतिक उपचार र यसको महत्व

मोतियाविन्दु र यसको उपचार

खोकी (Cough) र यसको उपचार

मधुमेह (Blood Sugar) र यसको उपचार

हाइपोटेन्सन र यसको उपचार

ग्यास्टिकको कारण र घरेलु उपचार

उपचार

तुलसी ५ ग्राम, अदुवा, कालो मरीच, हलेदोको मिश्रण गरी चिया मिलाई पकाउने र दिनमा ३ पटक चिया जस्तै पिउने ।

संजीवनी बुटी, त्रिभुवन कीर्ति रस, गोदन्ती भष्म लगायत सवै एण्टी भाइरस औषधि मानिन्छ । आयुर्वेद डाक्टरको सल्लाहमा वा मात्रा हेरी तातो पानी महसंग दिनमा २ पटक खाने ।

पौष्टिक खाना खाने चामल भन्दा रोटी बढ़ी खाने चिसोबाट बच्ने । सामान्य औषधिले पनि यो रोग निको हुन सक्छ । ५ बर्ष भन्दा तलका र पाका उमेरकालाई बढी हुने हुनाले केयर गरी बचाउने । संकालागेमा स्वास्थ्य संस्थामा जाने ।

Like & Follow us on Facebook

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!