स्वास्थ्य

इन्ट्रासेरिब्रल हेमोेरेज र यो हुने कारणहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

इन्ट्रासेरिब्रल हेमोेरेज र यो हुने कारणहरु  ! यो रोग प्राय हाई ब्लड प्रेशरको कारणले मस्तिष्कको रक्तनली धमनी आकस्मिक रूमा फुट्नेलाई इन्ट्रासेरिब्रल हेमोेरेज भन्दछन् । यस प्रकारको रोग ४० बर्ष नाघेको पुरूषहरूमा बढी हुने गरेको पाइन्छ । यो रोग शुरु हुनुअघि टाउको दुख्ने स्वरमा फरक जस्ता लक्षण देखिन थाल्दछ ।

रक्तस्राव भएपछि मानिस बेहोस हुने (Dup Coma) को अवस्थामा पुग्न सक्छ । कुनै विरामीको आँखा रातो हुने, रोगी पुर्ण रूपमा बेहोस हुनाले ‘चैन स्टोक्स रेस्पिरेशन’ हुन थाल्दछ । मस्तिष्कको इन्टरनल कैपसूलमा रक्तस्राप हुनाले पक्षघात हुने गर्दछ ।

यस्तो हुनुको प्रमुख कारण

१. ब्लड प्रेशर ।

२. आघात (Trauma) ।

३. लहरे खोकी (Whooping Cough) ।

४. ब्लड डिस्क्रेसियस (Blood Dyscrasias) ।

५. एन्जयोमेटा ।

६. नियोप्लाज्ममा हुने रक्त स्राव ।

७. आर्टीरियल एवं वेनस इन्फ्लेमेशन ।

८. अन्य कारण ।

यस्तो समस्या देखिएमा समयमा हस्पिटल रिफरको व्यवस्था मिलाउन सके मानिसलाई बचाउन सकिनेछ । हाम्रो समाजमा यस्ता रोगको लक्षण देखिने वित्तकै झारफुक या सामान्य उपचारमा लाग्दा समयको अभावमा सहि उपचार नहुने सम्मभावना बढी हुने गर्दछ ।

यस्तो अवस्था नआओस् भन्नाका लागि के गर्ने ?

१. नियमित ब्लड प्रेशर चेकअप गर्ने बानी बसाल्ने ।

२. ब्लड प्रेशर भएका व्यक्तिले सके सम्म रक्सी सेवन नगर्ने ।

३. नुनको मात्रा कम गर्ने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढनुहोस्

सपनामा मरेका मानिसहरु आउने कारणहरु

चिसोमा सुन्तला खानैपर्ने कारणहरु

नमस्कार गर्नुको कारणहरु र महत्व

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!