खानपानहेल्थ टिप्स

कालो तिल र यसको प्रयोग

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

मुटु, दिमाग र हड्डीलाई तिलको प्रयोगले ठिक गर्दछ । तिलमा रहेको म्याग्नेसियम तत्त्वले मधुमेह (डाइबेटिज) रोगीलाई पनि फाइदा हुन्छ । स्वास्थ्यका दृष्टिकोणले तिलको महत्व ठूलो देखिन्छ । तिललाई पुजामा बढी प्रयोग गरिन्छ । तिलको बारेमा धार्मिक महत्व ठूलो छ । तिलले पुजा गर्दा भगवान खुसी हुनाले गरेको काम सफल हुने भनेको छ ।

तिलको महत्व मानिसलाई थाहा नभएको कारण यसको प्रयोग कम भएको हो । तिल स्वास्थ्यको लागी निकै लाभदायक छ । यसले हाम्रो स्वास्थ्यमा विभिन्न खालका फाइदाहरु पुर्याउँछ जुन कुरा हामीलाई त्यति थाहा नहुन सक्छ ।

यो पनि पढ्नुहोस्  

धतुरो र यसको प्रयोग

मधुमेहको सफल उपचारमा बरको प्रयोग

नीम र यसको प्रयोग

चमत्कारयुक्त जडिबुटीहरु र यिनीहरुको प्रयोग

सर्पगन्धा र यसको प्रयोग

प्रयोग

१. तीलको सेवन गर्नाले अर्थराइटिस रोगबाट मुक्ति मिल्छ । तिल, मेथी, सुकेको अदुवा, बेसार सबैलाई पिसेर यसको धुलो दिनहु बिहान बेलुका खानाले फाइदा गर्दछ ।

२. थोरै कालो तील राम्रोसंग चपाएर खाने गर्नाले गिजा र दात बलियो हुन्छ साथै दातमा किरा लाग्ने सम्भावना निक्कै कम हुन्छ ।

३. चिया खादा चियामा अलिकति तिल र अदुवा हालेर चिया बनाई खाने गर्नाले खोकी छिटो निको हुन्छ ।

४. तिलको तेल वा भुटेको तिल पिसेर अण्डाको पहेलो भाग फाली सेतो भागसंग मुछी लगाउनाले फाइदा गर्छ ।

५. तिलको तेल खानामा प्रयोग गर्नाले मोटोपन भएको मान्छेको लागि फाइदाजनक हुन्छ । यसमा हुने तत्वले कोलेस्ट्रोल कम गराउछ ।

Like & Follow us on Facebook

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!