खानपानहेल्थ टिप्स

जामुन र यसको उपयोगिता

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

आजको लेखमा मैले जामुनको उपयोगिताबारे प्रकाश पार्ने जमर्को गर्दैछु । आज मानिसको व्यस्त जीवनशैली र अस्वस्थ्य खानपानका कारण मानिसमा विभिन्न खालका रोगहरु लाग्ने गरेका छन् । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग बढीरहेको छ । जसका कारण मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या दैनिक बढीरहेको छ ।

रोग लागेपछि विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । यस्ता औषधिहरू प्राय हाम्रो भान्सामा र केही जंगलमा पाइन्छ । सरकारले जनताको हितमा यस्ता जडिबुटी करेसा बारिमा र जंगलमा लगाउन सके हावालाई सुद्ध बनाउनुको साथै रोग निको गराउन सकिने देखिन्छ ।

१. जामुनको रुखको बोक्रालाई केही घण्टा पानीमा भिजएर राख्ने र त्यसको सरमा मह मिसाएर विहान बेलुका पिएको खण्डमा पायल्स रोग समेत निको हुन्छ ।

२. मधुमेह भएका मानिसले जामुनलाई औषधीको रुपमा प्रयोग गर्दा फाइदा हुन्छ । यसलाई आफ्नो खानमा नियमित रुपमा खादा निकै फाइदा हुन्छ ।
जामुनको फलमा पाइने केही रसायले रगतमा सुगर लेवलको नियन्त्रण गर्न धेरै काम गर्छ । मौसमी फल भएको कारण यो सधै पाउन सकिँदैन । तर यसोका वियाको प्रयोग तपाईले सधै गर्न सक्नु हुनेछ । जसको प्रयोगले तपाईको मधुमेह पूर्ण रुपमा नियन्त्रणमा आउन सक्ने छ । आयुर्वेदमा जामुनको वियालाई कयौं औषधीको रुपमा प्रयोग गर्रिको पाइन्छ । जसमध्ये एक मधुमेहको उपचार पनि हो । जामुनुको बोक्रा लगायत हटाएपछि बचेको हिस्सालाई सुकाएर यसको पाउडर बनाउनुस् । यस पाउडरलाई विहान बेलुका पानीको साथ खादा सुगर लेवल नियन्त्रणमा आउँछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

मधुमेह (Diabetes) र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!