स्वास्थ्य

हाइड्रोसीलको बारेमा डा. बोहराको अनुसन्धान र अनुभव

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हाइड्रोसीलको बारेमा डा. बोहराको अनुसन्धान र अनुभव । नेपाली भू-भागमा यस्ता अनेकौं जडिबुटी छन् जुन हामीले प्रयोग गरेर लाभ उठाउन सकिरहेका छैनौं । मेरो भन्नुको अर्थ केहो भने कुनैपनि बस्तुलाई हामीले जबसम्म प्रयोग गर्दैनौ भने वास्तविक कुरा पत्ता लागाउन गाह्रो हुन सक्छ ।

मैले करीव १५०० जति स-साना बच्चाको हाइड्रोसिल केवल बुटीको साहेताले निको बनाउन सफल भएको छु । यो मेरो मात्र अनुभव होइन मेरो बुबाले पनि यस्ता थुप्रै रोग निको बनाउनु भएको थियो । बुबाको सेखपछि केहि व्यक्तिहरूले मलाई आग्रह गरेतापनि मैले प्रयोग गरेको थिएन मलाई विश्वास थिएन ।

एकपटक गाउकै एउटा बच्चाको उपचार गर्नुपर्ने भयो पहिलो पटक उपचार गराउदा मैले के सन्चो होला जस्तो लागेको थियो तर आश्चर्य त्यतिबेला भए जब त्यो बच्चाको हाइड्रोसील निको भएको मैले देखे । आज मैले हरेक शनिबार हाइड्रोसीलको उपचार नि:शुल्क गरेको छु ।

हामीले केवल साना-साना बच्चाहरूको मात्र जडिबुटी उपचार गर्दै आएका छौं । ठुल-ठुला विरामीको भने हामीले यो रोगको उपचार गरेका छैनौ । ठूलो मानिसको हकमा रोग लागि सकेपछि लुकाउनु हुन्न । लुकाए आफैंलाई गाह्रो पर्छ भन्ने थाहा पाएपनि हाइड्रोसिल भएका बिरामी लुकेर बस्ने गरेको पाइन्छ ।

Like & Follow us on Facebook

हाइड्रोसिललाई फाइलेरिया अर्थात् हात्तीपाइले रोगमा गनिन्छ । यस्ता खालका रोगमा पनि अब हामीले जडिबुटीबाट उपचार गर्ने विचार गरेका छौं । यसरी गरेको उपचारले निको बनाउन सके विरामीलाई ठूलो राहत हुने देखिन्छ । यसले धेरैको उद्धार हुने निश्चित छ । रोग लुकाउने होइन भन्ने भावना सबैमा जाग्न आवश्यक छ ।

हात्तीपाइले रोगको संक्रमण भएका बिरामीमध्ये अधिकांश हाइड्रोसिल भएको हुनसक्ने केहिको मत छ । यसमा हाइड्रोसिल भएकाहरू डाक्टर कहाँ उपचारका लागि नआउनु पनि एउटा समस्या हो । सरकारले यस्ता रोगको उपचार नि:शुल्क गर्न सक्छ । यस्तो लक्षण देखिनासाथ डाक्टरको परामर्शमा उपचार गराउन सके यो ठूलो समस्या होइन बरू नदेखाई बसेमा समस्या देखिन सक्छ ।

यो पनि पढ्नुहोस्

मोटोपना कम गराउने उपायहरु

कलेजोमा बोसो बढ्नु र यसका लक्षणहरु

घरेलु औषधिबाट कलेजोको रोगको उपचार

ग्याष्ट्रिकको कारण, लक्षण र उपचार

सास गनाउने समस्या र यसको उपचार

मोतियाविन्दु र यसको उपचार

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!