यौन जिज्ञासा

महिला र यौन स्वास्थ्य

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यौन र स्वास्थ्यबारे जानकारी हुन अति आवश्यक छ । हाम्रो समाजमा यस्ता विषयमा त्यति चासो दिएको पाइदैन । यसको विकाससंगै यौनप्रतिको उत्सुकता बढेर जान थाल्दछ । महिलामा १२-१३ वर्ष र पुरुषमा १४-१५ वर्षदेखि यौन अंगको विकास सुरु भएको पाइन्छ । तर यौनका विषयमा जानकारी र डाक्टरको परामर्श हुनु अति नै आवश्यक छ । यौन एक मनोवैज्ञानिक विषय हो । हामीले हाम्रो सोचलाई परिवर्तन गरी यौन इच्छा बढाउन वा घटाउन सकिन्छ ।

यौन अत्यन्त गोप्य राख्दा अनेकौं मनोवैज्ञानिक समस्या आउन सक्छ । यसर्थ आवस्यक ठाँउमा कुरा मिल्नेहरुसंग यस विषयमा कुराकानी गर्नु राम्रो मानिन्छ । कुरा शेयर नगर्ने खालका बानी-व्यवहार पुरुष र महिला दुवैमा पाइन्छ । केही पुरुषहरु आफ्ना साथीहरुसंग यौनका विषयमा खुलेर कुरा गर्न सक्छन् भने महिलाहरुमा यो अनुपात एकदमै कम हुन्छ । कति नेपाली महिलाहरुलाई त यौन अंग र यसका कामबारे धेरै जानकारी पनि नहुन सक्छ । यौन सुख प्राप्त हुन दुबैको उत्तिकै लगाव र इच्छाशक्ति हुनु आवश्यक छ ।

सामान्यतया मन आनन्द हुदाँ मानिसमा यौन चाहना बढ्ने र मनमा तनाव हुँदा यौन चाहना घट्ने हुनु स्वभाविक नै हो । यसर्थ यौनबारे सम्झना गरिरहँदा अर्थात यौनका परिकल्पनाहरुमा मनको तनाव घट्छ । महिलामा यौन चाहना महिनावारीको चक्र अनुसार परिवर्तन भइरहन्छ तर पुरुषमा त्यस्तो हुँदैन । जतिबेला पनि चाहना बढ्ने वा घट्ने हुन सक्छ । त्यसैले पुरुषहरु हरेक पल कामुक भईरहन्छन् पनि भनिन्छ ।

महिलाहरुका लागि सेक्स गर्नुका निकै फाइदाहरु छन् । के तपाईंलाई थाहा छ, सेक्स गर्नाले महिलाको तौल घट्छ, छाला चम्किलो हुन्छ र मुटुको रोगहरु पनि लाग्दैन । महिलाहरुका लागि सेक्स किन आवश्यक छ । आजको यो अंकमा महिलाहरूलाई सेक्सबाट कति फाइदा रहेछ भन्ने बारे प्रकाश पारेका छौं ।

सेक्सबाट महिलालाई हुने फाइदाहरु

१. नियमित सेक्सले तपाईंको फिटनेस र स्वास्थलाई राम्रो बनाउने गर्दछ । यसले रोगी व्यक्तिहरुलाई रोगसँग लड्न मद्दत गर्दछ र मानसिक रुपमा पनि स्वस्थ बनाउने गर्दछ ।

२. नियमित सेक्स गर्नाले तापईंको क्यालोरी नष्ट हुने गर्दछ र यसबाट तपाईंको तौल घट्ने गर्दछ । सेक्स एउटा मुटुको व्यायाम पनि हो जसबाट प्रतिघण्टा १७० क्यालोरी घट्ने गर्दछ ।

Like & Follow us on Facebook

३. तनावले धेरैजसो महिलालाई आफ्नो शिकार बनाएको हुन्छ । तनावबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सेक्स नै हो । सेक्सको दौरान तपाईंलाई तनाव र डिप्रेसनबाट बचाउँछ किनभने सेक्स गर्दा अक्सिटसिनबाट मुक्ति दिने गर्दछ जुन तनावको लागि जिम्मेवार हुने गर्दछ ।

४. सेक्सले निन्द्रालाई बढाउँछ र अक्सिटोसिनलाई हटाउन मद्दत गर्दछ, जसले निन्द्रा आउन मद्दत गर्छ । यहि कारणले गर्दा पुरुषहरुलाई सेक्स लगत्तै निन्द्रा लाग्ने गर्दछ ।

५. यदि तपाईंलाई कुनै साइड इफेक्ट बिना रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नु छ भने सेक्स गर्नुहोस् । सेक्स गर्ने क्रममा शरिरमा डीएचइए नामक हर्मोन उत्पादन हुने भएका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ ।

यो पनि पढ्नुहोस्

महिला र सेक्स कमजोरी

सेक्स सन्तुष्ति नहुनुका कारणहरु

यौन जीवन रोमाञ्चक बनाउने ७ टिप्सहरु

यौवनशक्ति कमजोर हुनुको कारण यस्तो छ

महिलाको चरमसुखका विषयमा पत्ता लागेका ६ वटा रोचक तथ्यहरु

सेक्समा चरम आनन्द प्राप्त गर्ने तरिकाहरु

यौन आनन्द प्राप्त गर्ने पाँच चरणहरु

सेक्समा चरम आनन्द प्राप्त गर्ने चरणहरु

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!