हेल्थ टिप्स

के तपाई धेरै दुब्लो हुनुहुन्छ, यस्ता छन् तौल बढाउने उपायहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मोटोपन रोगको घर भन्ने उखान त सुन्नु भएकै होला यदि नसुनेको भए मोटो भन्दा पातलो स्वास्थ्यको दृष्टिकोणले धेरै राम्रो मानिएको छ । विगत लामो अनुसन्धानमा यो सावित गरि सकेको छ । तर दुब्लोपना पनि एउटा समस्या हो । कतिपयलाई तौल बढाउनुपर्ने वाध्यता पनि हुन्छ । भनिन्छ, तौल घटाउन जति गाह्रो छ, उत्ति नै सजिलो त, तौल बढाउन ।

म कहाँ एकजना शिक्षक धेरै पातलो भएका कारण विद्यार्थीले विश्वास गरेनन् मोटाउनुपर्यो भनेर मलाई भन्नु भएको थियो त्यो फर्मुला आज मैले यहाँ दिन गई रहेको छु पढेर फाइदा उठाउनु होला । हाम्रो उचाई अनुसार तौलको सन्तुलन मिल्नुपर्छ । जस्तो कि पाँच फिट पाँच इन्च अग्ला व्यक्तिको तौल ६० केजीसम्म सहि मानिन्छ । त्यो भन्दा अधिक कम वा धेरै तौल हुनु स्वभाविक होइन । अस्वभाविक तौल रोगको घर हो ।

तौल किन बढाउने त ?

स्वस्थ्य शरीरको मापदण्ड पुरा गर्न । त्यस बाहेक सुहाउँदिलो ज्यान देखाउन । उचाई अनुरुप मोटाइ भएन भने ज्यान खिरिलो देख्छ । लुगा लगाउँदा पनि ह्याङगरमा टाँगिएको जस्तो देखिन्छ । त्यसैले खिरिलो ज्यान भएकाहरु स्वभाविक रुपमा मोटाउन चाहन्छन् । तर, कसरी ?

Like & Follow us on Facebook

कसरी बढाउने तौल ?

शरीरको तौल बढाउनका लागि खानपानमा सन्तुलन मिलाउनुपर्छ ।

१. Ashwagandha पाउडर यो आयुर्वेदिक कम्पनीले निर्माण गरेको छ । यो औषधि एक चमच दिनमा २ पटक दुधसंग खानु मोटाउन थाल्नु हुनेछ ।

२. कुखुराको होस् या खसीको मासु ल्याउनु होस् थोरै घीउ राखेर नुन मर-मसला केहि नराखी पकाउनु होस् रातो भएपछि निकाल्नुहोस् र थोरै नुन राखेर दैनिक एक पाउ यसरी बनाएको मासु खानुस क्रमश: मोटाउन थाल्नु हुनेछ ।

३. केरा र दुध पनि तौल बढाउन उपयोगी हुन्छ । केरामा यस्तो पोषकतत्व हुन्छ, जसले पातलो शरीर मोटाउने क्षमता राख्छ । साथै केरा स्वास्थ्यका लागि लाभदायक पनि छ । बिहान नास्तामा २ कोसा केरासंग एक गिलास दूध नियमित केहि महिना सेवन गर्नुस् मोटाउन थाल्नु हुनेछ ।

४. नियमित रुपमा दुध र महको मिश्रण बनाएर पिउनुपर्छ, तौल बढ्छ । दूध पकाएर सेलाएको दूधमा मह राखेर खाने गर्नुस यसले पनि मोटाउन थाल्नु हुनेछ ।

५. दैनिक बिहान र बेलुकी खाना खाइसकेपछि ३० मिनेटका लागि विश्राम गरौ । यसले पनि शरीरको तौल बढ्छ ।

६. दैनिक दुईवटा स्याउ सेवन गर्नुपर्छ । यसले भोक जगाउन मद्दत गर्छ । भोग जागेपछि हामी खाना खान्छौ, जसले तौल बढाउँछ । प्राकृतिक खानामा बढी जोड दिनुहोस् यस्ले स्वाास्थ्यलाई समेत राम्रो फाइदा गर्दछ ।

यो पनि पढ्नुहोस्

मोटोपना कम गराउने उपायहरु

मोटोपना बढ्नुको कारण

मोटोपन घटाउने घरेलु उपाय

बेलुकीको खाना चाडै खाँदा हुने फाइदाहरु

राती सुत्नुभन्दा अघि गरेका यी गल्तीले बढ्नेछ तौल

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!