अन्तराष्ट्रिय व्यक्तित्व

अल्वर्ट आइन्स्टाइनको जीवनीको विश्लेषणात्मक अध्ययन

Gopal Bhandari
गोपाल भण्डारी

पृष्ठभूमि:

दृढ संकल्प, अदम्य साहस, कठोर मिहेनत तथा निरन्तर अभ्यासद्वारा विलक्षण प्रतिभका धनी व्यक्तित्वका रूपमा सुपरिचित हुनु भएका अल्वर्ट आइन्स्टाइन वीसौं शताब्दीका शिखर पुरुष हुन् । संसारमा केही यस्ता व्यक्ति जन्मन्छन्, जसको असाधारण प्रतिभा र योगदानले विश्व र मानव समाजमा अमिट छाप छाडेको हुन्छ । उनले विश्वलाई मानव दृष्टिकोणमा जुन प्रकारको परिवर्तन ल्याए, त्यस्तो अरू कुनै पनि वैज्ञानिकहरूले आजसमम् ल्याएका छैनन् । उनले विज्ञानको क्षेत्रमा मात्र नभई विश्वको राजनीति, धर्म, कला र संस्कृतिका क्षेत्रमा समेत ठूलो परिवर्तन ल्याए । उनी एक महान् भौतिकशास्त्री मात्र नभई एक ठूला चित्नक, आदर्शवादी, दार्शनिक, परोपकारी अन्तराष्ट्रिय सद्भावनाका पक्षपाती राजनेता पनि थिए । जुन कुराहरूको मूल्याड्ढन गर्दै प्रसिद्ध अमेरिकी साप्ताहिक पत्रिाका “टाइम” ले आइन्स्टाइनलाई २० औं शताब्दीका “शताब्दी पुरुष छानेको थियो । उनका सापेक्षतावाद सिद्धान्त प्रतिपादन हुँदा त्यसलाई बुझ्ने मानिस विश्वभरी एक दजर्न मात्र थिए । भनिन्छ । उनलाई अहिलेसम्मको इतिहासको सबैभन्दा ठूलो मानव मस्तिष्क भएको मानिसको रूपमा चिनिन्छ ।

जन्म र पारिवारिक पृष्ठभूमिः

अल्वर्ट आइन्स्टाइनको जन्म मार्च १४, १८७९ मा जर्मनीमा भएको थियो । उनका पिता हरमन र आमा पाउलिने कोच आइन्स्टाइन दुवजै यहुदी थिए । सन् १८८० मा व्यवसायको सिलिसिलामा उनी सानै देखि संगीतमा औधी रूचि राख्थे । उनले ६ वर्षको उमेरमा आÇनी आमबाट भ्वायलिन बजाउन सिक्ेका थिर्ए । उनकी आमा पाउलिन आइन्स्टाइन संगीतकी एक त्राता आइन्स्टाइनको परिवार अल्मबाट म्यूखिन बसया स¥यो । उनका बुबा हरमन र काका ज्याक जेकन आइन्स्टाइन दाजुभाई मिलेर म्यूनिखमा विद्युतयन्त्रको बिक्री वितरणको व्यवसया खोलेका थिए । मूनिखमा नै आन्स्टाइनको बालककाल शुरू भयो । तेह्र वर्षको उमेरसम्म उनले सधै घरमा भ्वायलिन सिक्ने र यहुदी धर्मसम्बन्धी प्रचवन सुन्ने गर्थे । आइन्स्टाइनलाई उनका बाु हरमन आइनस्टाइनले औधी माया गर्थ ।

शिक्षा, जागिर र प्राध्यापनः

आइन्स्टाइनलाई ६ वर्षको उमेरमा उनका बाबु आमाले म्यूनिखको एक प्राथमिक स्कूलमा भर्ना गरिदिए । क्याथोपिलक इलेमेन्टरी स्कूलका शिक्षकले कक्षामा उनलाई संकेत गर्दै भने “यो केटा एकदमै मूर्ख छ । साना साना कुरा सिक्न सकदैन । “वेवकुफ” कक्षामा मन्द बुद्धिका ठहराइएको भए तापनि परीक्षामा उनी तेजिला विद्यार्थीको रूपमा दिेखापरे । क्याथोलिक इलेमेनटरी स्कूलको अध्ययनपछि उनलाई सन् १८८९ मा लुईपोल्ड जिम्नाजियम नामक हाइस्कुलमा भर्ना गरियो । स्कूल पढ्दापढ्दै उनले १२ वर्षको उमेरमा गणितज्ञ यूटिलडको ज्यामितिको अध्यनय गरे । १५ वर्षको उमेरसम्म उनले स्कूलमा गणित र विज्ञानमा प्रथम र द्वितीय स्थान ओगट्न थाले । १६ वर्षको उमेरसम्म इन्ट्रिगल क्यालकलशको गणित पनि राम्ररी नै सिके ।

सन् १८९४ मा उनको परिवारमा विद्युतयन्त्रमा व्यवसया टाट पल्टियो । त्यसैले आन्स्टाइनको परिवारले म्इुखिन छोडी इटालीको मिलान शहरमा बसाइ सर्ने निर्णय गर्यो । सन् १८९५ मा स्वअध्यनय गरेर म्यूरिच (स्विटजरल्याण्ड) को संघीय प्रविधि संस्थान (Federal Institute of Technology) मा प्रवेश परीक्षामा असफल भएपछि आफ्नो भविष्यका योजनाबारे एउटा निबन्धमा त्यस समयमा उनले लेखका थिए “यदि मेरो भाग्य बलियो छ भने म स्वीस संघीय विद्यालयको परीक्षा पास गर्नेछ । त्यहाँ म चार वर्षसम्म गणित र भौतिकशास्त्र अध्यनय गर्नेछु । अन्ततः इन्जिनियरिड्डको मोह त्यागी आराएको स्कूलमा एक वर्ष पढेपछि स्वीस संघीय बहु प्राविधिक विद्यालयमा गणित र भौतिकशास्त्र पढ्न भर्ना भए । यदि उनी इन्जिनियरिड्ड प्रवेश परीक्षामा सफ भएमा भए विश्वले महान् वैज्ञानिक तथा भौतिकशास्त्री आइन्स्टाइन पाउने थिएनन् । सन् १९०० अगस्तमा स्नातकको परीक्षा पास गरे । सन् १९०१ मा उनले स्वीटजरल्याण्डको नागरिकता लिए । सन् १९०९ मा आफ्ना साथी मार्सेल ग्रोसमानका बुबाले उनलाई स्विटजरल्याण्डको एक शहर बर्नको एक पेटेन्ट अफिमास तृतीय श्रेणीको विशेषज्ञको पदमा जागीर दिलाई दिए । सन् १९०५ मा ज्यूरिच विश्वविद्यालयबाट पी. एच. डी उपाधि प्राप्त गरे । सन् १९०९ मा आइपुग्दा आइनस्टाइन विश्वमा एक ख्याति प्राप्त वैज्ञानिकका रूपमा स्थापित भइसकेका थिए ।

उनले विशेष सापेक्षतावादको सिद्धान्तको शोध पत्रलाई अन्नालेन डेट फिजिक (Annalen der Physik) नाम पत्रिकामा छपाए । सन् १९११ मा उनी ज्यूरिख छाडेर चेकोस्रूलोभाकियाको प्राग विश्वविद्यालयमा प्रोफेसर भई काम गर्न थाले । उनले १९२२ मा सन् १९२१ को नोवेल पुरस्कार प्राप्त गरे । सन् १९३२ मा जर्मनी छाडेर अमेरिका पुगेका आइन्स्टाइन त्यसपछि जर्मनी फर्केनन् । उनले अमेरिकाको न्यूजर्सी राज्यको प्रिन्सन विश्वविद्यालयमा प्राध्यापन जीवनको अन्तिम घडीसम्म नै गरे ।

विवाह र पारिवारिक जीवन :

ज्यूरिचमा पढ्दापढ्दै गर्दाकी एक सहपाठी मितेवा मोरेकसँग उनले सन् १९०४ मा विवाह गरे । सन् १९०४ मा पहिलो छोरा ड्रान्स अल्वर्ट र सन् १९१० मा दोस्रो छोरा एडुवार्ड जन्मे । वर्लिनमा धेरै समयसम्म बस्ने कुरामा आइन्स्टाइनको मत उनकी श्रीमती मिलेवाको मत मिल्न नसकेपछि दुई छोराहरू साथ लिइ आइन्स्टाइनलाई बर्लिनमै छाडेर ज्यूरिचतिर फर्किन् । पछि सन् १९१९ मा आइन्स्टाइन र मिलेवावीच सम्बन्ध विच्छेद भयो । त्यही वर्ष उनले आफ्नै आमाकी दिदीकी छोरी सल्सासँग दोश्रो विवाह गरे । प्रिन्सटनमा सन् १९३६ मा आइन्स्टाइनकी दोश्रो श्रीमति एल्साको मृत्यु भयो । त्यसले उनलाई धेरै नै दुखित पार्यो । यसबाट बुझिन्छ कि उनको पारिवारिक जीवन राम्रो भएन ।

विज्ञान जगतमा आइन्स्टाइनको योगदान :

वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले विज्ञानमा मात्र नभई समस्त चिन्तनको क्षेत्रमा प्रभाव पार्ने एक महान् युगान्तकारी र दुरगामी खालको क्रान्ति गर्नुभयो । उनले प्रतिपादन गरेका सिद्धान्तहरूलाई निम्न अनुसार वर्णन गर्न सकिन्छ ।

(क) आइन्स्टाइनको प्रकाश विद्युतीय असर (Einstein’s Photoelectric Effect)

उनले आफ्नो यस सिद्धानत्मा प्रकाशको विद्युतीय असरको बारेमा विस्तृत रूपमा व्याख्या गरेका छन् उसमा उनले पदार्थमा विद्युतीय धार (Electric Current) को उत्पादन कसरी हुन्छ भन्ने बारेमा वर्णन गरेका छन् । यसमा जन पोटासियम, टड्ढसटन जस्ता धातुमा प्रकाश ढाकिन्छ, तब ती धातुबाट इलेक्ट्रोन बाहिर निस्कन्छ । त्यस्ता इलेक्ट्रोनलाई फोटो इलेक्ट्रोन र तयो असरलाई फोटो विद्युतीय असर (Photoelectric Effect) भनिन्छ । यसै महान् कार्यको कदर स्वरूप उनलाई सन् १९२१ मा भौतिक शास्त्रतर्फको नोवेल पुरस्कार प्रदान गरियो । यसै नियमको प्रयोगबाट नै सोलार सेल (Solar Cell) को विकास भएको हो र सौर्य ऊर्जालाई आजको बैकल्पिक ऊर्जाको रूपमा लिन सकिएको हो ।

(ख) सापेक्षतावादको सिद्धान्तः (Theory of Relativity)

सापेक्षतावादको सिद्धान्त भनेको एक वस्तुको गतिले अर्को वस्तुको गतिमा देखा पर्ने असर हो । महान् वैज्ञानिक अल्वर्ट आइन्स्टतइनका सापेक्षतावादको सिद्धान्तकै एक मूलभूत महत्वपूर्ण र क्रान्तिकारी कुरा पनि समय सापेक्ष हुन्छ भन्ने विचार हो । जसमा सबैको लागि एटर्उै अथवा निरपेष भई यो पनि सापेक्ष कुार हो । यस अघिसम्म संसारले अर्का महान् वैज्ञानिक न्यूटनको समय निरपेक्ष हुन्छ अर्थात समय दाँजोमा आउने चीज नभई सबैको लागि उही र उहाँ हुने कुरो हो भन्ने विचार नै मान्दै आएको थियो । आइन्स्टाइनको सापेक्षतावादको सिद्धानतले विश्व ब्रम्हाण्डमा कुनै पनि चीज निरपेष छैन भन्ने कुराको पृष्टि गर्छ । त्यसले लम्बाइ, शकित्, स्थान वा अन्तरिक्ष समय र गति सबै कुराहरू सापेक्ष हुन् भन्ने पुष्टि गर्छ । सापेक्षतावादका सिद्धान्तले हाम्रो सम्बन्धमा रहेका वसतुहरूको स्वभावको यथार्थ वर्णन हाम्रो ज्ञानको सीमाको सापेक्षतामा मात्र सम्भव हुन्छ भन्ने कुरा बुझाउँछ ।

(ग) कणहरूको ब्राउनियमन गति (Brownian Motion of Particles)

यस सिद्धान्त अनुसार परमाणु (Atom) र अपपारमाणिक कणहरू (Sub-atomic Particles) जहिले पनि जथाभावी वा दिशाविहीन (Random) तर नागवेली वा बक्र गति (Zig-gaz Motion) मा घुमिरहेका हुन्छन् । यसरी घुम्दा एक वस्तुको अर्को वसतुसँग स्थिति स्थापक ढक्का (Elastic Collision) हुन्छ भन्ने हो ।

(घ) एकिकृत भौतिक सिद्धान्त (Unified Field Theory)

सन् १९२० को अन्त्यतिर विद्युत–चुम्बकीय (Electromagnetism) र गुरुत्वाकर्षण (Gravitation) को प्रकृतिको संयोजन गरी (Unified Field Theory नामक उत्कृष्ट सिद्धान्तको परिकल्पना गरेका थिए । यो सिद्धान्त उनले ब्रम्हाण्ड परिचालन सम्बन्धी नियमहरूलाई उद्धृत गर्ने उद्देश्यले प्रतिपादन गरेका हुन् । जसमा गुरुत्वाकर्षण र विद्युतीय चुम्कतत्व तथ्यको संयोजन गरिएको छ । उनको यो सिद्धान्त भौतिक विज्ञानको क्षेत्रमा अत्यन्तै चूनौतीपूर्ण र गहन ठानिन्छ । आज विश्वका थुपै वैज्ञानिकहरु आइन्स्टाइनको यो सपनालाई पूरा गर्न लागि परेका छन् ।

आइन्स्टाइनका अनौठा तथ्यहरू

समाजमा मानिसको स्थान उसको कर्मले निर्धारण गर्दछ, मानिस वहिष्कृत अथवा प्रतिष्ठित आफ्नो कर्मद्वारा हुन्छ । कुकर्म गर्न सजिलो छ । सुकर्म गर्न गार्हो तर सुकमले ठूला पुरस्कारहरू प्रदान गर्दछ । ब्रम्हाण्डका एउटा सानो कुनाको एउटा सानो उपग्रहको जीवनको छोटो घटना मानव जीवन हो । सबै मावनको जीवन इतिहासको एउटा पुस्तक हो । जीवनमा उचार चढाव आउनु मानवीय जीवनको यथार्थ हो । परिस्थितिले बाध्यता सिर्जना गर्दछ । समयको गतिसँगै मानव जीवनलाई चलाउनुपर्छ । उनको जीवनमा घटेका अनौठा तथ्य घटनाहरूलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।

१. आइन्स्टाइन जन्मदा एकदमै मोटो शरीर र ठूलो टाउको भएका थिए, तर जन्मेको केही हप्तापछि उनको छाएको सामान्य आकारमा आएको थियो ।

२. उनले तीन वर्षको उमेरसमम पनि बोल्न जानेका थिएनन् । उनको बोली नफुट्नाले कहीं मन्दबुद्धिको पो हुने हुन कि भनेर उनका आमाबाबुहरू चिन्तित थिए ।

३. उनी कमपासबाट प्रभावित थिए । एकदिन व्यवासयको सिलसिलामा शहर घुमेर घर फकैंदा आइन्स्टनाइनका पिताले बजारवाट एउटा दिशासूचक यन्त्र कम्पास विरामी छोराका लागि किनेर ल्याइदिए । उनी त्यो अचम्मको वस्तु देखेर ज्यादै खुशी भएका थिए ।

४. आइन्स्टाइन विश्वविन्द्यालयको प्रवेश परीक्षामा असफल भएका थिए । सत्र वर्षको उमेरमा आइन्स्टाइनले स्विटरल्यान्डको संघीय प्रविधि संस्थानको प्रवेश परीक्षा दिए तर असफल भए । उनले गणित तथा भौतिकशास्त्रको परक्षिामा पास गरे तापनि इतिहास, भाषा विज्ञान,
भूगोलमा असफल भएका थिए ।

५. आइन्स्टनाइनको अनैतिक सम्बन्धबाट जन्मिएको बच्चा थियो । उनले मिलेवा मेरिकसाग विवाह गर्नु एक वर्ष अघि सन् १९०२ मा भएको थियो । उनलाई आइन्स्टाइनले कहिले देखेनन् । उनको शरीरको छालामा रातो डावर आउने एक प्रकारको सङ्क्रामक ज्वरोले मृत्यु भएको
थियो ।

६. आइन्स्टाइनले उनको पहिलो श्रीमतीसँग छुट्टिएर बसे पनि एउटा अनौठो कवुलियतनामा गरेका थिए । जन अनुसार उनको श्रीमतीले गर्नुपर्ने कामहरू

(१) उनका लुगा र लुगा धुने मेशिन राम्रोसँग मिलाएर राख्नुपर्ने ।
(२) उनको कोठामा दैनिक नियमित रूपमा तीन पटक खाना ल्याउनुपर्ने
(३) उनको सुत्ने र पढ्ने कोठा सफा राख्नुपर्ने ।

उनले यी आदिजस्ता अवस्थाहरू स्वीकार गरेकी थिइन् ।

आइन्स्टाइनको विचार स्वभाव र चरित्र

मनुष्यको स्वभाव अनुसारको विचार हुन्छ उनको विचार, स्व्भाव र चरित्रलाई निम्न् अनुसार प्रस्तुत गर्न सकिन्छ ।

१. आइन्स्टाइन दार्शनिक एवम समाजवादी विचारका मानववादी

पत्रिका “मन्थली रिभ्यू” प्रथम अड्ढमा उनले “Why Socialism?” (समाजवाद नै किन ?) विषयमा एउटा लेख लेखे । यसमा उनले अर्थशास्त्र र समाजवाद” विषयमा प्रष्ट पारेका छन् । उनी पूँजीवादमा विरोधी थिए । विश्वको वर्तमान संकट नै समाधान पूँजीवाद नभई समाजवाद हो भनी उनले व्याख्या गरेका छन् ।

२. मानवतावादी आइन्स्टाइन र धर्मप्रति उनको धारणा

एक पटक उनलाई साँगुरो गल्लीबाट जानको लागि मानिसले तान्ने रिक्सामा बस्न अनुरोध गर्दा अस्वीकार गरी भनेका थिएः– मानवलाई पशु झैंव्यवहार गरी त्यसमाथि सवार भएर जान मेरो नैतिकताले कदापी स्वीकार्दैन भन्दै ईश्वरप्रति उनको धारणा थियोः ईश्वर दयालु हुन सकछन् तर दुष्ट हुँदैनन् ।

३. प्रजातन्त्रप्रेमी आइन्स्टाइन

उनका शान्ति प्रजातनत्र र समानताप्रतिको प्रतिबद्धता यस्तो थियो: कुनैपनि वस्तु र स्थानका बारेमा छनौट रहेसमम म त्यो देशमा मात्र बस्ने थिए जहाँ कानूनी छनौट स्वयम कारवाही हुनु अगावै आम वा गरिरहने जनस्वतनत्रता । सहिष्णुता र समानता कायम रहोस् । प्रजातन्त्रमा अधिकार र वर्तमानका बारेमा उनको धारणा थियोः सत्यको खोजी गर्ने अधिकार एक कर्तव्य पनि हो । तर सत्य सहित भईसकेपछि त्यसको कुनै पनि अंशलाई कसैले पनि दबाउनु हुँदैन ।

४. विज्ञान र विज्ञानसम्बन्धी उनको धारणा

उनले विज्ञानलाई जहिले पनि व्यवहारमा र सामाजिक जनजीवनमा उतार्नुपर्दछ भन्ने ठान्दथे । विज्ञान समाजभनाद टाढा हुनुहुादैन, बरू समाजमा एककार गर्नुपर्दछ भनी भन्दथे । सापेक्षतावादमा सिद्धानतलाई सरल भाषामा भनदथेः जब एक जना केटो सुन्दरी केटसिाग् गफगाफमा भुल्दछ, उसलाई एक घण्टा भनाद बढी समय लाग्दछ । सापेक्षतावादमा सिद्धान्त भनेको नै यही हो । शिक्षाको बारेमा उनको धारणा थियोः शिक्षाको साँचो उद्देश्य भनेको मानिसको मस्तिष्कलाई सोच्ने बनाउन तालिम प्रदान गर्नु हो । तसर्थ शिक्षा अमूल्य छ ।”

५. शान्तिवादी आइन्स्टाइन

नाजीवादी जर्मनहरूलाई हटाउन र विश्वबाट नाजीवादी, फाँसीवादी र चिन्तनलाई परास्त “भ्यानहाटन प्रोजेक्ट” मार्फत् आणविक हातहतियारले अमेरिकालाई सम्पन्न पार्न उनी लागे । जर्मनहरूले अमेरिकन भन्दा अगावै आणविक वमाको निर्माण गर्नेछन् किनकी आणविक भौतिकशास्त्रको क्षेत्रमा जर्मनहरू दोश्रो विश्वयुद्ध भन्दा अगाडि निकै नै अगाडि थिए । दोश्रो विश्व युद्धमा अमेरिकाले जापानमा हिरोसिमा र नागासाकीमा अणुवम प्रहार गरू लाखौं जापानी जनताको नरसंहार गरेपछि अमेरिकी खुला आलोचक बने । विश्व शान्तिको पक्षमा जनमत निर्माण गर्न “शान्ति मजबूत” भई विभिन्न देशको भ्रमण गर्दै शान्तिको पक्षमा वकालत गर्न लागे ।

६. माखाको दर्शनशास्त्रको प्रभावमा वैज्ञानिक जीवन

आइन्स्टाइनले आफ्नो वैज्ञानिक जीव्न सम्पूर्ण रूपमा दार्शनिक विचारहरुको प्रभावमा शुरूवात गर्नु भएको थियो । न्यूटनका सिद्धान्तहरूमाथि भौतिकशास्त्री तथ्य दार्शनिक माखद्वारा गरिएको आलोचनाबाट उहाँ अति नै प्रभावित हुनुभएको थियो । आइन्स्टाइनदेखि म्याक्स प्लांक जस्ता महान् वैज्ञानिकहरूमाथि माखको दर्शनको प्रभाव निकै महत्वपूर्ण देखिन्छ ।

७. आइन्स्टाइन : समाजवादी तर सोभियत समाजवादमा आलोचनात्मक समर्थक

आइन्स्टाइनले समाजवादमा पक्षपाती र माक्र्सवादका समर्थक थिए भने सोभियत संघ लगायत समाजवादी अवस्थाका सञ्चालकहरूको स्वस्थ आलोचनामा थिए । उनले सन् १९१७ को समयमा भएको अक्टोवर समाजवादी क्रान्तिको समर्थन गरेका थिए भने आशा अनुसार सोभियत समाजवादले काम गर्न नसकेकोमा आलोचक । उनको विचारमा समाजवादको समाजमुखी व्यक्तिगत स्वतन्त्रतामा र अधिकार कर्तव्यबोध सहितको जनताको जनतन्त्र हुनुपर्दछ । सन् १९५० मा सोभियत नेता जोसेफ स्टालिनद्वारा उनलाई सोभियत संघमा बस्न आमन्त्रित गर्दा उनले अस्विकार गरेका थिए ।

८.  फासीवाद, जातिवाद र साम्राज्यवाद विरोधी आइन्स्टाइन

आइन्स्टाइन फासीवादमा कट्ट। विरोधी हुनुहुनथ्यो । फासीवादमा भुक्तभोगी आइन्स्टाइनले हिटलरको नाजीवादी जर्मनी, मुसालिनीको फासीवादी इटाली र सैन्यवादी जापनको पराजय तथा ल्याम, समानता र स्वतन्त्रताको विजयको लागि दोश्रो विश्वयुद्धमा संलग्न शरणार्थीहरूलाई सहभोज अभियान नै थाले । आइन्स्टाइन उग्र जातिवाद विरोधी थिए ।

९. शान्तिपूर्ण विश्व सरकारका पक्षमा आइन्स्टाइन

आइन्स्टाइन विश्व शान्तिका पक्षपाती थिए । उनी विज्ञानलाई मानवीय र सामािजक उत्तरदायित्व वहन गर्ने विषयमा केनिद्रत एवम् क्रियाशील बनाउन चाहन्थे । विज्ञानलाई दर्शनसँग जोड्न रूचाउने आइन्स्टाइन “शान्तिपूर्ण विश्व सरकार स्थापनार्थ निरन्तर तल्लीन थिए ।

९. त्यागी आइन्स्टाइन

सन् १९५२ मा इजरायलमा प्रथम राष्ट्रपति चाहम वाइजम्यानको मृत्यृपछि प्रधानमन्त्री डेभिड वेन गुडियनले आइन्स्टाइनलाई इजरायलमा राष्ट्रपति बनिदिन अनुरोध सहित राखिएको प्रस्तावलाई उनले अस्वीकार गरेका थिए ।

१०. सरल स्वभावका धनी

आइन्स्टाइन अत्यन्तै सरल स्वभावका थिए । कहिले डामरमा पुरानो टाइ हजार बनाएर बाँध्दथे । केश जिङरिङ पारेर हिंड्दे । एकपटक वेल्जियमकी महारानीले उनलाई औपचारिक भ्रमणमा निम्तोमा उनी पैदल हिंडेर दरबाट अघि आइरहेको देखेर उनले प्रश्न सोधिन ? डा. साहेव, किन मैले तपाईमा स्वागर्थ पठाएको कार छोडी लुसुलुस हिंडेर आउनुभएको ? “प्रत्युत्तरमा मुसुक्क मुस्कुराउँदै उनले भने “महारानी महोदय पैदल हिडुनुको मजा, आÇनै ठाउँमा छ ।

११. जनतामा सच्चा मित्र आइन्स्टाइन

संसारमा विभनिन् ठाउँबा आएका कैयौं मानिसहरू उनलाई भेट्न आउँथे । उनी भ्याएसम्म सबैसँग कुरा गर्दथे । उनी राजनीतकि वहस गर्न खुवै रूचाउँथे । उनी भन्थे “मेरो जीवन समीकरण र राजनीतबिीच विभाजित छ । यसंै प्रसंगमा एक पटक उनले भनेका थिएः राजनीति कर्ताहरूको लागि मात्र हो तर समीकरण अनन्तकालसम्म माथि छ ।

कृति र पुरस्कार

कृतिः आइन्स्टाइनको प्रकाशित गरको निम्न अनुसार छनः

१. सापेक्षतावादको विशेष सिद्धानत (१९०५)
२. सापेक्षतावाद (१९२०)
३. भौतिकशास्त्रको विकास (१९३८)
४. यहुदीवाद (१९३०)
५. युद्ध किन (१९३३)
६. मेरो दर्शन (१९३९)
७. मेरो पछिल्ला वर्षहरू

र सैद्धान्तिक भौतिकशास्त्रमा पाँच सय भन्दा बढी शोध पत्रहरू प्रकाशित छन ।

यसका अलवा उनले विज्ञान चिकित्साशास्त्र र दर्शनशास्त्रमा मानार्थ विद्यावारिधी यूरो पर अमेरिकाका दजृनौ विश्वविद्यालयबाट पास । उनलाई विश्वभरि नै जस्तो प्रमुख वैज्ञानिक संस्थाहरूले मानार्थ सदस्यता प्रदान गरे । उनले रायल सोसाइटीको कोप्ले पदक (१९१५) । प्रान्कलिन पदक (१९३५) लगायत पचास पदक पाए ।

सन्दर्भ सामग्रीहरु :

  1. Albert Einstein: Ideas and Opinions
  2. Christopher Caudwell:The Crisis of Physics.
  3. Monthly Review, May, 1998 (May, 1000
  4. Einstein: The Life and Tiems by Ronabd, ed. Clark.Avon Books, New York, 1072.
  5. Out of My Later Years, New York: Philosophical Library, 1050.
  6. Einstain on Peace, Edited by Otto Nathan and Heinz Norden, New York: Simon 2 Schuster, 1960.</p>
  7. Science & Future, Monthly Magazine

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!