स्वास्थ्य

हर्निया र यसको उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

शरिरको कोही अंग जब आफ्नो ‘कन्टेनिङ क्यापासिटी’ अर्थात् आफ्नो खोल वा झिल्लीबाट बाहिर निस्कन्छ भने त्यसलाई हर्निया भनिन्छ । यसमा बिरामीलाई अत्यधिक पीडा, हिँड्डुलमा समस्या र बान्ता हुने लगायतका सम्भावना हुन्छन् । यो साधारणतया शरिरको कुनै पनि भागको मासंपेशी कमजोरी लगातार पर्ने दबाबका कारण हुने गर्दछ । पेटको शल्यक्रिया पश्चात् हर्निया हुनु निकै साधारण हो ।
शरिरको कुन-कुन भागमा
हुन त हर्निया शरिरको कुनै पनि भागमा हुनसक्छ तर पनि केही भागका हर्निया कमन छन्ः
१. इन्गुइनल (Inguinal) हर्निया
पेटमुनीको भागमा हुन्छ । यो महिलाको तुलनामा पुरुषमा धेरै हुन्छ ।
२. अम्बिलिकल (Umbilical) हर्निया
यो पेटको हर्निया हो जसमा बिरामीको आन्द्राको कुनै भाग आफ्नो झिल्लीबाट बाहिर निस्कन्छ । यो निकै कमन छ विशेषगरी पेटको शल्यक्रिया पश्चात् ।
३. फिमोरल (Femoral)
यो तिघ्रामा हुन्छ जसले महिलालाई धेरै दुःख दिएको हुन्छ । यसका साथै लम्बर, प्यारास्थोमल, इन्सिस्नल, हिएटललगायतका हर्निया हुन्छन् ।
उपचार बिधि
१. यसलाई औषधीले काम गर्दैन । पीडा हुँदा पेन किलरको रुपमा औषधि खान सक्नुहुन्छ । तर पेनकिलरको प्रयोग निकै कम मात्रामा गर्नुपर्छ र कुनै पनि औषधी खानुपुर्व डाक्टरको सल्लाह लिन आवश्यक ।
२. B 27 ( Homeopathic Medicine) २ गोली दिनमा ४ पटक खाने । यो बच्चाको लागि हो
३. Vitamin B Complex with Vitamin C Syrup
१ चमच दिनमा २ पटक खाने ।
हामीले ससाना बच्चाहरुको उपचार गरेर सफल भएकाले जनहितमा प्रस्तुत गरेका छौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

खोकी र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!