स्वास्थ्य

पायल्स र यसको सफल उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

पायल्स त्यस्तो रोग हो जुन मलद्धारसँग सम्बन्धित छ । मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ। यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ। लोकलाजका कारण धेरै मानिसहरुले पाइल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो।
पायल्स हुनुका कारणहरु
१. पानी कम खाने
२. हरियो सागपात नखाने
३. शारिरिक व्यायाम कम गर्ने
४. धेरै व्रत बस्ने बढि चिया पिउने
५. माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढि खाने
६. अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने
७. रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग कलेजोको खराबी तथा भुटेतारेका कुरा बढी खानाले
के खाने के नखाने
अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्ने लगायतका कुरामा ध्यान दिने । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।
उपचार बिधि
१. Piloma Capsule क्याप्सुल खाना खानुभन्दा १० मिनेट पहिले खाने ।
२. Osil 500mg दिनमा २ पटक खानापछि
३. Laxoft Bowel Regulator Powder १ चमच राती सुत्नु अघि मनतातो पानी संग खाने
४. Pylocare ointments (Ethos) दिनमा १ पटक सौच गरेर आइसकेपछि गुद्वारमा लगाउने ।
५. Aesculus hippo Q (Homeopathic Medicine) १० /१५ थोपा औषधि दिनमा २ पटक थोरै मनतातो पानीमा राखेर केहि दिन खाना साथ ठिक हुन्छ ।
लामो समय देखि यो रोगको उपचार हामीले गर्दै आयका छौं । सहि तरिकाले औषधि सेवन गर्न सके यो रोग निको हुन्छ । यो रोगमा अप्रेसन गर्नु पर्दैन । अप्रेसन गरि सकेपछि पनि पुन हुने हुनाले योरोगमा होसियार हुनुपर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

ग्यास्ट्रिक र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!