जीवन-दर्शन

जन्मको सफलता

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

संसारमा जन्मदाता र गुरू भन्दा ठूलो भगवान अरु कोही छैन हामीले देखेका भगवान भनेका यिनै हुन यिनी विना संसार अधुरो र अपुरो हुन्छ । जन्मदाताले जन्म नदिएको भए हामीले यो धर्ती आकाश देख्ने थिएनौं । आज हामी जे छौं सवै माता-पिताको अनुकम्पाले गर्दा यहाँ केहि गर्न आएका छौं । हामीले गुरूको सानिध्यमा रहेर जुन शिक्षा प्राप्त गरेका हुन्छौं र त्यो शिक्षालाई हामीले व्यवहारमा उतार्न सकेकाले नै सफल देखिन्छौं ।

आज गुरू मातापितालाई घृणित पात्रको रूपमा हेरेका छौं यसैको डण्ड सजाय स्वरूप हामीले दु:ख पिडा भोग्न बाध्य छौं । हाम्रा अग्रजहरूले जे जस्तो बाटो खन्छन् त्यस्तै अनुसरण हामीले गरेका हुन्छौं । पाप पुन्य भनेकै लोभ हो हामीले पापतर्फ लागेमा हाम्रो मानव मस्तिष्कमा फोहर भरिन थाल्दछ, जब फोहरको कारणले गर्दा हाम्रो स्वास्थ्यमा नकरात्मक प्रभाव पर्न थाल्दछ ।

यो पनि पढ्नुहोस् 

विश्वासभित्र लुकेको मनोविज्ञान र सफलता

सफलता प्राप्त गर्न कुन राशीका मानिसले के पेशा गर्ने ?

वास्तुशास्त्र अनुसार यी कामहरु गरेमा मिल्नेछ सफलता

सफलता प्राप्त गर्ने केहि आधार तथा सुत्रहरु

ज्योतिषशास्त्र अनुसार पढाईमा सफलता हासिल गर्ने तरिकाहरु

सफलताका १० सुत्रहरु

जीवन बदल्न सक्ने बिल गेट्सका सफलताका १० मन्त्रहरु

मानिस रोगी हुनुमा मानव मस्तिष्क पनि एक हो । जब लोभमा फस्छौं त्यतिबेला हामीले गलत खानपान र गलत क्रियाकलाप गर्न थाल्छौं यसको प्रभाव मस्तिष्कमा पर्न जान्छ । फोहर खानाले रगत फोहर हुन थाल्छ रगत फोहर भए अनेकौं रोगले हामीलाई रोगी बनाउछ । अशुद्ध रगतबाट बनेको शुक्रकिटले गर्दा हामीले जन्म दिएको बच्चा पनि रोगी जन्मेको हुन्छ । यसरी जन्मेको बच्चाको पहिलेदेखि भरिएको फोहर मस्तिष्कले गर्दा उसको दिमाग पनि फोहर भएर जन्मन्छ । उसले चाहेर पनि राम्रो काम गर्न सक्दैन ।

Like & Follow us on Facebook

यदि हामीले यो कुरा बुझ्न सक्छौं भने धेरै कुरामा परिवर्तन भएको अनुभव गर्न सक्छौं । सन्तानलाई राम्रो बनाउनुछ भने हाम्रो खानपान रहन सहन सबैमा आमुल परिवर्तन ल्याउन आवश्यक छ । स्वस्थ खानपिनले स्वस्थ रगत पैदा हुन्छ स्वस्थ रगतले स्वस्थ ब्रीय पैदा हुन थाल्छ र स्वस्थ ब्रीयको कारण स्वस्थ सन्तानको जन्म हुन्छ ।

“बाबु ठिक छ भने सन्तान ठिक हुन सक्छन्, शासक ठिक भए जनता ठिक हुनेछन् ।”

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!