शास्त्र

राती सुत्नुअघि पालना गर्नुपर्ने सामान्य नियमहरु

एजेन्सी। राती सुत्नुअघि पालना गर्नुपर्ने सामान्य नियमहरु । दिनभरको थकानपछि अवश्य पनि शरिरलाई आराम चाहिन्छ । तर केही मानिसमा दिउसो खाना खाने वित्तिकै निदाउने बानी हुन्छ । दिउसको निदका कारण आफ्नो कार्यकक्ष वा कार्यक्रम स्थलमा नै उँघ्दा कति हसिमजाकका पात्र समेत हुने गरेका छन् । खास गरी कार्यलय नजाने र व्यस्त जीवनशैली नभएका मानिस बिहानीको खाना खाएपछि सुत्ने गर्छन्, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

केही मानिसलाई राती निन्द्रा नलाग्ने समस्या हुन्छ । अव्यबस्थित रुपमा सुत्ने मानिसलाई रातको निन्द्रा नलाग्ने विज्ञहरु बताउँछन् । राती सुत्नुभन्दा अगाडि तलका सामान्य नियम पालना गर्नुपर्छ।

आँखा धुने

सुत्नुअघि राम्रोसँग आँखा सफा गर्नुपर्ने बिज्ञहरु बताउँछन् । आखा सफा गर्दा आँखामा भएका फोहर हराउनुका साथै आँखा सम्बन्धि अन्य समस्याबाट पनि मुक्त गर्छ ।

दाँत माझ्ने

सुत्नुअगाडि दाँत सफा गर्दा तपाईलाई स्वच्छ बनाउँछ । खाना खाएपछि मुख गन्हाउने र खानाका टुक्रा मुखभित्र अल्झिने भएकोले मुख दुर्गन्धित हुने गर्छ । तसर्थ सुत्नुअगाडि दाँत माझ्दा दाँतमा अल्झिएका खानाका टुक्रा हट्ने र राती स्वाश गन्हाउने समस्या पनि समाधान हुन्छ ।

कमेडी सो वा कार्टुन हेर्ने

राती सुत्नुअगाडि कहिल्यै पनि निराशजनक र अपराधजन्य कार्यक्रम नहेर्नुहोस् । बरु कमेडी सो वा कार्टुन हेर्नुहोस्, ताकि तपाईले पर्याप्त मनोरन्जन पाउनुहुन्छ ।  सुत्ने समयमा खाटमा प्रशन्न मुद्रामा सुत्नुहोस् र कहिल्यै पनि निराश नबन्नुहोस् । प्रशन्न मुद्रामा सुत्दा सपना पनि राम्रो देख्नुहुन्छ ।

उत्प्रेरक पुस्तक पढ्नुहोस्

 सुत्नु अगाडि सनसनीपूर्ण र उत्तेजक पुस्तक नपढ्नुहोस् । बरु उत्प्रेरणा दिने र सकरात्मक सन्देश दिने पुस्तक पढ्नुहोस् । यसले तपार्इंलाई आशाबादी बनाउँछ र मस्त निन्द्रा लाग्छ ।

प्रार्थना गर्नुहोस्

आफ्नो धर्म अनुशार भगवानलाई पनि सम्झनुहोस् । तपाईं प्राप्त सुविधा र अमनचयन प्रति भगवानसमक्ष कृतज्ञता व्यक्त गर्न कन्जुस्याइँ नगर्नुहोस् । जीवनमा आईपर्ने जुनसुकै कठिनाईसँग जुध्न सहास बटुल्न प्रयत्न गर्नुहोस् । यस प्रयत्नले चिन्तामुक्त गराउँछ ।

ध्यान गर्नुहोस्

त्यसको ध्यान जीवनको अभिन्न पाटो हो । ध्यान गर्ने मानिस सामान्यतया चिन्तित देखिदैनन् । तसर्थ सुत्नुअघि ओछ्यानमा सुतेरै भए पनि विपश्यना लगायतका ध्यान अभ्यास गर्नुहोस् । नाकबाट श्वास आएको र श्वास गएको प्रक्रियालाई अवलोकन गर्नुहोस् । श्वास लिएको र फालेको कार्यलाई अवलोकन गर्नुहोस् ।

यो पनि पढ्नुहोस् 

बिरालोले राती कसरी आँखा देख्छ त ?

राती सुत्नुभन्दा अघि गरेका यी गल्तीले बढ्नेछ तौल

किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ?

चमेरो कसरी नठोक्कीकन अँध्यारो बाङो-टिङो गुफाभित्र पनि सजिलै उड्न सक्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!