जीवन-दर्शन

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

दाँतले खानेकुरा चपाउँछ, सबैलाई थाहा भएकै कुरा हो । दाँतको साइनो खानेकुरा चपाउनसँग मात्र छैन । यो शरीरको यस्तो अंग हो, जसले सौन्दर्यसँग पनि साइनो राख्छ । दाँत राम्रो भएन भने समग्र अनुहारको सौन्दर्य फिका हुन्छ । हाम्रो शरीरका प्रत्येक अंगले हाम्रो स्वास्थ्यका बारेमा केही न केही बताउने गर्दछन् । तर यो कुरा सत्य पनि छ की हाम्रो अंगले हाम्रो स्वभावका बारेमा धेरै कुराको संकेत गर्ने गर्दछन् ।

केवल स्वभाव मात्र हैन हाम्रो शारिरीक अंगले हाम्रो भविष्यका बारेमा पनि धेरै कुरा बताउने गर्दछन् । आज हामी तपाईलाई दाँत अनुसार कुन व्यक्तिको स्वभाव कस्तो भन्ने बारेमा जानकारी दिदैछौँ । हामीले दाँत हेरे पनि सजिलै कुन व्यक्तिको स्वभाव कस्तो भन्ने बारे थाहा पाउन सक्दछौँ।

१. जुन व्यक्तिको दाँतमा ग्याप हुने गर्दछ, ती व्यक्तिलाई दोस्रो व्यक्तिको पैतृक सम्पत्ति प्राप्त हुने गर्दछ । यस्ता व्यक्तिले पैसा खर्च गर्नुभन्दा पहिले एकपटक सोच्ने गर्दछन् ।

२. जुन व्यक्तिको दाँतमा ग्याप हुँदैन्, त्यस्ता व्यक्तिको धेरै कुरा साचो हुने गर्दछ । उनीहरुको कुरामा सजिलै भरोसा गर्न सकिन्छ ।

३. जुन व्यक्तिको दाँत पुरै ३२ वटा हुने गर्दछन्, ती व्यक्ति निकै भाग्यशाली र सकारात्मक हुने गर्दछन् । सबैका साथ सजिलै घुलमिल हुन सक्ने उनीहरुको स्वभाव हुने गर्दछ। यस बाहेक यस्ता व्यक्ति किै इमोस्नल पनि हुने गर्दछन्। दोस्रो व्यक्तिलाई सजिलै विश्वास गर्ने गर्दछन् ।

४. जुन व्यक्तिको दाँत सिधा हुने गर्दछन् ती व्यक्ति धनवान हुने गर्दछन् । यस्ता व्यक्ति दोस्रो मानिसको नोकरी गर्दैनन् र गरेपनि निकै कम समय गर्ने गर्दछन् । यस्ता व्यक्तिलाई देखासिकी गर्न मनपर्ने गर्दछ । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्

दाँत किन झन्झनाउँछ ?

दाँत कसरी माझ्ने ?

दाँत र शारीरिक स्वास्थ्यको सम्बन्ध

दाँत कसरी सुरक्षित गर्ने ?

दाँत किराले कसरी खान्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!