नीति

चाणक्यका ५ नीतिलाई शिरोधार्य गर्दा तपाईंको सधैं जीत

चाणक्यका ५ नीतिलाई शिरोधार्य गर्दा तपाईंको सधैं जीत ! चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए।  उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । उनले आफ्नो कुटनीतिको बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाइदिए । उनका भनाईहरु आजपनि सर्वत्र चर्चा हुने गर्दछ । चाणक्यका ५ नीतिलाई शिरोधार्य गर्दा तपाईंको सधैं जीत हुनेछ।

चाणक्य नीति १

आफुले योजना गरेका कुराहरु कसैलाई नभन्नुस । वुद्धिमान मानिसले आफ्नो योजनाबारे कसैलाई पनि बताउँदैन । आफूले सोचेको कुरालाई पुरा गर्नको लागि ढृढ रहनुहोस्, तपाईंको जीत अवश्य हुनेछ ।

चाणक्य नीति २

जीवनको सबैभन्दा ठुलो मित्र शिक्षा हो । शिक्षालाई कहिलै पनि पैसासंग तुलना नगर्नुहोस । एक शिक्षित व्यक्तिले पुरै देश बदल्न सक्छ । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछन् । शिक्षाले सौन्दर्य र यौवनलाई परास्त गर्नेगर्दछ ।

चाणक्य नीति ३

ती आमाबुवा बच्चाहरुको लागि शत्रुजस्तै हुन्छन् जसले आफ्ना छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिएका हुँदैनन् । किनभने अनपढहरुको भिडमा विद्वानको निकै बेइज्जत हुने गर्दछ ।

चाणक्य नीति ४

जो व्यक्तिको छोरा उसको नियन्त्रणमा बस्ने गर्दछ, श्रीमती उनको आज्ञा अनुसार व्यवहार गर्दछिन् र जो व्यक्ति आफूले कमाएको धनमा पूर्ण सन्तुष्ट हुन्छन् भने यस्ता व्यक्तिहरुका लागि संसार एक स्वर्गजस्तै हुन्छ ।

चाणक्य नीति ५

मूर्खता जस्तै यौवन पनि दुखदायी हुने गर्दछ किनभने जवान हुँदा व्यक्तिले कामवासनाको आवेगमा कुनै पनि मूर्खतापूर्ण काम गर्न सक्छ । तर योभन्दा पनि अधिक कष्टप्रद भनेको अरु व्यक्तिमा आश्रित हुनु हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!