नीति

जीवन वदल्ने चाणक्यका अनमोल विचारहरु

चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनको शिक्षादीक्षा प्रसिद्ध नालंदा विश्वविद्यालयमा भएको मानिन्छ । सानो उमेरदेखि नै होनाहार विद्यार्थीको रुपमा चिनारी बनाएका चाणक्य एक महान चिन्तक थिए । उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । उनले आफ्नो कुटनीतिको बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाइदिए । उनका भनाईहरु आजपनि सर्वत्र चर्चा हुने गर्दछ ।

यो पनि पढ्नुहोस्

चाणक्य नीति अनुसार सफल मानिस र राम्रो नेता बन्न चाहिने ४ गुणहरु

चाणक्य नीतिका अनुसार पुरुषले सधैं गोप्य राख्नुपर्ने ४ कुराहरु

चाणक्य नीति अनुसार किन जरुरी छ नुहाउनु ?

चाणक्य नीति अनुसार ४ काम सकिएपछि नुहाउनु उत्तम

चाणक्य नीति अनुसार सम्भोगपछि किन जरुरी छ नुहाउनु ?

चाणक्य नीति अनुसार महिलाले जवानीमा बिर्सेर पनि गर्न नहुने ६ कुराहरु

चाणक्य नीति अनुसार यस्ता कन्यासंग विवाह गर्दा जीवनमा सधै सफल

चाणक्य नीति अनुसार यी ३ कुराहरु भएका पुरुष अभागी हुन्छन

चाणक्य नीति चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरु लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरु रहेकाले यो पूरा विश्वभरमा पढ्ने गरिन्छ; यसमा आदर्श व्यवहार यथार्थको सुन्दर तरिकाले समन्वय गरिएको छ । चाणक्य नीति आचार्य विष्णुगुप्त चाणक्य वा कौटिल्य रचित नीति ग्रन्थ चाणक्य नीति दर्पण व्यावहारिक जीवनका लागि श्रेष्ठ मार्गदर्शक नीति मानिन्छ । यस ग्रन्थमा संग्रहित कतिपय बिचार जीवनोपयोगी छ । जीवन वदल्ने चाणक्यका अनमोल विचारहरु निम्न अनुसार छन् ।

१. कसैको निन्दा नगरौ । यदि मद्दत गर्न सक्छौं भने हात बढाउँ, यदि सक्दैनौ भने हात जोड ।

२. सबैभन्दा ठूलो गुरुमन्त्र हो, कहिलेपनि आफ्नो राज अर्कालाई बताउनु हुँदैन ।

३. पृथ्वी सत्यको शक्तिद्वारा समर्थित छ । यो सत्यको शक्ति हो, जसले घामको चमक र हावालाई बेग दिन्छ । खासमा सबैकुरा सत्यमा आधारित हुन्छ ।

४. सन्तुलित दिमाग जस्तो सादगी केहि छैन, सन्तोष जस्तो सुख केहि छैन, लोभ जस्तो बिमार केहि छैन, दया जस्तो पुण्य केहि छैन ।

५. आफ्नो धन अर्काको भलाईमा प्रयोग हुन्छ भने, त्यसको मूल्य रहन्छ । अन्यथा यो दु:खको भण्डार हो, यसबाट जतिसक्दो छुटकारा मिल्नुपर्छ ।

६. जुन समय जे कामको लागि प्रतिज्ञा गरिन्छ, ठीक त्यही समय त्यही काम गर्नुपर्छ । अन्यथा विश्वास नष्ट हुन्छ ।

७. जुन दिन हामीलाई कुनै समस्या आउँदैन, बुझौं हामी गलत बाटोमा छौ ।

८. दिल र दिमागको द्वन्द्वमा दिललाई सुनौं ।

९. शक्ति जीवन हो, निर्बलता मृत्यु हो । विस्तार जीवन हो, संकुचन मृत्यु हो । प्रेम जीवन हो, द्वेष मृत्यु हो ।

Like & Follow us on Facebook

१०. कुनै काम सुरु गर्नुअघि आफुले आफैलाई तीन प्रश्न गरौं । म के गर्दैछु ? यसको नतिजा के हुन्छ ? के यसमा म सफल हुन्छु ?

११. तपाई के गर्ने सोचिरहनु भएको छ ? त्यसलाई व्यक्त हुन दिनु हुँदैन । बुद्धिमानीपूर्वक यसलाई रहस्य बनाइ राखौ र यस काम गर्नका लागि दृढ हुनुपर्छ ।

१२. जबसम्म तपाईको शरीर स्वस्थ्य र नियन्त्रणमा हुन्छ, मृत्यु टाढा हुन्छ ।

१३. त्यो जसको ज्ञान केवल किताबमा सीमित छ र उसको धन दोस्रोको कब्जामा छ, उनीहरुले आवश्यकता हुँदा न आफ्नो ज्ञान प्रयोग गर्न सक्छन्, न धन ।

१४. पाँच बर्षसम्म बच्चालाई प्रेम दिएर हुर्काउनुहोस्, बाँकी पाँच बर्ष आफ्नो नियन्त्रणमा राख्नुहोस् । जब सोह्र बर्षको हुन्छ, उनीसँग एक मित्रवत् व्यवहार गर्नुहोस् । आफ्नो वयस्क बच्चा नै आफ्नो सबैभन्दा विश्वसिलो र नजिकको मित्र हो ।

१५. हामी भूतकालको बारेमा पछुताउनु हुँदैन, भविष्यका लागि चिन्तित हुन पनि जरुरी छैन । विवेकवान व्यक्ति सधै वर्तमानमा जिउँछ ।

१६. एक उत्कृष्ट कुरा, जो सिंहबाट सिक्न सकिन्छ । त्यो के हो भने हामी जे गर्न चाहन्छौ, त्यो पुरै दिल र जोडदार प्रयासका साथ गर्नुपर्छ ।

१७. सारसले जस्तै एक बुद्धिमान व्यक्तिले आफ्नो इन्द्रियलाई नियन्त्रणमा राखेर स्थानको जानकारी, समय र योग्यता अनुसार आफ्नो उद्धेश्य प्राप्त गर्न चाहन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!