को थिए चाणक्य ?

को थिए चाणक्य ? चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए । उनले नदवंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए। उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए। अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ। चाणक्य राजसी ठाटबाट भन्दा टाढा एक सानो कुटिमा रहन्थे। उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् ।

उनी कुटिल रणनीतिकार समेत थिए । चन्द्रगुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए । चाणक्यले अर्थशास्त्रदेखि राजनीति, कुटनिति र जनजीविकाबारे धेरै नीति तयार पारेका छन्।  पाटलीपुत्र, मगधमा जन्मेका उनी तक्षशीला गुरुकुलबाट दीक्षित भए त्यहीं आचार्य भएका थिए। पछि चन्द्रगुप्तलाइ मगधको राजा बनाएर शक्तिशाली बनाए। किम्बदन्ती अनुसार जीवनको उत्तरार्धमा चाणक्य वानप्रस्थ गए र निराहार रहेर मृत्युवरण गरे ।

चाणक्यले तक्षशिला विश्वविद्यालयमा वेदहरूको गहन अध्ययन गरे। दुनियाँका सबैभन्दा पुराना विश्वविद्यालय, तक्षशिला र नालन्दा भारतीय उपमहाद्वीपमा थिए, ५०० देखि ४०० वर्ष ईसा पूर्व अघि तक्षशिला एक सुस्थापित शिक्षण संस्थान थियो । पाणिनीले संस्कृत व्याकरणको रचना यहीं गरेका थिए। चाणक्य पनि त्यस पछि यहाँ नीतिशास्त्रको व्याख्याता भए र उनी व्यवहारिक उदाहरणहरू देखि पढाउथे।  चंद्रगुप्त मौर्य विशेष रूपले उनको सल्लाह मान्थे। शत्रुहरूको कमजोरीलाई चिनेर उसलाई आफ्नो काममा लाउने विशिष्ट प्रतिभाको भएका चाणक्य संधै आफ्नो शत्रुहरू माथि हावी रहे।

चन्द्रगुप्त मौर्य राजा भएपछि एक विशाल र बलियो साम्राज्य स्थापना भयो जसको राजधानी पाटलिपुत्र थियो । यस राज्यको सीमा पूर्वमा आसामदेखि, पश्चिममा अफगानिस्तानसम्म र उत्तरमा कश्मीरदेखि दक्षिणमा कलिंग ९वर्तमान तमिलनाडु० सम्म फैलिएको थियो । यस राज्य विस्तारलाई छोरा बिन्दुसार र इतिहास प्रसिद्ध मौर्य शासक र चन्द्रगुप्तका नाति सम्राट अशोकले निरन्तरता दिएका हुन् । तर अशोकका सन्तानहरुले यस राज्यलाई निरन्तरता दिन सकेनन् ।

चन्द्रगुप्तको बलियो साम्राज्य र सैनिक शक्तिले विश्वविजय गर्न निस्केको एलेक्जेन्डरको शक्तिशाली सेनाको प्रभाव नियन्त्रण गरी राज्य विस्तार रोक्न सफल भएको थियो । एलेक्जेन्डरको उत्तराधिकारी सेल्युकसलाई चन्द्रगुप्तले पराजित नगरेको भए भारतीय महाद्वीपको वर्तमान सांस्कृतिक स्वरुप आजको जस्तो हु“दैनथ्यो भन्ने इतिहासकारहरूको भनाई रहेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/adminscience/public_html/wp-includes/functions.php on line 4757