नीति

चाणक्य नीति अनुसार यस्ता कन्यासंग विवाह गर्दा जीवनमा सधै सफल

चाणक्य नीति अनुसार यस्ता कन्यासंग विवाह गर्दा जीवनमा सधै सफल ! चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए।  उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । उनले आफ्नो कुटनीतिको बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाइदिए । उनका भनाईहरु आजपनि सर्वत्र चर्चा हुने गर्दछ ।

चाणक्य नीति अनुसार यस्ता कन्यासंग विवाह गर्दा जीवनमा सधै सफल

मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ। विवाहलाई एउटा सम्झौताका रूपमा लिइन्छ। एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ। धर्म र कूटनीतिको पाठ पढाउने आचार्य चाणक्यले विवहाको बिषयमा आफ्नो गहिरो विचार दुनियाको सामु राखेका थिए । आचार्यका अनुसार विवाह जीवनको एक महत्वपुर्ण अंग हो । विवाह पछि नै पति-पत्नी र उनीहरुको परिवारको जीवन बदलिएको हुन्छ । त्यसैले आफुले विवाह गर्ने व्यक्तिसँग सावधानी राख्न जरुरी हुन्छ । आजको समएमा पुरुषहरुले विवाह गर्दा सुन्दर महिलाहरुलाई छान्ने गर्दछन् । राम्रा महिलाहरु नै सर्वगुण सम्पन्न हुन्छन् भन्ने होइन । त्यसैले कस्तो प्रकारका महिलासँग विवाह गर्नुपर्छ भन्ने विषयमा चाणक्यले आफ्ना धारणाहरु प्रस्तुत गरेका छन् ।

चाणक्य नीति श्लोक

वरयेत् कुलजां प्राज्ञो विरूपामपि कन्यकाम्।

रूपशीलां न नीचस्य विवाह: सदृशे कुले।।

चाणक्यको मान्यता थियो कि, उच्चकुल अथवा संस्कारी परिवारमा जन्म लिएका नारीहरु समझदार हुन्छन् त्यसकारण यस्तो परिवारमा जन्मिएका महिलाहरु नराम्रा भएपनि उनीहरुसँग विवाह गर्नु उत्तम हुन्छ । कन्याको गुण र स्वभावले नै परिवारलाई अगाडि बढाउँछ भन्ने उनको आधार थियो । विवाह गर्दा पुरुषले महिलाको बाहिरी सुन्दरता हेर्नु भन्दा महिलाको मनको सुन्दरता र संस्कार हेर्नुपर्छ भन्ने कुरा चाणक्य नीतिमा उल्लेख छ ।

यदि कुनै सुन्दर कन्या संस्कारी, धार्मिक र चरित्र ठिक छैन भने उनीसँग विवाह गर्नुको कुनै अर्थ हुदैन । कुनै कन्या कुरुप भएपनि उनी संस्कारी छिन् भने उनीसंग विवाह गर्नु नै सबैभन्दा उत्तम हुने कुरा चाणक्य नीतिमा उल्लेख गरिएको छ । चाणक्यले यो नीति पुरुषमा पनि ठिक यही प्रकारले लागू गरेका छन् । जुन पुरुषहरुमा यस्ता अवगुण छन् त्यस्ता पुरुषहरुसँग महिलाले विवाह गर्नुहुन्न ।

विवाह सधैं समान कुलमा शुभ मानिन्छ । चाणक्यले कुल र परिवारको अवस्था नमिल्ने महिलासँग झुक्कीएर पनि विवाह गर्न नहुने उल्लेख गरेका छन् । यस्तो हुँदा अहंकार र आवेश बढ्ने र परिवार धरापमा पर्ने उनको उपदेशमा उल्लेख छ ।

यो पनि पढ्नुहोस् 

चाणक्य नीति अनुसार सुन्दर भएपनि यस्ता गुणहरु हुने स्त्रीसँग बिहे गर्नुहुँदैन

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

८ प्रकारका पतिहरु, तपाईँ कस्तो त ?

७ प्रकारका पत्नीहरु, तपाईँकी पत्नी कस्ती छिन् त ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!