नीति

चाणक्य नीति अनुसार महिलाले जवानीमा बिर्सेर पनि गर्न नहुने ६ कुराहरु

चाणक्य नीति अनुसार महिलाले जवानीमा बिर्सेर पनि गर्न नहुने ६ कुराहरु ! चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए।  उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । उनले आफ्नो कुटनीतिको बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाइदिए । उनका भनाईहरु आजपनि सर्वत्र चर्चा हुने गर्दछ । चाणक्य नीति अनुसार महिलाले जवानीमा बिर्सेर पनि गर्न नहुने ६ कुराहरु यस प्रकार छन ।

१. शिक्षा सबैभन्दा राम्रो साथी हो । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान प्राप्त गर्दछ । शिक्षाले सौन्दर्य र यौवनलाई परास्त गरिदिन्छ । जवानीमा बिर्सेर पढाई कहिल्यै पनि नछोडनु होस । मूर्खता जस्तै यौवन पनि दुखदायी हुने गर्दछ किनभने जवान हुँदा महिलाले कामवासनाको आवेगमा कुनै पनि मूर्खतापूर्ण काम गर्न सक्छ । तर योभन्दा पनि अधिक कष्टप्रद भनेको अरु व्यक्तिमा आश्रित हुनु हो ।

२. आफ्नो रहस्यलाई कोही सामू पनि उजार नगर्नुहोस् । यो बानीले तपाईंलाई बर्बाद बनाउँछ ।

३. हामीले भूतकालको कुरामा पछुताउनु हुँदैन न नै भविष्यबारे चिन्तित हुन आवश्यक छ । विवेकवान मनुष्य सधैं आफ्नो वर्तमानमा बाँच्छ ।

४. कामको सुरुवातभन्दा पहिले आफूले आफैंलाई तीन प्रश्न गर्नुहोस्– म यो के गरिरहेकी छु, यसको परिणाम के हुनसक्छ वा के म सफल हुन सक्छु ?

५. एकपटक जब कुनै काम सुरु गर्नुहुन्छ भने असफलताको डर मनबाट निकाल्नुहोस् । डर हटाउँदै इमान्दारीपूर्वक काम गर्ने व्यक्ति नै खुसी रहन्छन् ।

६. नराम्रो साथीलाई विश्वास नगर्नुहोस् । राम्रो साथीलाई पनि धेरै विश्वास नगर्नुहोस् किनभने यदि ती राम्रा साथी पनि तपाईंसँग रिसाए उनले तपाईंबारे सबै रहस्य खोलिदिनेछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!