जीवन-दर्शन

प्रेम र यसको परिभाषा

 

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

प्रेम कुनै व्यक्ति, देश र कालसँग बाँध्न मिल्दैन किनभने यो हर युगमा हुने खानी हो, हरेक देशको कथा हो र हरेक व्यक्तिको मनको एउटा तृष्णा हो, जो निरन्तर रहन्छ । सृष्टिको शुरुवातसँगै प्रेमको शुरुवात भएको हो । यदि प्रेम नहुँदो हो त, शायद सृष्टिको निरन्तरता त्यही ठप्प हुन्थ्यो होला । प्रेमले नै मानवलाई जिउने एउटा प्रेरणा दिएको हुन्छ ।

प्रेमले नै मानवलाई पूर्णता प्रदान गरेको हुन्छ । त्यसैले त प्रेम, प्रेम हो । जो निरन्तर आफ्नो गति लिइरहन्छ । जसलाई कसैले रोकेर रोक्न सक्दैन । आफुभित्र रहेको प्रेमलाई पनि रोक्ने सामर्थ्य हुँदैन मानवमा । प्रेममा कुनै सीमा हुँदैन, न यसको कुनै गन्तव्य नै हुन्छ । प्रेम त एउटा आवेग हो । जो कोहीमा पनि हुनसक्छ । यो त एउटा यस्तो अनुभूति हो, जसले केही देख्दैन ।

प्रेम गर्ने प्रेमीहरूले मात्र प्रेम गदैनन् । उनीहरू यसलाई भावनात्मक रूपमा अनुभूत गर्न पुग्छन् । प्रेमलाई कतिपयले शारीरिक आकर्षण मात्र मान्छन् । एकअर्कालाइ जोड्ने एउटा सम्बन्ध ठान्छन् । तर, प्रेम प्रेमी-प्रेमिकाको अनुपस्थितिमा पनि हुन्छ र उपस्थितिमा पनि हुन्छ । प्रेम त सुखमा पनि हुन्छ, दु:खमा पनि हुन्छ । प्रेम खुशीमा पनि हुन्छ, रोदनमा पनि हुन्छ । प्रेम एउटा भाव हो । जसलाई प्रेमीहरूले जस्तो परिस्थितिमा पनि सहर्ष स्वीकार गरेका हुन्छन् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

के प्रेम केवल एकहोरो हुन्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!