लेखहरुविचार-विश्‍लेषण

देश कता गई रहेको छ ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

हामी नेपाली भएर विदेशीको चाकडी गर्छौं । विदेशीलाई मौका दिइरहेका छौ चाहे पानी बेचेर होस या सामान बेचेर किन नहोस् यसको फाइदा सवै विदेशीलाई पुग्ने गरेको छ । जातजाति लडाउने भुमिका दक्षिण र पश्चिमीहरूको चाल हो यो हामी नेपालीले बुझ्न सकि रहेका छैनौं ।

दक्षिण र पश्चिमीहरूको आँखा नेपालको जलस्रोत, खानी, जडिबुटी औषधि माथि पुगेको छ । जातीय दंगा भड्काउन सके फाइदा नेपालीको हितमा होइन उनीहरुलाई हुन सक्छ । साना-साना कुरामा अल्झेर हामीले देशको लागि गद्धारी गरेका छौं । देशको विकास गर्न सके समग्र नेपालीको भविष्य उज्वल हुनेछ । चाहे जुनसुकै जातका हौं हामी नेपाली हौं नेपालीले नेपालको हितमा काम गर्नुपर्छ ।

हिजो पृथ्वीनारायण शाहले बाईसी र चौबीसी राज्यलाई एकीकृत गरेर सिङ्गो राष्ट्र निर्माण गरेका थिए यो समग्र नेपालीको लागि गौरवको कुरा थियो तर आज देशलाई टुक्र्याउन देशी बिदेशी लागी परेका छन् । देश टुक्रा-टुक्रा पार्ने राजनीति खेल शुरू भएको छ । यसले केहि समय ठिक देखिन सक्ला तर यसले केवल प्रदेश प्रदेशको लडाईको विउ रोप्ने संकेत देखिन थालेको छ ।

आज हामी चाहे गडवालबाट आयौं चाहे सिक्किमबाट आयौं चाहे जुनसुकै राष्ट्रबाट आयौं कसैले कसैलाई विरोध होइन हामी अहिले नेपाली भुमिमा छौं यो बुझ्न आवश्यक छ । नेपालीको विकास हुन पहिलो भुमिका नेपालीको हुनुपर्छ तर यहाँ देखि रहेको छैन हामी हावाको पछि लागि रहेका छौं । एउटाले मिठो भाषण गर्दैमा विकास सम्भव छैन भाषण गर्ने ब्यक्तिको कामले देखाउछ ।

लोभ-लालचको खेती नेपालमा फस्टाई रहेको छ । यहाँ सुन तस्करदेखि देशलाई नै दाउमा लगाउने खालका गतिविधिसम्म प्रयास भएका छन् यस्ता क्रियाकलापले हामी समग्र नेपालीको उत्थान सम्भव छैन । हामीले नेपालको हितलाई नसोचेको खण्डमा यसको फाइदा नेपालीलाई नभई विदेशीलाई पक्कै हुनेछ । भाई-भाईको लडाइँमा देशको पनि घाटा छ ।

यहाँ लडाउने खालको विउ रोपेर आफ्नो फाइदा उठाउने हतियार बेच्ने थुप्रै सक्रिय देखिन्छन् तर नेपालीलाई थोरै चारो हालेर फाइदा लुट्नेहरूको चक्करमा हामी नेपाली लागेका छौ यसले केवल अरूको स्वार्थ पुरा हुने तर माछो आयो माछो आयो फुस्स भन्ने कुरा सार्थक हुने देखिन थालेको छ । हामी किन यति स्वार्थी बन्दैछौं यो एउटा सोच्नुपर्ने हुनसक्छ । राष्ट्रको माया भनेको जसले यो राष्ट्रको नाम दिएको छ देश विदेशमा परिचय बनाएको छ जसले देश र जनताको दु:ख र पिडा बुझ्ने गरेको छ केवल उसलाई हुन सक्छ ।

एउटा परिवारको अभिभावकलाई मात्र थाहा हुनसक्छ सम्पतिको लेखा-जोखा सन्तानलाई त केवल खान र फजुल खर्च गर्न मात्र थाहा हुन सक्छ । जसले कमाएको हुन्छ उसलाई मात्र माया लाग्छ । अरूले खनेको गोरेटो खन्नु बरू राम्रो हो भत्काउनु राम्रो पक्कै होइन आज हामीले केवल भत्काउने खालको क्रियाकलाप मात्रै हेरेका छौं जोड्ने प्रयत्न कसैबाट पनि हुन सकेको छैन् ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

धर्म संस्कृति र यसको महत्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!