लेखहरुविचार-विश्‍लेषण

कलियुगको प्रभाव नेपालबाट शुरु हदैछ ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

कलियुगमा मानिसले पतनको बाटो अपनाउन थाल्दछन् । आज नेपालमा जति पनि गलत भइरहेको छ सवै कलियुगको प्रभाव सुरु हुदै छ । यहाँ के गलत के सहि भन्ने छैन् । सहिलाई गलत र गलतलाई सहि भन्नेहरूको तादात दैनिक बढ्दै गएको छ ।

यस्तो हुनुमा धर्म संस्कृति पतन हुनुलाई मान्न सकिन्छ । आज धर्म संस्कृति नमान्नेहरूको संख्या दिन प्रतिदिन बढ्दैछ । जुन थालीमा खादैछन्, जुन देशको छत्रछायाँमा वसेका छन्,जुन धर्म संस्कृतिको आडमा वसेका छन् त्यही धर्म संस्कृतिको खिल्ली उडाउदैछन् यो सवै कलियुगको प्रभाव हो ।

यही अवस्था रहेमा कलियुगमा शिवको जन्म हुने र पापीको नस्ट गर्न केही न केहीको रूप लिएर पापीहरूलाई नष्ट गर्ने छन् भनेर धर्म शास्त्रमा लेखेको छ । तेस्रो विश्व युद्धको शुरुवात नेपालबाट हुन सक्ने खतरा बढ्दैछ भन्ने अनुमान गर्न सकिन्छ । राम्रो काम गर्ने भन्दा गलत सुन्ने परिपाटीको जन्म नेपालबाटै सुरु हुदैछ ।

सिटमा पुगेकाहरूले गलतलाई सहि भन्दै जानु पनि कलियुगको प्रभाव हो । जब जब मानिस पतन हुन थाल्दछ तब तब मानिसले गलत बाटो चुन्न थाल्दछ । समयलाई न चिन्नु पनि कलियुगको प्रभाव हो । आज मानिस केवल मौका छोप्न मात्र चाहांन्छन् । उनीहरुको मनमा पापले डेरा जमाएको छ के सहि के गलत भन्ने कुरा छुट्टाउन सकिरहेका छैनन् ।

आफुलाई ठूलो ठान्ने जमातलाई थाहा छैन उमाथि पनि सवैभन्दा ठूलो कुनै शक्ति छ तर घमण्डले गर्दा केही देख्न सकिरहेको छैन् यही गल्ती गर्दैछन् । आज आफ्नो धर्म संस्कृति भुलेर चन्द पैसाको र झुठो आवासनको पछि लागेर आफ्नो धर्मलाई गलत भन्दैछन् । स्वदेशी भुमिमा रहेर विदेशी धर्म अपनाउदैछन जस्ले केवल गलत बाटो देखाउनेछ ।

कालान्तरमा गएर विश्व युद्धको शुरुवात नै धर्म संस्कृतिको कारण हुनेछ । घर-घरमा धर्मयुद्ध शुरु हुनेछ । हतियार बेच्न चाहनेहरूको मनकामना पुरा हुदै जानेछ । जसले लोभ-लालचबाट पर हटेर काम गर्नेछन् उनीहरुको हितको लागि धर्म संस्कृतिले रक्षा गर्नेछ । ॐ

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

देश कता गई रहेको छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!