चिकित्सा विज्ञानस्वास्थ्य

निमेसुलाइड टेब्लेट (Nimesulide Tablet) र यसको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

निमेसुलाइड टेब्लेट (Nimesulide Tablet) आजकाल बजारमा सवैभन्दा बढी पाइने (Pain Killer) को ग्रुप अन्तर्गत पर्दछ । यस्ता औषधिबारे जानकारी पाउन सके बढी फाइदा हुने देखिन्छ । यो औषधि पिनाश, टन्सिल, फेरिन्जाइटिस, कानको दुखाई, हड्डीको दुखाई, साना तथा ठूला खालको जस्तोसुकै दुखाई चाहे महिनावारीको होस् या चोटपटक लागेर दुखेको दुखाई होस् या ज्वरो आएर दुखेको दुखाई किन नहोस् यो औषधि महत्वपूर्ण देखिन्छ ।

कतिपय दुखाई कम गर्ने खालको औषधि सेवन गराउदा जान्नुपर्ने महत्वपूर्ण कुरा के छ भने कुनै पनि पेटको अल्सर र कलेजो सम्वन्धित रोग भएमा यस्ता औषधि नचलाउनु राम्रो हुनेछ नत्र यसले अन्य प्रतिक्रिया देखाउन सक्छ । सामान्य ज्वरोमा यो औषधिले राम्रो फाइदा गर्दछ ।

यो पनि पढ्नुहोस्  

कैल्केरिया फ्लोरिका (Calcarea Fluorica) र यसको प्रयोग

नीम (Azadirachta Indica) र यसको प्रयोग

बर्वेरिस वुलगेरिस (Berberis Vulgaris ) Mother Tincture र यसको प्रयोग

राबेप्रा (Rabeprazole Sodium 20 MG Capsule) र यसको प्रयोग

उपयोगी औषधि साइलीशिया (Silicea) र यसको प्रयोग

अस्थालीन इनहेलर (Asthalin Inhaler) र यसको प्रयोग

यस्ता औषधि पाका उमेरका व्यक्ति र मिर्गौला सम्बन्धि सामान्य अवस्थामा चलाउदा नोक्सान गर्दैन । यो औषधि सेवन गराउदा कतिपय अवस्थामा मानिस सुनिने जस्ता समस्या देखिने भएकाले डाक्टरको परामर्शमा औषधि चलाउदा कुनै समस्या नआउने देखिन्छ ।

निमोसुलाइड सेवन गराउदा कतिपय अवस्थामा यसले उल्टि हुने, पेट दुख्ने, मुखबाट अमिलो पानी आउने हुन सक्छ । यदि यो औषधि सेवन गराउदा एलर्जी भएमा चक्कर लाग्ने, सासको गति सीमित हुने, मिर्गौला र शरीर सुनिने जस्ता समस्या देखिएमा औषधि रोकेर डाक्टरलाई जानकारी दिएर औषधि चलाउन आवश्यक हुन सक्छ ।

Like & Follow us on Facebook

यो औषधि सेवन गर्दा कहिलेकाही स्टीवन्स सिंड्रोम, रगत जम्ने, शरीरमा डावर आउने, चिलाउने हुनसक्छ । गर्भमा बच्चा भएको अवस्थामा यो औषधि सेवन गराउदा विकासशील बच्चामा नकरात्मक प्रभाव देखाउन सक्छ त्यसकारण गर्भवती महिला र स्तनपान गराउदा डाक्टरको परामर्शमा औषधि चलाउन ठिक छ ।

मात्रा : ठूलो मानिसका लागि १००-२००मि.ग्राम दिनको दुई पटक दिन सकिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!